नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’ - Chautari Post Online
Wednesday, June 26News That Matters

नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’

सन्दर्भ : इच्छुक स्मृति र बलिदान दिवस


– अशोक सुवेदी

नेकपा माओवादीको नेतृत्व र आह्वानमा २०५२ सालबाट आरम्भ भएको जनयुद्ध आफैंमा समग्र युद्ध थियो । उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्रको समग्र मुक्तिका लागि आरम्भ भएको यो युद्ध १० वर्षसम्म सशस्त्र युद्धका रूपमा जारी रह्यो भने त्यसपछिको अवधिमा पनि भिन्न ढङ्गबाट यो युद्ध जारी छ । जनयुद्धले नेपालमा सामन्ती राजतन्त्रबाट सयौं वर्षदेखि शोषित–उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनसमुदाय आफ्नो वर्गको मुक्तिका लागि सचेततापूर्वक अग्रपङ्क्तिमा लामबद्ध हुन सिकायो । १५ हजार क्रान्तिकारी नेता, देशभक्त जनता र आमजनसमुदायले आफ्नो वर्गको मुक्तिका लागि रगत बगायो । व्यक्तिगत स्वार्थ त्यागेर वर्गको मुक्तिका लागि हाँसीहाँसी रगत बगाउन तयार नेपाली जनताले जनयुद्धका क्रममा देखाएको त्याग, शौर्य र बलिदानले संसारकै वर्गसङ्घर्षको इतिहासमा अद्वितीय स्थान हासिल गरेको छ । पुरूषप्रधान सामन्ती समाज र राज्यसत्ताका अन्यायअत्याचारका हजारौं माखेसाङ्लाहरू छिनाएर नेपाली महिलाले शासकको हातको बन्दुक खोस्न युद्धमा लामबद्ध भएको, भीषण मोर्चाहरूको नेतृत्व गरेको र विजय प्राप्त गरेको गौरवशाली इतिहास जनयुद्धले कायम गरेको छ ।

राज्यसत्ता, कानुन, धर्मशास्त्र र समग्र हिन्दु अतिवादी सत्ताबाट उत्पीडित दलित समुदाय, ब्राह्मणवादी सामन्ती अभिजात्यवादबाट उत्पीडित तराई मधेसका उत्पीडित जनसमुदायदेखि राज्यको दृष्टिबाट सधैं टाढा रहेका कर्णालीलगायतका दूरदराजका शोषितउत्पीडित वर्गले व्यक्तिगत स्वार्थ त्यागेर वर्गयुद्धमा हामफालेको सुन्दर इतिहास बनाएको छ जनयुद्धले । जनयुद्धका क्रममा के कर्णाली, के हिमाल, के मधेस, के महिला, के दलित, के पहाड र उपत्यका, के किसान–मजदुर र विद्यार्थी–बुद्धिजीवी सबैसबै युद्धको मोर्चामा ऊभन्दा ऊ अघि लागेर शोषणमूलक राज्यसत्तालाई आछुआछु पारेको छ । जनयुद्धमा अथाह उत्साह, त्याग, शौर्य र बलिदानका, अनन्त पीडा, दुःख र यातनाका, अद्वितीय कलात्मक युद्धका कीर्तिमानहरू कायम भएका छन् । घरभित्र चुलोचौको र पुरूषको स्वार्थमा कैद महिलाहरूले जनमुक्ति सेनामा देखाएको कौशल होस् वा तराईदेखि कर्णालीसम्मका विपन्नवर्गका किसान, मजदुर र सर्वसाधारणले शोषकसामन्तमाथि कारबाहीमा उत्साहपूर्ण रूपमा भाग लिएर मोर्चामा सहभागिता जनाएका प्रसङ्ग हुन्, यी सबै नेपालको राजनीतिक इतिहासलाई बदल्ने परिघटनाहरू हुन् । यी परिघटनाहरूका कारण नेपालको राजनीतिमा मात्र होइन, साहित्य, कला र संस्कृतिमा पनि नयाँनयाँ यथार्थहरूको उद्घाटन भएको छ । सामन्तवादी र शोषणमूलक यथार्थ उल्ट्याएर त्याग, शौर्य र बलिदानका नवीन यथार्थहरू कायम भएका छन् । मानिसको जीवन र चेतना नै कायापलट भएका अद्वितीय उदाहरण स्थापना भएका छन् । सामूहिक चेतना र वर्गीय मुक्तिका लागि भएका अद्भुत घटनाहरूले वर्गसङ्घर्ष र साम्यवादी समाज मात्र उत्पीडितवर्गको विकल्प हो भन्ने प्रस्ट उदाहरणहरू देखिएका छन् ।

