के हो कम्युनिजम, को हो कम्युनिस्ट र के हो कम्युनिस्ट संस्कृति ? - Chautari Post Online
Thursday, May 23News That Matters

के हो कम्युनिजम, को हो कम्युनिस्ट र के हो कम्युनिस्ट संस्कृति ?

कम्युनिस्ट नेताले गार्ड राख्नु सामन्ती संस्कृतिलाई जारी राख्न खोज्नु हो

स्वनाम साथी

नेपाली शब्द होइन कम्युनिस्ट

कम्युनिस्ट भनेको नेपाली शब्द होइन । नेपाली शब्दकोषमा पहिले रहेका शब्दलाई ख्याल गर्ने हो भने कम्युनिस्टलाई जनाउने उपयुक्त शब्द साधु वा भिक्षु हो । अझ जनबोलीको शब्द ‘जोगी’ हो ।

कम्युनिस्ट दक्षिण एसियाली भाषाको शब्द होइन । यो ल्याटिन भाषाको ‘कम्युनिस’बाट आएको शब्द हो । त्यस्तै प्राचीन कालदेखि नै क्रिश्चियन धर्मावलम्बीहरुको भेलालाई जनाउन पनि ‘कम्युनिएन’ शब्द प्रयोग गरिन्थ्यो । यिनै शव्दार्थ प्रक्रियालाई पक्रेर मार्क्सले १८३२ तिर कम्युनिस्ट शब्दको विकास गर्नुभयो ।

बुद्ध र मार्क्सः नयाँ शब्दको प्रयोग

बुद्धले सत्यशब्दमा आर्य जोडेर नयाँ अर्थमा प्रयोग गर्नुभयो । बुद्धद्वारा बताइएका चार आर्य सत्य छन् । जस्तैे : संसारमा दुःख छ । दुःखको कारण छ, त्यो कारण मोह हो । दुःखबाट मुक्ति सम्भव छ, जुन मोह त्याग अर्थात् निर्वाणबाट सम्भव छ । मोह त्याग (निर्वाण) को मार्ग छ।

बुद्धले चार आर्य सत्यको लागि नयाँ शब्द प्रयोग गर्नुभएजस्तै मार्क्सले पनि नयाँ –नयाँ शब्दको प्रयोग गर्नुभएको छ । यहाँ उदाहरणको लागि ‘प्रोलेटेरियट’ शब्दलाई लिन सकिन्छ । यसको नेपाली रुपान्तरण ‘सर्वहारा’ भन्ने हुन्छ । यस शब्दको मूल ल्याटिन हो । ल्याटिन भाषाको ‘प्रोलेटेरियस’शब्दले घटिया दास भन्ने जनाउँछ ।

त्यही शब्दलाई नयाँ अर्थ दिँदै आधुनिक औद्योगिक मजदुरहरुलाई ‘प्रोलेटेरियट’ भनिएको हो । त्यस्तै कम्युन शब्द पनि त्यहीँबाट सुरु हुन्छ । हुन त त्यसको प्रयोग पहिले अरुले पनि गरेका थिए तर अलि जोड दिएर प्रयोग गर्ने कार्ल मार्क्स हुन् ।

भुँडी भर्ने दुःखबाट मुक्त हुन सक्छौं भन्ने विश्वास व्यक्त गर्ने कम्युनिस्ट घोषणापत्र

यी सबै शब्दहरुलाई ‘कम्युनिस्ट घोषणापत्र’ले आधिकारिकता दियो । हाल विश्वका कम्युनिस्टहरुको साझा घोषणापत्रका रुपमा लिइने ‘कम्युनिस्ट घोषणापत्र’ खासमा कम्युनिस्ट लिग नामको संगठनको घोषणापत्रका रुपमा सन् १८४८ फेब्रुअरीमा जारी गरिएको थियो ।

अहिले नेपालमा दुई तिहाईको सरकार छ । सदन, प्रान्त, स्थानीय निकाय, जंङ्गल, सडकलगायत सबैतिर कम्युनिस्टहरु छाएको त्यही कम्युनिस्ट घोषणापत्रको कारणले हो ।

मार्क्स र एङ्गेल्स लण्डनमा बस्नुहुन्थ्यो । कम्युनिस्ट लिगको बैठक थियो म्यान्चेष्टरमा । कार्ल मार्क्ससँग त्यहाँ जानको लागि रेल भाडा पनि थिएन । उहाँ जानै सक्नुभएन । त्यसैले उहाँले उक्त घोषणापत्र लण्डनमै केहीलाई भेला गराएर पढेर सुनाउनुभएको थियो । यस्ता किस्साहरु कैयन छन् उहाँहरुका ।

त्यस घोषणापत्रले सबैभन्दा पहिले यो संसारमा सम्पत्तिको दुःखबाट, विशेषतः भँुडी भर्ने दुःखबाट हामी मुक्त हुन सक्छौँ भन्ने विश्वास व्यक्त ग¥यो ।

सारा प्रपञ्चको जडः आफू र आफ्ना प्रियजनको सुविधा र सुरक्षाको पीर

मानिस जातिलाई सबैभन्दा बढी दुःख, भय र त्रास प्राण रक्षाकै लागि हुने गर्छ । मानिस सुविधामा बस्न चाहन्छ । सुरक्षा चाहिन्छ । हामी सबैलाई भोलि के होला भन्ने पिर छ । बुढेसकालमा के होला ? मेरा प्रियजनको के होला ? आफू र आफ्ना प्रियजनको सुविधा र सुरक्षाको लागि मानिस भुटभुटिएका छन्् । सारा प्रपञ्च त्यहीँबाट सुरु हुन्छ ।

कम्युनिस्ट समाजमा भने जससुकैको प्राण रक्षाको ग्यारेन्टी समाजले गर्छ । त्यसका लागि तपाइँ कसैसँग निहुरिन पर्दैन । झुक्नु पर्दैन । कम्युनिस्टहरुले परिकल्पना गरेको त्यस्तो समाज हो ।

