‘यादा’ नामक गीति एल्बम सार्वजनिक - Chautari Post Online
Thursday, May 23News That Matters

‘यादा’ नामक गीति एल्बम सार्वजनिक



३० चैत्र २०७५, ललितपुर । आशाको सन्देश नेपालले एक भव्य समारोह बिच ‘Yada’ expression of praise नामक गीति एल्बम चैत्र २८ गते तदनुसार ११ अप्रिल २०१९ बिहिबारका दिन ललितपुर ग्वार्कोस्थित हेप्जिबा म्युजिक सिटीमा काठमाण्डौँ ज्ञानेश्वर इसाई मण्डलीका रेभ. शामुएल कार्थकद्वारा बिमोचन गरी सार्वजनिक गरेको छ ।

सार्वजनिक गीति एल्बममा विभिन्न कलाकारहरुको आफनो प्रस्तुति तथा योगदान रहेको छ । एल्बमको बिशेषता यसमा संलग्न सम्पूर्ण गायक, गायिका, संगितकार, गितकार तथा कलाकारहरुले प्रभुको महिमाको निम्ति कुनै पारिश्रमिक नलिई स्वेच्छाले कसैले गीतका शब्दहरु लेखेर, आफ्नो स्वरहरु दिएर र गीतहरुलाई संगीत दिएर योगदान पुयाएका छन् भने इसाई जगतका गित संगितको क्षेत्रबाट समेत परमेश्वरको महिमा गरी रहनु भएको छ ।

एल्बम तयार पार्नका निम्ति ज्योति मण्डलीका बरिष्ठ पास्टर रेभ. डा. सिमोन पाण्डे, लिविंग चर्चका संस्थापक पास्टर रंजित कुँवर, रुबेन राई, करुणा प्रसाई, एडरेन अनुरोध देवान, साम साहु र प्रसान परियार लगायतले एल्बममा आफ्नो बहुमुल्य योगदान दिनु भएको छ भने ईभान कुँवर रानाले प्रायजसो सबै गितहरुको संगित संयोजन तथा रेकर्ड गर्नुका साथै तीनवटा गीतहरुमा आफ्नो बहुमुल्य आवाज दिनु भएको छ ।

ईभान कुँवर राना

लिविंग चर्चकी पास्टर सारा कुँवर तथा करुणा प्रसाई, एडरेन अनुरोध देवान, साम साहु, प्रसान परियार, र युवा प्रतिभा रश्मि बि.क ले पनि एल्बममा गीत गाउनु भएको छ । उक्त एल्बमले सबै श्रोताहरुलाई समेट्ने प्रयास गरेको छ । सोही बिमोचन कार्यक्रममा संस्थाले एल्बमका दुईवटा “परमेश्वरको महानता” तथा “हे परमेश्वर” नामक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेको थियो । यादा एल्बमका सबै गितहरुको अडियो रेकर्ड आशाका सन्देश नेपालको रेकर्डिङ स्टुडियोमा गरिएको हो । कार्यक्रमको कुशल सञ्चालन ग्रेस एफ.एमका सञ्चालक वरिष्ठ पत्रकार केशव लुइँटेलले गर्नुभएको थियो ।

भिडियो हेर्नको लागि यहाँ ‘Click’ गर्नुहोस ।
Parmeshwor Ko Mahanta | Rev.Dr Simon Pandey | ft.Evan Kunwar Rana & Rashmi

Latest Nepali Worship Song 2019 | Hey Permeshwor | Adrian Dewan

प्रतिकृया दिनुहोस्