वर्गयुद्धका उदात्त भावना, नवीन विचार र घटनापरिघटना समेटिएका समाजवादी यथार्थवादको उद्घाटन र स्थापना गर्ने किसिमका साहित्यका विविध विधाहरूको रचना भएको छ । जनयुद्धमा एउटै व्यक्ति कहीं योद्धा, कहीं सङ्गठक र कहीं संस्कृतिकर्मी÷स्रष्टा बनेर कलम, मादल र बन्दुकको समायोजन भएको अवस्था उत्पन्न भएको छ । यस्ता कयौं नयाँ अवस्थाहरूलाई समालोचक तथा सौन्दर्यचिन्तकहरूले नयाँ यथार्थका रूपमा परिभाषा गरेका छन् । नेपालको प्रगतिवादी साहित्य, कला र सांस्कृतिक आन्दोलनमा कृष्ण सेन ‘इच्छुक’ जनयुद्धले उद्घाटन गरेको यही नयाँ यथार्थका वाहक थिए ।

हरेक महान् मानिसको जीवन अभाव, पीडा, शोक, खुसी अथवा आरोह र अवरोहपूर्ण बाटो हु“दै अघि बढेको पाइन्छ । मानिस विचार, व्यवहार, श्रम र सीपका कारण सबै र प्रायः आफ्नो वर्गको प्रिय हुन्छ । अधिकांश शोषित–उत्पीडित जनता र सर्वहारावर्गको मुक्तिका लागि सुन्दर जीवन अर्पण गर्नेहरू नै समाजमा महान् भएका छन् । व्यक्तिगत स्वार्थ र लाभलाई तिरस्कार गरेर वर्ग र समूहका लागि, न्यायका लागि, समानता र स्वतन्त्रताका लागि जीवन अर्पण गर्नेहरू नै महान् बनेका छन् । आफ्ना लागि, आफ्नो परिवार र सीमित स्वार्थका लागि बोल्ने र काम गर्नेहरू धेरै हुन्छन् । केवल आफ्ना लागि त हरेक जीव र जन्तुले पनि यत्न गर्छ । सीमित र व्यक्तिगत स्वार्थका लागि जसले पनि सङ्घर्ष गर्छ । तर शोषणमूलक सत्ताको अत्याचार र दोहनको अन्त्य गरेर संसारका करोडौं श्रमजीवी जनताको समानतामूलक समाज निर्माण गर्न त्याग, शौर्य र इमानदारीका साथ बलिदान गर्नेहरू नै समाजका महान् मानिस हुन् । महान् हुन स्वार्थ र लालसाका सिमानाहरू काट्नुपर्छ, लोभ र पापका साङ्लाहरू चु“डाल्नुपर्छ । वैयक्तिक सुख र सुविधाका सपनाहरू मार्नुपर्छ । सामान्यबाट र बहुसङ्ख्यक श्रमजीवी र आमव्यक्तित्व निर्माणका लागि चरित्र, स्वभाव र व्यवहार पनि आफ्नो वर्गले स्वीकार्ने बन्नुपर्छ । आफ्नो वर्गका लागि विचार दिन, योजना निर्माण गर्न, गाँठाहरू फुकाउन र त्याग तथा बलिदान गर्न पनि तम्तयार र सक्षम हुनुपर्छ । संसारका कयौं मानिसहरू विचारका कारण महान् बनेका छन् भने कतिपय मानिस कर्मका कारण । शब्द र कर्मलाई एकाकार बनाउनसक्ने मानिस मात्र महान्ताको मार्गमा अघि बढ्नसक्छ, नायकत्व ग्रहण गर्नसक्छ । सुन्दर व्यक्तिगत जीवनको पर्बाह नगरी आफ्नो वर्गका लागि हाँसीहाँसी बलिदान गर्ने हजारांै सहिदको सूचीमा अग्रपङ्क्तिमा आउने नाम हो– आस्था र निष्ठाका सतिसाल कृष्ण सेन ‘इच्छुक’ । इच्छुक नेपालको जनवादी सांस्कृतिक, वैचारिक र साहित्यिक आन्दोलनका आदर्श नायक हुन् ।

अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक नेपाल र यहाँका शोषित–उत्पीडित जनताको मुक्तिका लागि विगतका सङ्घर्षहरूमा क्रमभङ्ग गर्दै २०५२ साल फागुन १ गतेबाट एकीकृत नेकपा माओवादीको आह्वान र नेतृत्वमा १० वर्षसम्म सञ्चालित महान् जनयुद्वका क्रममा साहस र वीरतापूर्ण बलिदान गर्ने दसौं हजार नेपाली वीरवीराङ्गनाका अग्रपङ्क्तिमा नाम लेखाउने महान् सहिद हुन् कृष्ण सेन ‘इच्छुक’ । निरङ्कुशतालाई जोगाउन, अन्यायअत्याचारको साम्राज्य कायम राख्न निर्माण गरिएका हिटलरी ग्याँस च्याम्बरहरू र तिनका संरक्षक÷सञ्चालकहरूलाई ललकार्दै विशाल जनताका प्रिय कमरेड बनेका, सादा जीवन उच्च विचार, बलिदानी भाव, चट्टानी दृढता बोकेर देश र जनताको मुक्तिका भाका सुसेल्दासुसेल्दै यातनागृहहरूमा कैद गरिए पनि असत्यलाई सत्य र कालोलाई सेतो स्वीकार गर्न नमानेको अभियोगमा आततायी राज्यसत्ताबाट कायरतापूर्वक हत्या गरिएका जनताका असल र महान् सारथी हुन् कृष्ण सेन ‘इच्छुक’ । उनी श्रमजीवी जनता र मुक्तियोद्धाहरूका पनि आदर्श नायक हुन् । महान् जनयुद्धले स्थापना गरेको नयाँ यथार्थको अगुवा छन् ।

कति मानिस सक्छन् सधैं क्रान्तिकारी विचारमा टिकिरहन ? कसले सक्छ जोगाइराख्न मालेमावादको महान् आस्था ? को सक्छ देश र जनताको मुक्ति नभएसम्म आमजनताकै पङ्क्तिमा क्रान्तिकारी विचार बचाएर निष्ठामै रहिरहन ? को सक्छ सत्ताले दिएका यातना वा दर्दनाक पीडा र चोटहरूलाई निरन्तर सहन र प्रलोभनका ललीपपहरूलाई निरन्तर घृणा र तिरस्कार गरिरहन ? तर आस्था र निष्ठाका सतिसाल कृष्ण सेन ‘इच्छुक’ समाजको आमूल परिवर्तनका लागि व्यक्तिगत स्वार्थ र सुखसुविधाहरू त्यागेर आततायी सत्ताहरूलाई ललकार्दै तिनका विरूद्ध निरन्तर जुधिरहे । चाहे जेलका काला कोठरी होऊन् वा फलामका नेल र हतकडी ? चाहे राज्यआतङ्कका डरलाग्दा पलहरू होऊन् वा पार्टीराजनीतिको आन्तरिक जीवनका अन्तरसङ्घर्षका क्षणहरू, कृष्ण सेन ‘इच्छुक’ का लागि ती सबै सहज र सामान्य बने। उनले जनयुद्धले निर्माण गरेको जवीन र मृत्युको नयाँ परिभाषामा अर्को उचाइ थपे । समाजका लागि, आफ्नो वर्गका लागि र विश्वसर्वहारावर्गको मुक्तिका लागि इच्छुकले आफ्नो जीवन बलिदान गरेर नयाँ परिभाषा र परिचय कायम गरे ।

अधिकांश ग्रामीण र विपन्नवर्गीय नेपालीहरू रोजगारीका लागि भांैतारि“दै पहाडबाट तराई, सहर र खुला सीमा रहेको मुलुक भारतका विभिन्न सहरमा जाने गरेका छन् । यो क्रम लामो समयदेखि जारी छ । पश्चिम नेपालको प्युठानको साराङकोटबाट कृष्ण सेन ‘इच्छुक’ का बुबा यमबहादुर सेन पनि कामको खोजीमा भारतको देहरादुन पुगे र भारतीय सेनामा जागिरे बने । कयौं नेपालीहरू त्यहाँ आफ्नो अस्तित्व नै मेटिने गरी दुःख र कष्टसाथ श्रममा सामेल भएका हुन्छन्, भइरहेका छन् । त्यो उनीहरूको विवशता र बाध्यता पनि हो । उद्योगव्यवसायको कमी, खेतीकिसानीमा घट्दै गएको उत्पादनअवस्था, राज्यसत्तामा जनविरोधी शक्तिहरूको नियन्त्रण र कब्जाका कारण नेपाली श्रमिकहरू गाउँ छोड्न बाध्य बनेका छन् । कतिपय श्रमिकहरू आफ्नो जन्मभूमिलाई छोडेरै पलायन हुने गरेका छन् भने कतिपय श्रमिक ऋणधन गरेर बाहिर जाने र कमाएर फर्कने लालसा बोकेर मुग्लानिन्छन् । इच्छुकका बुबा पनि आफ्नो पुख्र्यौली थलोबाट लाहुरेका रूपमा भारत पुगे ।