कम्युनिस्ट समाज बनाउने दश कुरा

घटीमा दश कुरा भयो भने हामी त्यस्तो समाजलाई कम्युनिस्ट समाज भन्न सक्छौँ । ‘कम्युनिस्ट’नामप्रति घृणा छ भने यो शब्द प्रयोग नगरे पनि हुन्छ । तर यहाँ त्यस्तो समाज चाहियो जहाँ तपाइँका लागि यी दश कुराको ग्यारेन्टी होस् ।

प्रथमतः तपाइँको आधारभूत आवश्यकताको पूर्ति हुनुपर्छ । हाम्रो नेपालको राजनीतिमा गाँस, बास र कपास भन्ने गरिएको छ । गाँस, बास र कपास भन्ने सानो र क्षुद्र कुरा हो । बास त गड्यौलाको पनि हुन्छ । मानिसका लागि त्यसभन्दा धेरै ठूलो परिकल्पना छ यहाँ ।

योग्यता नाप्ने कुनै कसी छैन । जसको जे क्षमता छ त्यही गर्ने हो । बच्चाको खेल्ने क्षमता छ । खेल्छ, खान्छ । बुढाबुढी काम गर्न सक्दैनन्, गफ गर्छन, सराप्छन्, खान्छन् । रोगीले औषधि पाउनुप¥योे । यो एउटा आधारभूत सर्त हो । मार्क्सले उठाएका कुरा यही हुन् । यो कुरा अरुको दिमागमा पनि आइसकेको थियो, मार्क्सले त्यसलाई व्यवस्थित रुपले प्रस्तुत गर्नुभयो ।
त्यस्तो समाज मात्र कम्युनिष्ट समाज हुन्छ, जुन समाजमा हरेक सदस्यको स्वतन्त्र विकासको ग्यारेन्टी सिङ्गो समाजले गर्छ । सिङ्गो समाजको विकास व्यक्तिको विकासमा भर पर्छ । हरेकले आवश्यकता र क्षमता अनुसारको काम गर्नुुपर्छ । योग्यता अनुसार होइन ।

योग्यता नाप्ने कुनै कसी छैन । जसको जे क्षमता छ त्यही गर्ने हो । बच्चाको खेल्ने क्षमता छ । खेल्छ, खान्छ । बुढाबुढी काम गर्न सक्दैनन्, गफ गर्छन, सराप्छन्, खान्छन् । रोगीले औषधि पाउनुप¥योे । यो एउटा आधारभूत सर्त हो । मार्क्सले उठाएका कुरा यही हुन् । यो कुरा अरुको दिमागमा पनि आइसकेको थियो, मार्क्सले त्यसलाई व्यवस्थित रुपले प्रस्तुत गर्नुभयो ।

त्यसैले एउटा प्राविधिक सर्त यही हो कि मानव जातिले जिउनलाई ढुक्क हुन पाउनुपर्छ भन्ने कुराको ग्यारेन्टी होस् । आज काम गर्न सकिनँ भने भरे खान पाइदैन भन्ने चिन्ता नहोस् ।

दोस्रो नम्बर भनेको ‘आफ्नो निर्णय आफै गर्न पाउने अधिकार’ हो । युद्धका कारणले गर्दा यो कुरा रुस र चीन दुवै देशमा लागु हुन सकेनन् । तपाईले कसलाई प्रेम गर्ने, अथवा नगर्ने जस्ता कुरामा तपाईको भन्दा अरु कसको अधिकार हुन्छ ? प्रेम गर्नुहोस्– नगर्नुहोस् तपाइँको खुसी ।

हाम्रो समाजमा बन्धन छ । आमा, बाबु, टोल, छरछिमेक छन् । आफ्नै सङ्कोच छ । तपाईले प्रेम गर्ने कुरा समेत हजार कुराले निर्धारण गर्छ । यस्ता कुराको र्धिारण तथा निर्णय अरुले गर्ने होइन । त्यो निर्णय तपाईले गर्न पाउनुपर्छ ।

सरोकारवालाले निर्णय गर्न पाउनुपर्ने भनेको नीति निर्माण र स्रोत–साधनका विषयमा हो । जसरी सानोमा बाबुआमाले कहिल्यै घर व्यवहारमा बालबच्चालाई सोध्छन् ? निर्णय गर्न बोलाउँछन् ? जग्गा जमिन खरिद गर्दा बेच्दा सल्लाह गर्छन् ? अझ छोरीहरुसँग त उनीहरु ठूला भएपछि पनि सोध्ने सल्लाह गर्ने चलन छैन ।

परिवारमा परिवारले निर्णय गर्छ । टोलमा टोलले निर्णय गर्छ । कम्युनमा कम्युन आफैले निर्णय गनुप¥योे । हामीलाई अह्राउने कोही मालिक, हाकिम र कारिन्दा छैन । यहाँ कोही नोकर छैन, कोही हाकिम छैन । कसैसँग कुनै क्षमता छ, कसैसँग कुनै । सवैलाई प्रेम र सम्मानको रुपले हेर्ने हो । हामी सवैसँग आफ्नो निर्णय आफै गर्न पाउने अधिकार छ । यी दुई अधिकार भएको समाजलाई कम्युनिस्ट समाज भनिन्छ ।

अब तेस्रो सर्त भनेको समाजमा शासन हुनुहँुदैन । कसैलाई कसैले पनि अह्राउन, खटाउन पाइँदैन । बिहान उठेको छ, चिया बनाइदे भनेर बुढीलाई अह्राएको छ । बच्चाबच्चीलाई अह्राएको छ । अनुरोध गरेको पनि अह्राएकै हो । सामन्तले अह्राउँछ । ‘मिस कृपया यति काम गरिदिनुहोला’ त्यो पनि अह्राएको त हो ।

तपाइँ बरु भन्न सक्नुहुन्छ ‘मलाई पानी पिउन मन लागेको थियो’ । मन लागे दिन्छन् । मन नलागे दिँदैनन् । कम्युनिस्ट संस्कृति भनेको फरक कुरा हो । तपाइँले अर्काे मान्छेलाई नोकर ठान्न हुँदैन । सहयोगी पनि ठान्न पनि हुँदैन । हाम्रा त कमरेडहरु पनि अचेल सहयोगी राख्छन् । सहयोगी भनेको पनि नोकरलाई जनाउने अर्को शब्द हो । नोकर भन्न अप्ठ्यारो लाग्यो अनि सहयोगी भन्न थाले, काम उही शब्द फरक । कम्युनिस्ट समाजमा सिकाउने र अह्राउने भन्ने नै हँुदैन ।

