‘सत्‍ते पे सत्‍ता’ को रिमेकमा शाहरुख-कटरीना ? - Chautari Post Online
Thursday, May 23News That Matters

‘सत्‍ते पे सत्‍ता’ को रिमेकमा शाहरुख-कटरीना ?

एजेन्सी,

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जीरो’ बक्सअफिसमा पत्तासाफ भएपछि अभिनेता शाहरुख खानले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । अब उनी केही समय ब्रेक लिने सोचमा छन् । यसबीच, उनको नयाँ फिल्म ‘सत्‍ते पे सत्‍ता’ को रिमेक हुनसक्ने चर्चा छ । उनको अपोजिटमा फेरि एकपटक कटरीना कैफ देखिन सक्नेछिन् ।

यो फिल्म अमिताभ बच्चनको सुपरहिट फिल्म ‘सत्‍ते पे सत्‍ता’ को रिमेक हुनेछ । यो फिल्म १९८२ मा रिलिज भएको थियो, जसमा एक्सन र कमेडी भरपूर थियो । यसमा अभिताभको डबल रोल थियो । ‘सत्‍ते पे सत्‍ता’ मा शाहरुख अनुबन्ध भइसकेको जानकारी प्राप्त छ । तर, यसको औपचारिक जानकारी निर्माण टिमबाट प्राप्त भएको छैन ।

यो फिल्म अमेरिकन म्यूजिकल फिल्म ‘सेवेन ब्रदर्स’ बाट प्रभावित छ । ‘सत्‍ते पे सत्‍ता’ मा अमिताभको अपोजिटमा अभिनेत्री हेमा मालिनी थिइन् । यस फिल्मबाट फराह खानसँग रोहित शेट्टी आफ्नो प्रोडक्सन ग्राण्ड बनाउने तयारीमा छन् । सुत्रका अनुसार, फराह र रोहितले यो महत्‍वाकांक्षी प्रोजेक्‍टको सुरुवात गरिसकेका छन् भने कास्ट पनि फाइनल गरेका छन् ।

भारतीय मिडियामा सम्प्रेशित खबरलाई आधार मान्ने हो भने फराहले निर्देशन गर्ने र रोहितले निर्माण गर्ने ‘सत्‍ते पे सत्‍ता’ मा शाहरुख र कटरीना लिड रोलमा फाइनल भइसकेका छन् । यदी यस खबरमा सत्यता छ भने शाहरुखसँग कटरीनाको यो तेस्रो फिल्म हुनेछ । यसअघि दुईले ‘जीरो’ र ‘जब तक हे जान’ मा काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्