भारतकै देहरादूनमा २०१३ साल कात्तिक १३ यमकुमारी सेनको कोखबाट कृष्ण सेनको जन्म हुन्छ । उनी श्रमिक नेपालीहरूकै बीचमा हुर्कन, हिँड्न र बोल्न सिक्छन् । बाबुको जागिर गोरखपुर सरूवा भएपछि त्यहींको सरकारी विद्यालयमा भर्ना भएर पढ्न थाल्छन् उनी ।

भारतका सहर र गल्लीहरूमा अत्यन्त निम्न कोटीको श्रममा लाउनखान मुस्किल हुने तलब वा ज्याला लिएर काम गरिरहेका नेपालीहरूमाथि भारतीय साहूमहाजन र कम्पनीहरूबाट हुने गरेको अन्यायअत्याचार बालक कृष्ण सेनले आफ्नै आँखाले देखे, सुने र भोगे पनि । नेपालीहरूको दयनीय जीवन देखेर उनको बालकमन चिन्तित भयो । नेपालीहरूमाथि भएको शोषण र दोहनप्रति उनको बालपन आक्रोशित पनि बन्दै गयो । एउटा बालकमा देशबासीहरूको कष्टपूर्ण जीवनले गहिरो छाप पा¥यो । उनलाई नेपालीहरूमाथि भएको चरम शोषण–दमन सहेर अर्काको देशमा अपमान सहेर बस्नु उचित लागिरहेको थिएन । त्यसैले उनी बाबुस“गै २०१९ सालमा स्वदेश फर्किएर यहींको विद्यालयमा भर्ना भए । २०१९ सालमा पुख्र्यौली थलो प्युठान फर्किएपछि उनकी ममतामयी आमाको निधन भयो । बाबु यमबहादुरले कृष्ण सेनको मातृवात्सल्य खोसिएकै वर्ष अर्काे बिहे गरे । एकातिर मातृवियोगको पीडा र अर्कोतिर सौतेनी आमाको निम्नकोटीको व्यवहार, यसले बालक कृष्ण सेनको चह¥याइरहेको आलो घाउमा नुनचुक बन्न पुग्यो । उनीमाथि अर्को बज्र प¥यो । कृष्ण सेनको जीवनमा एकैसाथ पीडा, वेदना र दुःखको आँधीबेहरी सुरू भयो । आफ्नी आमाले दिने स्नेह सौतेनी आमाले दिनसक्ने कुरै भएन, तिनकै कारण उल्टै कृष्ण सेनले विक्षिप्त बन्नुपर्ने अवस्था उत्पन्न भयो । त्यसपछि कृष्ण सेन दाङ देउखुरीको आदर्श माविमा भर्ना भए र आठ कक्षासम्मको पढाइ पूरा गरे ।

माध्यमिक शिक्षाका लागि कृष्ण सेन दाङको सरस्वती हाईस्कुलमा झरे । १९ वर्षको उमेरमा २०३२ सालमा कृष्ण सेनले दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । आर्थिक अभावकै कारण एसएलसीपछि दुई वर्षसम्म उनको क्याम्पस जीवन (उच्चशिक्षा) सुरू हुन सकेन । उनी दाङको कोइलाबासस्थित साल्ट ट्रेडिङ कार्यालयमा अस्थायी खरिदार पदमा जागिरे भए । भ्रष्टाचार र कमिसनमा डुबेको साल्ट ट्रेडिङमा उनको आदर्श र जीवनबीच मेल खान सकेन । उनले अनैतिकता अस्वीकार्य छ भन्दै जागिरबाट राजीनामा दिए ।