मार्क्सले भन्नु भएको छ ‘अघि हामी वर्ग विहीन दुनीयाँमा थियौँ’ । अहिले वर्ग आयो । हेगेलको दृष्टि अनुसार अहिले जे छ त्यो रहन्न । यसैले फेरी वर्गविहीन अवस्था आउँछ । यसलाई द्वन्द्वात्मकता भनिन्छ । छ, छैन र छैन पनि छैन । पहिलेको जस्तै पछि आउँछ । तर पहिलेको आउँदैन । पहिलेको जस्तै दोहोरिन्छ ।
अहिले तपाइँ अन्दमान र निकोबार टापुमा जानुस्, त्यहाँ अहिले पनि कम्युनमा बसेका आदिम मानिसहरु छन् । तिनलाई‘सेन्टिनेलिज’ भनिन्छ । अफ्रिकाको तान्जानियामा हड्जावे भन्ने जाति छन् । उनीहरुको बढीमा ४० जनाको समूह छ ।

त्यहाँ कसैले पनि कसैलाई केही सिकाइँदैन । बच्चाले आफै सिक्छ । केटा मान्छेहरु दाइ, काका र बुबाको पछि लाग्छन् । धनुषबाण चलाउन सिक्छन् । छोरी मान्छे आमाको पछि लाग्छन् । आमाहरुले जे जे गर्छन् उनीहरुले त्यही त्यही सिक्दै जान्छन् । यो गर, त्यो नगर पनि भन्दैनन् । अर्थात् त्यहाँ शासन, शासक–शासित, शोषक–शोषण कोही पनि छैन । आर्थिक, सांंस्कृतिक, सामाजिक र विचारको पनि शोषण छैन ।

बाटोमा हिँड्नुभयो तपाइँ । चिनेको मानिसले नदेखेझैँ ग¥योे । उसले तपाइँलाई देखेकोछ भन्ने तपाइँलाई थाहा छ । तपाइँले के गर्ने ? रिसाउने ? तपाईलाई एउटा मानिस मन परेको थियो उसलाई अर्कै मन प¥यो । अब गर्ने के ? मारिदिने ? उठाएर लैजाने ? सामन्तहरुले जबर्जस्ती उठाएर लाने गर्दथे । रणबहादुर शाहले पशुपतिमा आफ्नो श्रीमान्को श्राद्ध गर्नआएकी कान्तिवती देख्नासाथ उठाएर लगे । अहिले पनि छोरी मान्छेलाई उठाएर लाने चलन छ ।

हात खुट्टाले त के आँखाले पनि कुनै किसिमको शासन, शोषण, उत्पीडन गर्नुहुदैन । मैले एउटा कुरा गरेँ, तपाइँले आँखा उचालेर हेर्नुभयो । त्यो पनि उत्पीडन हो । कसैले केही गरेन तर पनि तपाइँको मन दुख्यो । त्यो पनि उत्पीडन हो । तपाइँलाई न्यायधीश बन्ने अधिकार छैन ।

तपाइँ अर्कालाई पिर नपारेसम्म, डिस्टर्ब नगरेसम्म जुनसुकै काम गर्न पनि स्वतन्त्र हुनुहुन्छ । कम्युनिस्ट समाजमा खान, बस्न र लगाउनको पिर हँुदैन । अरुलाई नघोचेसम्म तपाइँ स्वतन्त्र हुनुहुन्छ । त्यस्तो समाजको लागि हिँडेका हौँे हामी । प्रधानमन्त्री, मन्त्री र संसद जस्ता सानातिना कुराको लागि हिडेका होइनौँ । हामीले चाहे जस्तो समाज बन्छ । बनाउन सकिन्छ । विगतमा त्यस्तो समाज थियो । तीन लाख वर्ष लामो छ मानव समाज । प्रमाण छ वैज्ञानिकहरुसँग ।

अहिले पनि दक्षिण अफ्रिकाको पश्चिमी भेग र नामिभियामा जानुभयो भने ‘सान’ भन्ने जाति छन् । हाम्रा सबैभन्दा प्राचीन पुस्ता उनीहरुसँग मिल्छ । उनीहरुको र हाम्रो पुर्खा एउटै थियो ।

त्यहाँ अझै पनि तपाइँले थिचोमिचो भेदभाव पाउनुहुन्न । मानिसहरु कपडा नलगाई रुखमुनि बस्छन्् । हप्तामा एकदुई पटक शिकार गरेर खान्छन् । छोरीमान्छेले कन्दमुल जम्मा गर्छन् । खुल्ला ठाउँमा बस्छन् । त्यस्तै त्यो आदिवासी जस्तै अमेजन नदीको किनार ब्राजिलमा जबेरी उपत्यका भन्ने ठाउँ छ । त्यहाँ अहिले पनि आठ दश वटा जातिहरु छन् । उनीहरुलाई प्रधानमन्त्री पनि बन्नुपरेको छैन । साँसद पनि बन्नुपरेको छैन । पुलिस पनि बन्नु परेको छैन । आफ्नो न्याय आफै गर्छन् । आफ्नो लागि सल्लाह आपसमा आफै गर्छन् ।

मार्क्सले भन्नु भएको छ ‘अघि हामी वर्ग विहीन दुनीयाँमा थियौँ’ । अहिले वर्ग आयो । हेगेलको दृष्टि अनुसार अहिले जे छ त्यो रहन्न । यसैले फेरी वर्गविहीन अवस्था आउँछ । यसलाई द्वन्द्वात्मकता भनिन्छ । छ, छैन र छैन पनि छैन । पहिलेको जस्तै पछि आउँछ । तर पहिलेको आउँदैन । पहिलेको जस्तै दोहोरिन्छ ।

समुद्रबाट पानी उठ्यो, बाफ भयो, खोला भएर गयो, समुद्रमा गयो र फेरी पानी बन्यो । चक्रमा चल्छ, वृत्तमा होइन । सारा दुनिया चक्रमा चल्छ । अहिलेको वर्गीय दुनियाँ आएको दश हजार वर्ष भयो । त्यसभन्दा अगाडि वर्ग विहीन दुनियाँ थियो ।

