म के गरुँ ?? (कविता) - Chautari Post Online
Thursday, May 23News That Matters

म के गरुँ ?? (कविता)

हिजोअस्ति भर्खरै
सर्बोच्च शिखर सगरमाथाको उचाइ नापे,
अथवा, नाप्ने तरखरमा कुदे
राता अक्षताका टीका लाएर
खादा ओडेर, र
ठुलो बडेमानको आशीर्वाद बोकेर
मैले पनि त मनमनै तथास्तु भने नि,
कसले सुन्यो र??
आज, आँखैले देँखेँ, कोठाभित्र
टिभीको पर्दामा कुदिरहेका
अक्षर अनि नाचिरहेका चित्र
महाकाशतिर फर्केर,
जाज्वल्यमान,
उर्जाशील,
र, कीर्तिमानी मुद्राका
आलङ्कािरिक तस्बिरहरू ।
………..
धत् पागल, त्यो त नासा हो,
नेपालमा तुइनको आधुनिकता होस्
अथवा, चोरउम्लाले दुधको छालि तार्ने
पुरानो प्रथा होस्,
त्यो नासा होइन नासो हो
तुईनको डोर हो र,
मेरो वास्तविकता हो,
म लडिरहेको संघर्ष हो,
मेरो कोमल यथार्थ हो ।
मलाई त्यो उपग्रह वा
अनेकार्थी उल्झनका तमासले
मेरो अभाव, मेरा परिपुर्तिका साधन
किमार्थ पूरा हुँदैनन् थाहा छ,
त, म केमा विश्वास गरुँ??
तिम्रो उपग्रह कि,
सगरमाथा नपाइको मनोकाङ्क्षामा
अथवा, बेरोजगारीले भरिएको यो
धरतिमा,,
म कहाँ छु, राजै
तिमी कहाँ छौ
त्यो हेरुँ कि, तिम्रो
उपग्रहको तस्बिर नतिजा हेरुँ
तुइन मेरो वास्तविकता भनुँ कि
तिम्रो सपनाको संसार
यो दुरदर्सन त मेरालागि
हालैको बेहाल मात्रै भो,
म के गरुँ??

प्रतिकृया दिनुहोस्