संवेदनशील किशोर इच्छुकमा सिर्जनाप्रतिको रूचि र भोक जाग्न थालिसकेको थियो । उनी अध्ययनका साथसाथै नेपाल र नेपालीलाई देशभित्रै र बाहिर पनि यति शोषित, दमित र अपमानित बनाउने कारक के हो र को हो भन्ने खोजीमा लागे । उनले प्रगतिशील र प्रगतिवादी राजनीति र साहित्यका पुस्तक तथा पत्रिकाहरू पढे । राजनीतिक पार्टीका नेताहरूलाई भेटे । तिनका कुरा सुने । उनलाई संसारकै श्रमजीवी मजदुर हरूको मुक्तिका लागि लड्ने सर्वहारावर्गीय विचार मन पर्न थाल्यो । उनी कम्युनिस्ट पार्टीका नेताहरूको नजिक पुगे । उनमा उच्चशिक्षा अध्ययन गर्ने भोक जागिरहेको थियो । त्यसैले उनी आईए तहको अध्ययनका लागि बनारसतिर लागे । त्यहाँ उनले कम्युनिस्ट आन्दोलनमा लागेर निर्वासित जीवन बिताइरहेका धेरै मानिसलाई भेटे । विशेषगरी निर्मल लामास“गको सङ्गतले उनलाई कम्युनिस्ट पार्टीप्रति आकर्षित गरायो । उनले त्यहीं अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेता तथा दार्शनिक माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ, क्यस्ट्रो, चे ग्वे भारालगायतको जीवनी र तिनका दर्शन तथा विचारको अध्ययन गरे । त्यसले कुष्ण सेनलाई प्रभावित पार्न थाल्यो । उनी चारु मजुमदार र चियाङ चिङको जीवनीबाट प्रभावित हुन थाले । जेनी माक्र्स र क्रुप्सकायाको प्रेरणाले उनलाई खिच्न थाल्यो ।

अन्तर्राष्ट्रिय सर्वहारावादी दर्शन, विचार, राजनीतिस“गै कृष्ण सेन गोर्की र लु सुनका पुस्तकका माध्यमबाट प्रगतिवादी साहित्यतिर पनि डोहोरिए । आफ्नै देशका कृष्णलाल अधिकारी, गोपालप्रसाद रिमाल, भूपी शेरचन र युद्धप्रसाद मिश्रका रचनाहरूले पनि कृष्ण सेनलाई प्रभावित बनाउन थाल्यो । नेपालमा रहूदा उनी तत्कालीन नेकपा मसालको सम्पर्कमा थिए । दाङमा छूदै उनले आफ्ना भावनाहरूलाई सिर्जनामा रूपान्तरण गर्ने अभ्यास थालिसकेका थिए । उनले दाङमा छूदै कविता लेख्न पनि सुरू गरिसकेका थिए । उनी निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध सङ्घर्षरत विद्यार्थी सङ्गठनमा आबद्ध भए । देशभरका क्रन्तिकारी विद्यार्थी नेता र कार्यकर्तास“गको सम्पर्कले उनलाई देशभरका किसान, मजदुर र विभिन्न क्षेत्रका जाति–जनजातिको राजनीतिक, आर्थिक, सांस्कृतिक र समग्र सामाजिक अवस्था बुझ्न सहयोग पु¥यायो ।
यता देशभित्र छ“दा पनि नेपालीको अवस्था कमजोर बनेको देख्नु, उता भारत पुगेका नेपालीको अवस्था पनि अत्यन्त दयनीय पाउनु, देशका विभिन्न भागमा सञ्चालित किसान, मजदुर, महिला र राजनीतिक पार्टीले गरेका आन्दोलन निर्ममतापूर्वक दबाइनु, आफ्नै परिवारको आर्थिक अवस्था पनि दिनप्रतिदिन कमजोर बन्दै जानुले किशोरबाट युवा अवस्थामा लागेका कृष्ण सेनको मन आहत र आक्रोशित बन्दै गयो।