खोइसान वा हड्जावे,दक्षिण अमेरिकाको जबेरी उपत्यकामा बस्ने जोए, सानेमा भन्ने जातिहरु छन् । यो विकास र समृद्धि उनीहरुलाई केही चाहिएको छैन । आरामले बसेका छन् ।

झगडा त्यहाँ पनि छ, काटाकाट हुन्छ । तर, म के खाउँला भन्ने पीर छैन । भए खाने हो त्यो विषयमा चिन्ता छैन । अरु विषयमा चिन्ता छ । आमाले यो केटा राम्रो छ त्योसँग बस भन्ने खालको झगडा पनि छ त्यहाँ । त्यसलाई हामी आदिकम्युन र आदिसाम्यवादी समाज भन्छौँ । अहिले पनि संसारमा आठ दश हजार मानव जनसंख्या त्यसरी बसेका छन् ।

त्यसैले पहिलो कुरा न्यूनतम आधारभूत आवश्यकता पूरा हुनुप¥योे । दुई— आफ्नो निर्णय आफै गर्न पाउनुप¥योे । कोही मालिक कोही नोकर हुनु भएन । अर्काे कुरा शासन, शोषण र उत्पीडन हुनु भएन । अन्याय अत्याचार र असमानता पनि हुनु भएन । जहाँ मान्छेको बन्धन आफै मात्रै हो । आफै अनुशासन हो, आफै मुक्ति हो । तपाइँलाई यो गर वा नगर भन्ने कोही पनि छैन । स्वतः परिचालित हुनुप¥योे ।

महाभारतको शान्तिपर्वमा जब भीष्म पितामहलाई अर्जुनले तिरको शैयामा राख्दा सूर्य दक्षिणायन भयो । भीष्मले उत्तरायणमा मर्ने इच्छा राखे । उनमा फेरी इच्छामृत्युको वरदान थियो भन्ने किम्बदन्ती छ । माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुन्छ । त्यसरी गणना गर्दा कार्तिकमा भएको भनिएको महाभारतको युद्धदेखि माघे सक्रान्तिसम्म समय थियो ।

त्यस बीचमा युधिष्ठिरले राज्यबारेमा भीष्मसँग सोध्छन् । भीष्म पितामह भन्छन् ‘अघि स्त्री–राज्य भन्ने थियो । अर्थात् त्यस बेला न राज्य, न राजा, न दण्डित गर्ने, न दण्ड दिने मानिस थिए।’ अहिलेको कुरा होइन यो । एक हजार ईसा पूर्वको हो । गर्न सकिने, गर्न हुने र गर्नुपर्ने कुराहरु थिए ।

सत्ता भनेको वर्गीय हुन्छ । त्यो वर्ग उठेको इशा–पूर्व चारहजारतिर मात्र देखिन्छ । त्यस अघि स्त्रीको प्रधानता रहेको समाज थियो । तर त्यहाँ राज्य थिएन । राज्य हुनलाई वर्ग र नीजी सम्पत्ति खडा हुनुप¥योे । नीजी सम्पत्ति भएन भने राज्य हँुदैन ।

त्यस समयखण्डलाई जनाउन क. पुष्पलालले ‘मातृ‘सत्ता’ भन्नुभएको छ । शब्दको प्रयोग ठीक छैन । किनकि सत्ता र प्रधानता फरक कुरा भयो । सत्ता भन्नासाथ शासन आउँछ ।

तपाइँ चीनको युनान जानुस् । चालिस हजारको सङ्ख्यामा छोरी मान्छेको वंश चलेको ठाउँ अहिले पनि छ । उनीहरुले माओ–त्सेतुङलाई भगवान् मान्छन् । हानहरुले धेरै दुख दिएका थिए, माओ आएपछि हामीलाई धेरै सजिलो भयो भन्दै उनको पूजा गर्छन् ।

ती जातिमा सम्पत्ति छोरी मान्छेको नाममा चल्छ । कान्छी छोरीले सबै सम्पत्ति पाउँछन् । उमेर पुगेपछि छोरीलाई चावी र कोठा दिइन्छ । आफ्ना प्रेमी जो छन् त्यहाँ आउँछन् । बच्चा आमासँग बस्छन् । छोरी मान्छेले घर चलाउँछन् त्यहाँ । सारा भार छोरीमान्छेको हो । छोराको काम डुल्ने हो ।

त्यस्तै असाममा खासी र खसीनीहरु छन् । त्यहाँ पनि छोरी मान्छेको राज छ । हाम्रैमा पनि देशका उत्तरी भेगमा बस्ने शेर्पाहरुमा पनि घरको सम्पत्ति बाँडिन्छ भनेर दाजुभाई सबैले एउटैलाई बिहे गर्ने चलन छ । पाञ्चाल भनेको त्यही हो । अहिलेको हाम्रो कर्णाली अञ्चल र गढवाल देखिको भागलाई पाञ्चाल भनिन्थ्यो । महाभारतमा पाञ्चाली भनेको द्रौपदीको नाम हो । त्यहाँ छोरी मान्छेको प्रधानता रहन्थ्यो । सत्ता भने थिएन ।

अर्काे कुरा छ न्यूनतम आवश्यकता । न्यूनतम आवश्यकतालाई कसरी व्याख्या गर्ने ? प्राण जोगाउनलाई चाहिने आवश्यकता पूरा हुने समाज हुनुप¥यो र त्यो अहिले सम्भव छ । पेरिस कम्युनमा त्यसलाई एकहत्तर दिन प्रयोग गरेर हेरियो ।

त्यो क्रान्तिमा फ्रेन्च दार्शनिकहरुको महत्वपूर्ण योगदान छ । नेपालमा कम्युनिस्टबारेको बुझाइ रुसको बाटो हँुदैं आयो । अनि हामीलाई रुसीहरुले धेरै पूर्वाग्रही बनाए । ठूला विद्वान् थिए फ्रेन्च दार्शनिकहरु । जस्तो भोल्टेयरले ‘मेरो विरुद्ध बोल्ने तिम्रो अधिकारको म रक्षा गर्छु’ भनेका छन् ।

