नाभासलाई क्लब छाड्न रियलको सुझाव - Chautari Post Online
Thursday, May 23News That Matters

नाभासलाई क्लब छाड्न रियलको सुझाव

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले गोलरक्षक केलर नाभासलाई क्लब छाड्न सुझाव दिएको छ । प्रशिक्षक जिनेदिन जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाईको गोलरक्षकका रुपमा चुनेपछि नाभासलाई क्लब व्यवस्थापनले विकल्प रोज्न भनेको हो ।

जनवरीमा मात्र नयाँ सम्झौता हस्ताक्षर गरेका नाभासले खेल्न नपाउने भएपछि अन्यत्र नै आफ्नो भविष्य खोज्न क्लबले सुझाव दिएको हो । जिदानले गत साता मात्र कोर्टुवा नै आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेका थिए । कोर्टुवा यसै सिजन रियल आएपनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

यसै साता रियल बेटिसविरुद्ध उनले रियलका लागि अन्तिम खेल खेल्ने सम्भावना छ । सन् २०१५ मा पनि रियलले डेविड डे हेयालाई अनुबन्धन गर्न खोज्दा बेटिसविरुद्धको खेल नाभासको लागि अन्तिम हुने सम्भावना रहेको थियो । तर नाभासले रियलमा रहेर त्यसपछि पहिलो रोजाईका रुपमा आफुलाई स्थापित गरे ।

नाभासले रियलमा रहेर ३ पटक च्याम्पियन्स लिग, एक पटक ला लिगा उपाधि, तीन फिफा क्लब विश्वकप तथा ३ पटक युरोपेली सुपर कप उपाधि जिते ।

प्रतिकृया दिनुहोस्