कम्युनिस्ट आन्दोलन र राजनीतिप्रति झुकाव राख्दै, आन्दोलित बन्दै र अध्ययन तथा जीविकोपार्जनलाई पनि साथसाथै अघि बढाएका कृष्ण सेनको सबैभन्दा पहिलो प्रकाशित कविता २०३२ सालको मातृभूमि साप्ताहिकको ‘भोलिप्रति’ हो । त्यही कविताबाट उनी कृष्ण सेनबाट कृष्णबहादुर सेन ‘इच्छुक’ बने । उनले केही पछि कृष्ण सेन ‘इच्छुक’ मात्र लेख्न थाले । बनारसबाट उनी नेपाल फर्किए । त्यसपछि विभिन्न पत्रपत्रिकामा उनका फुटकर कविताहरू प्रकाशित हुन थाले । कृष्ण सेनले आफू दाङको लालमटिया र त्यसआसपासका स्कुलमा अध्यापन गर्दा त्यहाँको साहित्यिक वातावरणबाट प्रभावित भएर कविता लेख्न सुरू गरेको र आफूलाई साहित्यमा आकर्षित गर्ने प्रेरक व्यक्तित्वचाहिँदाङकै साहित्यकार तथा पत्रकार नारायण शर्मा रहेको बताएका छन् ।