अन्याय, अत्याचार, शासन, शोषण, उत्पीडन ,असामानता नभएको, सवैका आधारभूत आवश्यकता पूर्ति हुने, आफ्नो निर्णय आफै लिन सकिने(कोही मालिक कोही नोकर नहुने) समाज कम्युन समाज हो । ।

सूर्य यति ठूलो छ कि बाह्र लाख पृथ्वी एउटासूुर्यमा अटाउँछन् । तर फेरी सूर्य आफै मध्यम दर्जाको तारा हो । सूर्यको परिपरि दुई खर्ब ताराहरु छन् । सूर्यभन्दा एक खरब ठुला र एक खरब साना तारा सहितको समूह हो आकाशगंगा । केहीले यसलाई क्षीरसागर नाम पनि दिन्छन् ।

अहिलेका वैज्ञानिकहरु आकाशगंगा ९८ अर्ब प्रकाश वर्ष टाढा फैलिएको कुरा गर्छन् । अहिलेको अध्ययनबाट ब्रह्माण्ड १३.८ अरब वर्ष पुरानो हुन आउँछ । एक सेकेण्डमा तीनलाख किलोमिटर दिन–रात हिँड्दा तेह्र अरब असी करोड वर्ष अगाडिदेखि आएको उज्यालो फेला प¥यो । यस्तो विकराल विशालतामा पृथ्वी त नगण्य हो । तर यसमा सात अरब पचास करोड मान्छे र दुईसयवटा देश छन् । नेपालभन्दा सयवटा ठूला र सयवटा साना देशहरु छन् ।

तपाइँले न्युट्रोन इलेक्ट्रोन भन्ने सुन्नु भएको छ ? एक सेकेण्डलाई एक अरब टुक्रा बनाउनुहोस् । त्यसलाई तीस नानो सेकेण्ड भनिन्छ । तीस नानो सेकेण्ड बिलाएर जान्छ । हामीले थाहा पनि पाउँदैनौँ ।

त्यो कहाँ थाहा पाइन्छ भने ‘क्लाउड च्याम्बर’ भन्ने वैज्ञानिकहरुले बादल बनाएका छन् । त्यहाँ परमाणु प्रतिक्रिया गराउँदा त्यसको चिन्ह देखापर्छ । यहाँनिर मैले भन्न खोजेको के हो भने हामी यस्तो दुनियाँमा छौँ जहाँ हामी भन्दा ‘महा’ पनि उत्तिकै ‘महा’ छ र हामी भन्दा ‘सूक्ष्म’ पनि त्यतिकै ‘सूक्ष्म’ छ ।

त्यसैले दुबै पक्ष हेर्नुपर्छ । अहङ्कारीले महाभूतलाई हेर्नुप¥यो । जसले तारा मात्र हेर्छ उसले रछान पनि हेर्नुप¥योे । जसले रछानमात्र हेर्छ उसले तारा पनि हेर्नुप¥योे । यत्रो ब्रह्माण्ड छ तर यसको कुनै अर्थ छैन । जति अर्थ छ त्यो हामीले लगाएको हो । संघर्ष, खोजी, एकता र मुक्ति तपाईको अर्थ हो । यो ब्रह्माण्डलाई ती कुराको कुनै अर्थ छैन ।

त्यति मात्र गर्नुस् जति आवश्यक छ, बाँकी नगर्नुस् । तपाइँले चाहेर र मन लागेर पनि नगर्नुस् । तपाइँको प्राण रक्षालाई चाहिने मात्र गर्नुहोस्। अरु दुख मात्र हुनेछ । यो निखिल ब्राह्माण्ड सूक्ष्मदेखि महाभूतसम्म तपाइँको अस्तित्व छ ।

मैले भनेका माथिका बँुदाहरु सम्झिनुभयो भने साम्यवादी समाजमा बसेको अस्मित्वबोध हुनेछ । जस्तो समाजको मानिसलाई कम्युनिस्ट भनियो । त्यो समाज अहिले यहीँ पनि छ ।

कम्युनिस्ट दुईप्रकारका छन्ः एउटा सचेत एउटा अचेत । मार्क्सले कुरा गर्नुभएको सचेत र सार्विक कम्युनिस्टको हो । तर त्यसबाहेक पनि तपाइँ अहिले पनि अचेत रुपमा सोह्र घण्टा कम्युनिस्ट हुन सक्नुहुन्छ ।

तपाई आठ घण्टा निदाउनुुहुन्छ । निदाएको बेला तपाई के हुनुहुन्छ ? साहु, गरिब, कांग्रेस, कम्युनिस्ट ? निदाएको समयमा तपाईको वर्ग र राज्य केही हँुदैन । निदाएकोे समयमा तपाइँ मात्र मानिस हुनुहुन्छ । तपाइँ आठ घण्टा सुत्नुभएन भने काम पनि गर्न सक्नुहुन्न । बाँकी अर्काे आठ घण्टा तपाई खेलकुद गर्दा, पौडी खेल्दा, नाच्दा, गाउँदा पनि साम्यवादी हुनुहुन्छ । त्यहाँ कुनै वर्ग, सम्पत्ति, शोषण उत्पीडनको कुरै हँुदैन ।

तपाईँ मनोरञ्जन गर्दा, सुखोपभोग गर्र्दा कुनै वर्गमा हुनुहुन्न । तपाइँ निदाएको बेलामा न कसैलाई शासन गरेको हुनुहुन्छ न त शोषण । त्यसैले तपाईँलाई आठ घण्टा मनोरञ्जन गर्नु र आठ घण्टा सुत्नु जरुरी छ, जसबाट बाँकीे आठ घण्टा चाहिँ हामी वर्गीय दुनियाँमा झुम्न सकौँ । गर्न सकिने, गर्न पर्ने र गर्न हुने मात्र काम गरौँ । अरु गर्नु पर्दैन । ।

कम्युनिस्ट तीन तहका हुन्छन् व्यक्तिगत, सामूहिक र शारीरिक । कार्ल मार्क्सले कुरा गर्नुभएको शारीरिक तहको कम्युनिजमको हो ।

