एन.सी.एफ.नेपालको प्रदेशस्तरीय सप्ताहव्यापी अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न - Chautari Post Online
Thursday, May 23News That Matters

एन.सी.एफ.नेपालको प्रदेशस्तरीय सप्ताहव्यापी अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न

ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष रेभ. सूर्य बहादुर बल तामाङ (हनोक) ले एन.सि.एफ.नेपाल अग्रज अगुवाहरुको दर्शनद्वारा ६० बर्ष अगाडि स्थापना भई मण्डली र मण्डलीको बिश्वासीहरुलाई जस्तोसुकै सतावटमा पनि निरन्तर सेवा र संगति दिदै आएको बताउँनुभएको छ ।

हालै सम्पन्न एन.सि.एफ.नेपालको केन्द्रीय तहको विशेष पहलमा सातवटै प्रदेशलाई लक्षित गरी सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको प्रदेश स्तरीय अगुवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले एन.सि.एफ.नेपालले सम्बन्ध,संगति र सहकार्यमा विशेष जोड दिएकोले नेपालमा भएका मण्डलीहरुलाई अभिभावकत्व प्रदान गर्न सहभागीहरूलाई निर्देशन दिदैँ उनले सो कुरा बताएका हुन् ।
एन.सि.एफ.नेपाल अग्रज अगुवाहरुको दर्शनद्वारा ६० बर्षको गरिमामय इतिहास बोकेको नेपालकै सवैभन्दा पुरानो र ठूलो नेपाली ख्रीष्टियनहरूको छाता संगठनको रूपमा परिचित एन.सी.एफ.नेपालको पृष्ठभुमि, वर्तमान परिस्थिति, भावी कार्यदिशा, नीति तथा कार्यक्रमको विषयमा प्रशिक्षण गराउने विशेष उद्देश्यका साथ यहि मिति २०७६ वैशाख २२ गते आइतबार देखि प्रदेश नं ५ नेपालगन्जबाट शुरु गरिएको प्रशिक्षण कार्यक्रम २०७६ वैशाख २७ गते प्रदेश नं ३ कुरिन्टारमा पुगेर समापन गरेको हो ।

एन.सी.एफ. नेपालका केन्द्रीय अध्यक्ष रेभ. सूर्य बहादुर बल तामाङ (हनोक) को प्रमुख आतिथ्यता र केन्द्रीय पदधिकारीहरूको विशेष उपस्थितिमा सातवटै प्रदेशका प्रतिनिधिहरू समेटिने गरी मुख्य तीनस्थानहरूमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।
सप्ताहव्यापीे प्रदेश स्तरीय अगुवा प्रशिक्षण कार्यक्रम यहि वैशाख २२ र २३ गते प्रदेश नं ५,६ र ७ को नेपालगन्जस्थित अनुग्रह तालिम केन्द्रको सभाहलमा सम्पन्न गरिएको थियो भने प्रदेश नं १ र २ को प्रशिक्षण कार्यक्रम वैशाख २४ र २५ गते धरानस्थित इमानुएल कृपा मण्डलीमा सम्पन्न भएको थियो । त्यस्तैगरी प्रदेश नं ३ र ४ को वैशाख २६ र २७ गते कुरिन्टारमा पुगि प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

प्रतिकृया दिनुहोस्