आजदेखि काँकरभिट्टामा पर्यटक सहायता कक्ष सञ्चालन - Chautari Post Online
Thursday, May 23News That Matters

आजदेखि काँकरभिट्टामा पर्यटक सहायता कक्ष सञ्चालन

मेचीनगर । प्रदेश १ को उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले सरकारले अघि सारेको ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल बनाउन हरेक क्षेत्र लाग्नुपर्ने औंल्याएका छन् ।

बुधबार काँकरभिट्टामा नवनिर्मित पर्यटक सहायता कक्षको उद्घाटन गर्दै सचिव ढुंगानाले लामो समयदेखि पूर्वीनाकामा निक्कै आवश्यकता खटिएको पर्यटक सहायता कक्ष निर्माण भएपछि यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई पर्याप्त सेवा पुग्ने विश्वास व्यक्त गरे । यस्ता कक्षले पर्यटकलाई फाइदा पुग्ने भएकाले पनि पर्यटकको रोजाइमा समेत यस्ता प्रवेशद्वार पर्ने उनको भनाई थियो ।

सचिव ढुंगानाले भौतिक पूर्वाधारमात्र भएर नपुग्ने यसले प्रत्यक्षरुपमा पर्यटकहरु लाभावन्तित हुनुपर्ने भन्दै यहाँ खट्ने कर्मचारीहरुको बानी व्यवहार पर्यटकमैत्री हुनुपर्ने पनि सुझाव दिए । उनीहरुलाई आधारभूत तालिमको व्यवस्था, भाषाको ज्ञान तथा नेपालका हरेक क्षेत्रका पर्यटकीय स्थलका बारेमा समेत ज्ञान हुन जरुरी रहेको सचिव ढुंगानाको भनाई छ ।

पर्यटक कक्षको विधिवत उद्घाटन प्रमुख अतिथि सचिव ढुंगानाले रिवन काटेर र नगरप्रमुख आचार्यले पर्यटन प्रहरीका प्रहरी सहायक निरीक्षक सुवास शेर्पालाई चावी हस्तानतरण गरेर गरेका थिए ।

मेचीनगर नगरपालिकाले करिव तीन लाख रुपैयाँको लागतमा पर्यटन तथा यातायात व्यवस्थापन समितिले छोटै समयमा उक्त कक्ष निर्माण गरेको हो । वैशाख १३ मा नगरपालिका र समितिबीच सम्झौता भएको थियो ।

प्रतिकृया दिनुहोस्