तिमीसँग छुटेकाे - Chautari Post Online
Thursday, May 23News That Matters

तिमीसँग छुटेकाे

तिमीसँग छुटेकाे नि धेरै दिन भयाे
हुलाकिकाे बाटाे हेर्दै दिन मेराे गयाे
खाेज्ने गर्छु तिमीलाई घामकाे झुल्काेभित्र
क्षितिजसँगै बिलाउँछ तिम्राे वृत्तचित्र ।

जति अाँसु झरे पनि हाँस्नु पर्ने जीवन
जति दु:ख परे पनि बाच्नु पर्ने जीवन ।
किन दुख्छ भित्रैबाट याे मन घरीघरी
एकान्त नै प्याराे लाग्छ किन सधैंभरि।

अाँखा खाेली हेरे पनि अँध्यारो नै देख्छु
कल्पनामा तिम्राे चित्र मनभित्र काेर्छु
मेट्ने भए यादहरू धाेई पखालेर
रूझ्ने भए धर्ती आँसु सबै झारिदिन्थे…!

प्रतिकृया दिनुहोस्