भिडियो चौतारीमूल खबर

कोरोनाविरुद्धको लडाइँ जित्न घरमै बस्न प्रचण्डको आग्रह (भिडियोसहित)

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको सरकारले तत्काल उपलब्ध गराउनु पर्ने माग गर्नुभएको छ । उहाँले आवश्यक सामाग्री उपलब्ध गराउन ढिला नगर्न सरकारसँग माग गर्नुभएको हो ।

शनिवार भिडियो सन्देश दिँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँ जित्न घरमै बस्न आम नेपाली जनसमुदायमा आग्रह गर्नुभएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरानो भाइरसे विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन ध्यानाकर्षण गराउनु छ ।

अध्यक्ष प्रचण्डले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्न वर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन पनि सरकारसँग माग गर्नुभएको छ ।

दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ, उहाँले भन्नुभएको छ । संकटको यो घडीमा गरिब र असहायहरुको सहयोगमा मुठी फुकाउन निजी क्षेत्रका व्यवसायीसँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले कोरोना विरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पालना गरेर घरमा बस्न अपिल गर्नुभएको छ ।

https://www.facebook.com/prachanda.nepal/videos/3146437515582101/

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button