यो गजल मेरा पुजनीय बा रङ्गलाल प्रति स श्रद्धा समर्पण। - Chautari Post Online
Thursday, May 23News That Matters

यो गजल मेरा पुजनीय बा रङ्गलाल प्रति स श्रद्धा समर्पण।

केशव अचार्य

देख्दा चट्टान् जस्तो तर मख्खन् मेरा बा।
श्रीखण्ड जस्तो सुगन्धित् चन्दन् मेरा बा ।।

सम्पूर्ण ताप् सन्ताप शिरोपर गरेर ,
शितल छाहारी दिने उपबन् मेरा बा ।

सन्तान् सबैलाई जीवन कला सिकाउने,
सबै भन्दा उत्तम् विध्या धन् मेरा बा ।

कथित् धर्मको फोस्रो स्तुती गाउने हैन,
कर्म बुझाउने भागवत् भजन् मेरा बा ।

बा को तन् छैन यो लोकमा , तथापि(लाग्छ,
मेरो देह धान्ने मुटुको धड्कन् मेरो बा ।।

प्रतिकृया दिनुहोस्