बुद्ध, महाविर, भोलेबाबाहरुले प्रयोग गर्ने साम्यवाद व्यक्तिगत तवरको र सानो अखडा बिहार या मठहरुमा प्रयोग हुने सामूहिक कम्युनिजम हो । पश्चिममा पनि लियो टाल्सटायआदिले त्यसको प्रयोग गरेका थिए । तर व्यक्तिगत तहमा युरोपमा कम्युनिजमको अभ्यास छैन । तर पूर्वीय जगतमा भने कम्युनिजमको अभ्यास पाँचहजार वर्षको छ । हामीसँग प्रामाणिक इतिहास छ ।

बुद्धले बोल्ने समयमा उनको अगाडि दश हजार मानिस हुन्थे । दशहजार मानिसले सुन्ने गरी बोल्थे । उनको बोलाई र हेराइमा पनि कम्युनिस्ट संस्कृति थियो ।

तपाईँको हेराइमा अरबौँ भाव आउँछन् । तपाइँ आफूभित्र भएको ‘म’ फाल्दिनुस् । तपाइँ कम्युनिस्ट हुनुभयो । व्यक्तिगत तहको कम्युनिस्टको अभ्यास त थोरै मानिसले गरे । सामूहिक तहमा केही प्रयासहरु भएका थिए ।

साम्यवादी संस्कृतिमा चारवटा कुरा ख्याल राख्नुपर्छ । गर्न नहुने काम पनि गर्ने, गर्न हुने काम पनि गर्ने, अलिअलि गर्न हुने गर्ने, अलिअलि गर्न नहुने गर्ने, अलिअलि गर्न हुने र नहुनेबाट पार भएर काम गर्ने । यी चारवटा संस्कृतिमा कम्युनिस्टहरु भुल्छन् । ठाउँ र अवस्था हेरिकन उनीहरुले काम गर्नुपर्छ ।
जनयुद्धको बेलामा रोल्पामा बलिदान भएको थियो । त्यो सबै सामूहिक कम्युनिजमको प्रयत्न हो । जब मानिसलाई यो यात्रामा हिड्दै गर्दा गन्तब्यको बारेमा थाहा भयो । मार्क्सले काल्पनिक कम्युनिजमहरुबारे ठूलो व्याख्या गर्नुभएको छ । ‘समाजवाद काल्पनिक वा वैज्ञानिक’ भन्ने किताबमा पाइन्छ । व्यक्तिगत तहको साम्यवादी अभ्यासमा आखिभैाँ पनि उचाल्ने कि नउचाल्ने भन्नेजस्ता कुरा हुन्छ । हाँस्दा पनि कसरी हाँस्ने ? स्मित हाँस्ने कि अट्टाहास हास्ने ? कि खुसीको हाँसो हाँस्ने ? साम्यवादीहरु क्रोध गर्ने बेलामा क्रोध गर्छन् तर जानेर गर्छन् । जहाँ सुख र दुखको चिन्ता मान्नु पर्दैन । ‘खुसी र गम(चिन्ता)को फरक छैन ’ यस्तो समाज कम्युनिस्ट समाज हो ।

हामी माया र घृणा दुवै गर्न सक्छौँ । तर घृणा गर्नुपर्ने भयो भन्ने थाहा पाएर घृणा गरौँ । हामीले बुझाउनु छ अरुलाई । कसरी बुझाउने ? यो साम्यवादी संस्कृतिको अर्काे नमूना हो । भित्रैबाट रिसाउन पाइएन । आमाले छोराछोरीलाई जस्तो गर्छिन् त्यस्तै गर्नुप¥यो ।

साम्यवादी संस्कृतिमा चारवटा कुरा ख्याल राख्नुपर्छ । गर्न नहुने काम पनि गर्ने, गर्न हुने काम पनि गर्ने, अलिअलि गर्न हुने गर्ने, अलिअलि गर्न नहुने गर्ने, अलिअलि गर्न हुने र नहुनेबाट पार भएर काम गर्ने । यी चारवटा संस्कृतिमा कम्युनिस्टहरु भुल्छन् । ठाउँ र अवस्था हेरिकन उनीहरुले काम गर्नुपर्छ ।

त्यसैले साम्यवादी संस्कृति भनेको यस्तो संस्कृति हो जहाँ एउटा मानिसले अर्काे मानिसलाई, एउटा मानिसले बाँकी शेष प्रवृत्तिलाई कस्तो व्यवहार गर्ने भन्ने कुरा हो । संगै बाँचौँ, संगै जाऔँ ।

अहिले वर्गीय दुनियाँमा निर्वर्गीय मानिसहरु छन् । अहिलेबाट तपाइँ व्यक्तिवादी कम्युनिस्ट बन्न सक्नुहुन्छ । तपाइँ सामूहिक स्तरको कम्युनिस्ट बन्न सक्नुहुन्छ । सामूहिक स्तरको कम्युनिस्ट बन्न तपाईँलाई समस्या छैन ।

राम्ररी नियाल्ने हो भने दक्षिण एसियाका भोले बाबा, बुद्ध र महावीरहरुको कैवल्य निर्माण, मोक्ष र मुक्ति भन्ने शब्द र मार्क्सले निकालेको शब्द एउटै कुरा हो । मार्क्सको एउटै भनाई के थियो भने सार्विक मुक्तिको लागि सम्पत्ति खलास गर, वर्ग मेटाऊ, सबै बन्धनहरुबाट मुक्त होऊ । तर मुक्ति वर्ग नमेटाइकन हुन सक्दैन ।

मानवको सबै बन्धनबाट मुक्तिको लागि जो अथक अभियान चलेको छ विगत ८÷ १० हजार वर्षदेखि, त्यसमा मार्क्सले दिनुभएको सबैभन्दा ठूलो योगदान ‘वर्गीय मुक्ति’ पहिलो मुक्तिको आधार हो । बुढेसकालमा औषधिको चिन्ता नभएको व्यवस्था निर्माण गर्न सकिन्छ । यो भन्दा ठूलो संस्कृति के हुन सक्छ ?

