रोनाल्डो र इब्राहिमोभिचको समानता - Chautari Post Online
Thursday, May 23News That Matters

रोनाल्डो र इब्राहिमोभिचको समानता

(एजेन्सी)– क्रिस्टियानो रोनाल्डो र ज्लाटान इब्राहिमोभिचको जितमा मात्र खेल्न रमाइलो मान्ने समानता रहेको युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलिग्रीले बताएका छन् । त्यसैले रोनाल्डो र इब्राहिमोभिच जितका लागि हर सम्भव प्रयास गर्ने आफुले महसुस गरेको उनले सुनाएका छन् ।

एलिग्रीको प्रशिक्षणमा इब्राहिमोभिचले एसी मिलानमा खेलेका थिए । स्विडेनका पूर्व स्टारले अलग अलग क्लबबाट धेरै लिग उपाधि र अन्य उपाधि जितेका थिए । अहिले इटालियन एलिग्रीले रोनाल्डोलाई एक सिजन प्रशिक्षण दिइसकेका छन् । उनले रोनाल्डो र इब्राहिमोभिच दुवैलाई नजिकबाट चिनेका छन् ।

एलिग्रीका अनुसार रोनाल्डो र इब्राहिमोभिच धेरै खेल्न भन्दा पनि जित्दा उनीहरु बढी खेलमा आनन्द लिन्छन् र त्यसले उनीहरुलाई जितको श्रृखंला तयार पार्न मद्दत गर्छ ।

‘एउटा खेलाडी जसले सबै जितिसकेको छ । ३४ वर्षको त्यस्तो खेलाडीमा अझै जितको भोक हुनु कठिन हुन्छ । तर उनीह जितको भोको छन्,’ प्रशिक्षक एलिग्रीले भने,’ उनको समर्पण अकल्पनिय छ । हामीले रोनाल्डोबाट सिक्नुपर्दछ । मैले पनि धेरै सिकेको छु । उनी जस्तो विश्वकै उत्कृष्ट खेलाडीसँग सबैले काम गर्ने अवसर पाउँदैनन् । ‘

यहि सिजनको सुरुवातमा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । युभेन्ट्सले यो पटक घरेलु लिग जितिसकेको छ । तर, उनी टोलीलाई च्याम्पियन्स लिग उपाधि दिलाउनबाट भने असफल रहे । यद्दपी रोनाल्डो क्लबमा रहँदासम्म युभेन्ट्सले च्याम्पियन्स लिग जित्ने सम्भावना कायमै छ ।

प्रतिकृया दिनुहोस्