‘८३’ श्रीमान-श्रीमतीको भूमिका - Chautari Post Online
Thursday, May 23News That Matters

‘८३’ श्रीमान-श्रीमतीको भूमिका

फिल्मले जुराएको रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले गोलियो की रासलीला स् रामलीलाु, पद्मावतु र बाजीराव मस्तानीु मा एकसाथ काम गरेका छन् । रामलीलाु बाट उनीहरुको प्रेम झाँगिएको थियो । गत वर्ष दुईले लगनगाँठो कसे । तर, आजसम्म उनीहरुले अभिनय गरेको कुनै फिल्मकोे ह्याप्पी इन्डिङ भएको छैन ।

बाजीराव मस्तानीु मा दुबैको मृत्यु हुन्छ । पद्मावतु मा पनि यस्तै हुन्छ । रामलीलाु मा पनि दुबैको निधन हुन्छ । दर्शकले दुई अभिनीत फिल्मको ह्याप्पी इन्डिङ हेर्न चाहेका छन् । अब भने यो इच्छा पूरा हुने भएको छ । दीपिकालाई रणवीरको नयाँ फिल्म ‘८३’ मा फाइनल गरिएको छ । फिल्ममा पनि दुईले श्रीमान् – श्रीमतीको भूमिका निभाउनेछन् ।

भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानी बयान गर्ने फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिनेछिन् । भारतीय मिडियाका अनुसार, दीपिका फिल्मको निर्माता मध्येकी एक हुन् । फिल्ममा उनको गेस्ट अपियरेन्स हुनेछ ।

पिंकविलाले आफ्नो एक रिपोर्टमा सुत्रको भनाई उदृत गर्दै लेखेको छ, ुदीपिकाको फिल्ममा निकै राम्रो रोल छ । उनले फिल्ममा कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन् । फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ ।

प्रतिकृया दिनुहोस्