इटहरी उपमहानगर कार्यालय ठप्प - Chautari Post Online
Wednesday, June 26News That Matters

इटहरी उपमहानगर कार्यालय ठप्प

इटहरी । इटहरी उपमहानगरपालकिाका प्रमुख द्वारिकालाल चौधरीले कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा कर्मचारीले आज उपमहानगरपालिकाको काम काज ठप्प पारेका छन् ।

इटहरी उपमहानगरपालिकाका सबै कर्मचारीहरु कार्यालय नै नखोली नगरपालिका परिसरमा आन्दोलन गरिरहेका स्थानीयले बताएका छन्। कार्यालय परिसर बाहिर कर्मचारीको बाक्लो भिड लागेपछि सुरक्षाका लागि शसस्त्र प्रहरी पनि खटिएको छ ।

नगरपालिकाका कुनै पनि कार्यालय नखुले पछि आज सेवाग्राहीहरुको पनि भीड लागेको छ तर रित्तोहात बस्न बाध्य छन्।

उपमहानगरका प्रमुख चौधरीले इटहरी १९ का वडासचिव मनोज दाहाल र उपमहानगर पालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरेका थिए । सो घटनापछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

घटनाको विषयमा बुझ्न नगरप्रमुखलाई भेट्न पुगेका पत्रकारहरुलाई समेत उनले दुव्र्यवहार गरेको बताइन्छ । पत्रकार कृष्ण वहाव भट्टराईलाई आफ्नो छोराभन्दा कान्छो भएको भनी होच्चाउँदैं मुख लोप्राएका थिए ।sajhamanch

प्रतिकृया दिनुहोस्