कला

‘सेन्टी भाइरस’ को विदेश राइट्स अहिलेसम्मकै महँगोमा विक्री

फिल्मीखबर, काठमाण्डौ

फिल्म ‘सेन्टी भाइरस’ को विदेश राइट्स विक्री भएको छ । अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा यो फिल्मको विदेश राइट्स विक्री भएको हो फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रुपैयाँमा विदेश राइट्स खरिद गरेको हो । सोमवार नेप्सिने कम्पनीका नेपाल प्रमुख विधान कार्की र सुविहानी फिल्मस्को तर्फबाट सिताराम कट्टेलबीच कागजी सम्झौता भएको हो ।

गएको असोजमा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ को विदेश राइट्स सबैभन्दा महँगो मूल्य (१ करोड १० लाख) मा विक्री भएको थियो । अब, ‘सेन्टी भाइरस’ सबैभन्दा महँगो मूल्यमा विदेश राइट्स विक्री हुने फिल्म बनेको छ । फिल्मको विदेश राइट्स ठूलो मूल्यमा विक्री भएपछि कलाकार सितारामले खुसी व्यक्त गरेका छन् । यो फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शन हुँदैछ ।

सुविहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको ट्रेलर र ‘फनफनी’ बोलको गीत सार्वजनिक भैसकेको छ । फिल्मको ट्रेलरलाई दर्शकले खुबै रुचाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button