तपाईँ अहिले पनि अदालत जानुभयो भने ९० प्रतिशत झगडा सम्पत्तिको विषयमा भएको पाउनुहुन्छ । दश प्रतिशत झगडा मात्र अरु विषयमा हुन्छ ।

हामी गर्भमै हुँदा आधा कुरा प्रकृतिले हामीलाई भरेर पठाइदिएको हुन्छ । तपाई आफै केही पनि गर्न सक्नुहुन्न । हामीले श्वास फेर्ने, खानेकुरा पचाउने काम स्वतः हुन्छ । सबै प्रकृतिले गरेको छ । तपाइँको अधीनमा जम्मा दुई प्रतिशत मात्र कुरा छ । तपाइँ ९८ प्रतिशत त प्रकृतिको दास हुनुहुन्छ । मुटुलाई चल भन्नुपर्ने, आँखालाई खुल भन्नुपर्ने भएको भए तपाइँको के हालत हुन्थ्यो ? पानीले नाश गर्छ, बानीले सर्वनाश गर्छ । बानी अड्कल्नुपर्छ । तर कति बोल्ने भन्ने आफ्नो कुरा हो । आफ्नोे हुर्काइको कुरा हो ।

अमेरिकामा स्वतन्त्र राज्यकोे रक्षा गर्न अमेरिकीलाई बन्दुक बोक्ने अधिकार छ । यहाँ त भएको खुकुरी समेत खोसेर लैजान्छन् । हाम्रो दुई प्रतिशतभित्रको अधिकार पनि खोस्ने काम भयो । सामन्ती र दास मालिकहरुले सबैभन्दा बढी खोसे । पुजिँपतिहरुले अझ बढी खोसिरहेका छन् ।

कम्युनको संस्कृति भनेको सबैभन्दा बढी अनुशासित र सबैभन्दा बढी स्वतन्त्र छ । यहाँ तपाइँलाई यो गर वा यो नगर भन्ने कुरै छैन । सबै आफै गर्ने कुरा हो । त्यो समाज अब यहाँ सम्भव छैन । यहाँ तपाइँले आफुलाई ठीक लागेको लागेको काम गर्न पाउनुहुन्न ।

पछिल्लो समय युरोप र अमेरिकाका केही मानिसहरु कपडा नलगाई बसे पनि मतलब हुनुहुन्न भनिरहेका छन् । तर, हाम्रोमा त्यसो भन्यो भने बरबाद हुन्छ । हाम्रोमा त्यो छुट नागाहरु र भोलेबाबाका चेलाहरुलाई छ । उनीहरु एकसरो लुगा लगाउँछन् ।

गिरिराजमणि पोख्रेल, नारायणकाजी श्रेष्ठ लगायतहरुलाई गार्ड बोकेर हिँड्नु जरुरी छ ? प्रचण्डजी लाई खतरा हुन सक्छ किनकि उहाँका दुस्मन धेरै छन् । तर फेरि दुस्मन उहाँ आफैले बनाएको हो । केपी ओलीलाई पनि केही खतरा छ जस्तो लाग्दैन मलाई । विद्या भण्डारीले सुरक्षाको तामझाम गर्नुपर्ने केही जरुरी नै छैन । उहाँहरुले सामन्ती संस्कृतिलाई जारी राख्न खोजिरहनु भएको छ ।
हिजो जनताका घर दैलोमा हिँड्ने नेताहरु आज गार्ड राखेर बस्छन् । यो पुजिँवादी सामन्तवादको सम्मिश्रण व्यवस्थामा आफूलाई केही हौँ भन्ने पार्नको लागि एउटा असईसमेत गार्ड राखेर बस्छन् ।

गिरिराजमणि पोख्रेल, नारायणकाजी श्रेष्ठ लगायतहरुलाई गार्ड बोकेर हिँड्नु जरुरी छ ? प्रचण्डजी लाई खतरा हुन सक्छ किनकि उहाँका दुस्मन धेरै छन् । तर फेरि दुस्मन उहाँ आफैले बनाएको हो । केपी ओलीलाई पनि केही खतरा छ जस्तो लाग्दैन मलाई । विद्या भण्डारीले सुरक्षाको तामझाम गर्नुपर्ने केही जरुरी नै छैन । उहाँहरुले सामन्ती संस्कृतिलाई जारी राख्न खोजिरहनु भएको छ ।

कम्युनिस्ट नेताहरुमा न गणतन्त्रवादी संस्कृति छ न पुजिँवादी संस्कृति । हाम्रा नेताहरुले जस्तो त अमेरिकामा पुजिँवादी गढका नेताहरुले पनि गर्दैनन् । बेलायत, क्यानडाको राष्ट्रपति समेत रेलमा हिँडिरहेका हुन्छन् ।

यहाँ त नेताहरु सामन्तीचिन्तन, अझ त्यो नभए पुजिँवादभित्रको पनि खराब फासिस्ट खालको चिन्तन बोकेर हिँडिरहेका छन् । उनीहरु फासिस्ट तडकभडक देखाउन खोजिरहेका छन् ।

तर खतरा पनि होला किनकि उहाँहरुले पैसा जोड्नु भएको छ । अनि जीवनमा पटक पटक राष्ट्रपति र प्रधानमन्त्री हुन पनि मन छ । त्यो भन्दा तलको पदमा उहाँहरुलाई बस्न मन नै छैन ।

तर उहाँहरुभन्दा अभागी र दुःखी मानिस मैले आजसम्म देखेको छैन । समाजले हेर्दा त ठूला मानिस देखिएलान् तर म त एकदम दुःखी मानिस देख्छु । खस्रक्क आवाज आयो भने पनि झसङ्ग हुने खालको । श्रीखण्डको बोटमा सर्प पनि बसेको हुन्छ । तर श्रीखण्डको बोटलाई सर्पको विष लाग्दैन ।

तपाइँ आलु, अण्डा र चियापत्तिमा जे बनाउदाँ पनि पानी प्रयोग गर्नुहुन्छ । पानीमा आलु, अण्डा या चियापत्ति राख्नुस् र उसिन्नुहोस् । एउटै पानीले पकाउने हो सबै कुरा । अण्डा साह्रो भएर आउँछ । आलु गिलो भएर आउँछ । चियाको रस आउँछ ।

उही हो तपाइँ के हुने भन्ने कुरा पनि । हाम्रा नेताहरु पाकेर अण्डाजस्ता साह्रा भएका छन् । कक्रक्क भएका छन् । एउटा त व्यक्तिगत कुरा छ । प्रकृतिले दिएको जीनहरु र हुकाई कस्तो भयो ?के शिक्षादिक्षा दिइयो त्यसले निर्धारण गर्छ । मानिसहरु कम्युनिस्ट त भए तर कम्युनिजमको कुरै थाहा भएन ।

त्यो बेला कम्युनिस्ट घोषणपत्रमा आजको कुरा गरिएको थियो । साम्यवाद आज र अहिले यहीँबाट सुरु गर्न सकिन्छ । व्यक्तिगत, सामूहिक र केही शारीरिक तहमा ।

नसुध्रेको क्रान्तिकारी बुर्जुवा नेताहरु जो हुनुहुन्छ, सानोमा सिकेको सामन्ती संस्कारहरु उहाँहरुले कालक्रममा पनि छाड्न सक्नु भएन । आमाले ढुङ्गालाई ढोग्नुभयो । घरमा कोही आयो नमस्ते गर्न लगाउनुभयो । त्यहाँबाट संस्कार सिक्नुभयो । उहाँहरु त्यो संस्कारबाट निस्कन सक्नुभएन । त्यस्तो संस्कार जनयुद्धले निकाल्ने होइन, त्यो चेतले निकाल्ने हो ।

सिद्धान्त र व्यवहार भन्ने एउटै कुरा हो, दुईवटा कुरा होइन । कामलाई व्यवहार भनिन्छ । कर्मको कुरालाई सिद्धान्त भनिन्छ । कर्म जे गर्नुहुन्छ कुरा त्यही गर्नुभयो भने, कर्म र काम दुवै मिल्यो तपाइँको । कुराभन्दा काम फरक भयो भने मिलेन । मार्क्सवादी हुनु र कम्युनिस्ट हुनु एउटै कुरा होइन । हामी मार्क्सवादी हुन सक्छौँ । कम्युनिस्ट भनेको एउटा प्रणालीभित्र रहेको मानिसको कुरा हो । अझ त्यस्तो ठाउँ हो जहाँ वर्ग हुदैन, राज्य हुदैन ।

मार्क्सको सबैभन्दा ठूलो चिन्तन भनेको मजदुरहरुको मुक्तिको चिन्तन हो । कसरी मजुदरको मुक्ति सम्भव हुन्छ भन्नेउहाँको चिन्तन छ । उहाँ मजदुर वर्गको नेता हो ।

तर उहाँ आफैले धेरै साम्यवादी अभ्यास नै गर्नुभएन । त्यो चलन नै थिएन युरोपमा । अहिले हामीले उनीहरुलाई सिकाउनुपर्ने छ । अब हामीले उक्त संस्कार अङ्ग्रेजीमा युरोप र अमेरिकामा लैजान सके ‘यु क्यान बि कम्युनिस्ट राइट हियर एण्ड नाउ । यु कम हियर । भन्न सक्छाँै ।

पार्टीहरुले कम्युनिस्ट नाम राख्न थालेको लेनिनपछि हो । उनले रुसी सामाजिक जनवादी श्रमिक पार्टी( बोल्सेभिक) को नाम कम्युनिस्ट राखे ।

कम्युनिस्ट लिग मार्क्सले राख्नुभएको नाम हो । अहिले हामी जसलाई कम्युनिस्ट भन्छौँ, त्यति बेला युरोपमा तिनिहरुलाई सोसलिस्ट(समाजवादी) भनिन्थ्यो । लेनिनकै पार्टी पनि आफूलाई क्रान्तिअघि सामाजिक जनवादी भन्थ्यो । लेनिनद्वारा सन् १९१७ को अप्रिलमा लेखिएको थेसिसमा ‘समाजवादी’ राख्ने भनियो र कम्युनिस्ट प्रस्ताव गरियो । कम्युनिस्टहरुको पार्टी भनेको होइन । कम्युनिस्टको पार्टी हुदैन । कम्युनिस्टले पार्टी बनाउदैन । उसलाई पार्टी चाहिँदै चाहिँदैन । मार्क्सले घोषणापत्रमै भन्नुभएको छ,‘कम्युनिस्टहरु सर्वहाराको पार्टीमा सामेल हुने भनेर’ मार्क्सले भन्नुभएको छ ‘कम्युनिस्टहरुले अर्काे पार्टी बनाउनु पर्दैन ।’ त्यसैले अहिलेको यो कम्युनिस्टहरुको पार्टी होइन । जसरी लेनिनको पार्टीमा राजतन्त्रवादीहरु पनि थिए, त्यसरी नै यहाँका कम्युनिस्ट पार्टीमा पनि राजतन्त्रवादीहरु छन् । यहाँ गणतन्त्रवादीहरु पनि छन् । अझ धर्म नै समाएरै पार्टीमा बसेका छन् । यहाँ कोही हिन्दु छन्, कोही मुसलमान छन् र कोही क्रिश्चियनहरु छन् । छुवाछुत गर्ने छन्, छुवाछुतमा पर्ने छन् । डाँका, चोर र फटाहा सबै छन् ।

अहिलेका कम्युनिस्ट पार्टीहरु गंगा नदी जस्ता हुन् । कबीर भन्नुहुन्छ, ‘नालाको पानी कोही खादैन तर त्यही नालाको पानी गंगामा मिसिएपछि सवै गंगाजल भनेर खान्छन् । नेपालको अहिले कम्युनिस्ट आन्दोलनमा भनिएको सात लाख सदस्यमा सरकार चलाउनदेखि लिएर,जंगलमा रहेका कम्युनिस्टहरुमा धेरै खालका मानिसहरु पर्छन् । हामीहरु मूलतः साम्यवादप्रेमीहरुहौँ । तिनमा कोही साधकहरु प्नि होलान् । यो बेग्लै कुरा हो

साम्यवादी हुने भनेको व्यवहारमा मात्र होइन । मनैदेखि शासन–शोषण, उत्पीडन, अन्याय–अत्याचार र असमानताको भय त्रास नहुने भनेको हो ।

प्रस्तुति : सुनिता न्यौपाने ratopati/from

प्रतिकृया दिनुहोस्