कृष्ण सेनको सक्रिय राजनीतिक जीवन भने ०३६ सालको जनमतसङ्ग्रहबाट आरम्भ भएको पाइन्छ । २०३६– ०३७ सालमा तत्कालीन नेकपा एकीकृत चौथो महाधिवेशनमा आबद्ध कृष्ण सेन ‘इच्छुक’ जनमतसङ्ग्रहमा बहुदललाई षड्यन्त्रपूर्वक हराएर निर्दलीय पञ्चायती व्यवस्थालाई जिताइएको घोषणापछि पञ्चायतले घोषणा गरेको २०३८ सालको निर्दलीय चुनावको बहिस्कार गर्ने पार्टी निर्णयलाई सक्रियतासाथ कार्यान्वयन गर्न कार्यक्षेत्रमा खटे । रोल्पाको थबाङ र अर्घाको ढाकाबाङमा निर्दलीय चुनाव पूर्णरूपमा बहिस्कृत भयो । कयौं बुथहरूमा एक मत पनि परेन । निरङ्कुश पञ्चायती व्यवस्थाका शोषण र दमनहरूका विरूद्ध जुझारू प्रतिरोधमा उत्रिएको थबाङ र थबाङबासीको चट्टानी दृढताले संवेदनशील कविहृदय र देश एवं जनताप्रति जिम्मेवारीबोध भएका कृष्ण सेन ‘इच्छुक’ले २०३८ सालमै ‘त्यो प्यारो–प्यारो गाउँको नाम थबाङ हो’ शीर्षकमा अत्यन्त प्रभावशाली र मार्मिक कविता लेखे । त्यो कविता ऋषिराज बरालद्वारा सम्पादित ‘त्रिकोण’ साहित्यिक त्रैमासिकको तेस्रो अङ्कमा २०३८ सालमै प्रकाशित भयो । साहित्यकार कृष्ण सेनलाई कृष्ण सेन ‘इच्छुक’ बनाउने र कविका रूपमा स्थापित गर्ने काम यसै कविताले ग¥यो । त्यो ‘त्यो प्यारो–प्यारो गाउँको नाम थबाङ हो’ शीर्षक कविताको एउटा अंश यस्तो थियो ः
ती प्यारा–प्यारा हिमाली मान्छे
त्यो प्यारो–प्यारो नेपाली बस्तीको नाम थबाङ हो
थबाङ, जो आज पनि
उत्तरतिर टल्किने निर्मल स्फटिक हिमालजस्तै
मीठो मुस्कान मुस्कुराइरहेछ ।
थबाङ, जो आज पनि
त्यही हिमालपल्तिर
ऐतिहासिक चिङ काङ सानजस्तै
गैरवको हाँसो हाँसिरहेछ ।
(त्रिकोण साहित्यिक त्रैमासिक, २०३८)
निर्दलीय पञ्चायती व्यवस्थाको चुनाव बहिस्कारकै विषयलाई लिएर तत्कालीन सरकारले विद्यार्थीनेता एवं कवि कृष्ण सेन ‘इच्छुक’ लाई कायरतापूर्वक गिरफ्तार ग¥यो र दाङ कारागारमा बन्दी बनायो । उनलाई २०३९ साल वैशाख ११ गतेबाट २०४४ साल असार ३० गतेसम्म जेलमा बन्दी बनाइयो । उनी जेलमा हु“दै उनका विद्यार्थी राजनीतिक आन्दोलनका प्रिय मित्र मित्रमणि आचार्याको चितवन रामपुर क्याम्पसमा २०४२ साल वैशाख १८ गते नेविसङ्घका गुन्डाहरूबाट निर्ममतापूर्वक हत्या गरियो । मित्रवियोगको पीडाले चिन्तित कृष्ण सेन ‘इच्छुक’ ले जेलभित्रै सहिद साथीको स्मरणमा ‘शोकाञ्जली’ काव्य रचना गरे । विविध कारणले उक्त काव्यको प्रकाशन भने २०४८ सालमा आएर मात्र सम्भव भयो । ‘शोकाञ्जली’ मा आफ्नो प्रिय मित्रको हत्याले उव्जाएको शोक, व्याकुलता र त्यो शोकलाई शक्तिमा रूपान्तरण गर्ने प्रगतिवादी दृष्टिकोणका भरपर्दा उदाहरणका रूपमा निम्न पङ्क्तिहरूलाई लिनु उचित हुनेछ ः
शोक
के सोधौं ! शीत रोइरहेको छ
उजेलोमा हेर्छु दिन रोइरहेको छ
फूल रोइरहेको छ, कली रोइरहेको छ
कोसित मैले के सोधौं र खोइ ? यसघडी
जता हेर्छु सारा प्रकृति रोइरहेको छ ।
(पृ. १)
अर्को उदाहरण :
मेरो कविताका प्रिय पाठक तिमी
अब ती कविताहरू पढिदिने तिमी नै हुनेछैनौ
मेरो गीतका प्रथम गायक तिमी
अब ती गीतहरू गाइदिने तिमी नै हुनेछैनौ
मेरो जीवनको अमीट प्रेरणा तिमी
अब मभित्र उत्साहहरू भरिदिने तिमी नै हुनेछैनौ ।
(पृ. ११)
इच्छुक मित्रवियोगको पीडाले आहत मात्र हु“दैनन् । उनीभित्र कष्टसाध्य पलहरूपछि सुन्दर बिहान र सुखी संसार प्राप्त हुन्छ भन्ने क्रान्तिकारी आशावाद पनि प्रस्ट पाइन्छ । वर्गयुद्धको लामो र कष्टपूर्ण यात्रामा सयौं–हजारांै योद्धाहरूले जीवन गुमाउनुपर्ने यथार्थ कवि इच्छुकलाई बोध भएको छ । उनी लेख्छन् ः
आँसुले पग्लेर तप्केको बलेनीजस्तै
क्षणभर प्रबल संवेदनाले चरक्क छाती चक्र्यो
र म रोए“
हरपल भावुकताले मलाई थिचिरहनेछैन
यो रक्तिम युद्ध हो वर्गसङ्घर्षको
हाम्रो विकट जिन्दगीका हरसङ्कटपूर्ण घडीमा
यो कठोर वास्तविक्तालाई भुल्नेछैन
(पृ.१८)
वर्गयुद्धमा वर्गमित्र र योद्धाको बलिदानी एकातिर शोक, पीडा र करूणाको विषय बन्छ भने अर्कातिर त्यही विषय उदात्त भाव र शक्तिमा रूपान्तरित हुन्छ । कवि इच्छुकको ‘शोकाञ्जली’ काव्यका यी दुई प्रसङ्गले क्रान्तिकारीहरू कसरी शोकलाई शक्तिमा र प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरित गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्छन् ।
स्पातजस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर
अब म गरमजोशीका साथ
पmेरि तिम्रो अभिवादन गर्न सक्नेछैन ।
भेट हु“दाको प्रिय घडीमा
गहिरो आत्मीयताले डोरिएर
पहिलेजस्तै फेरि तिमीलाई
अब म बलियो अँगालोमा कस्न सक्नेछैन
(पृ. ९ं
क्रान्तिनायकको बलिदानीको पीडा र त्यो पीडाले जन्माएको आहतपनलाई इच्छुकले फेरि समालिएर शक्ति र बदलाभावमा, क्राान्तिको ऊर्जामा यसरी रूपान्तरण गरेका छन् ः
ए ! मेरो प्रिय सखा !!
तिम्रो सुन्दर सपनाको रमणीय बगैंचामा
सुखद विपनाका फूलहरू नफुलेसम्म
तिम्रो सम्मानमा यही नै साँचो श्रद्धाञ्जली हुनेछ
यो रक्तिम युद्धको निर्मम सङ्घर्षमा लड्दालड्दै
निराशाको मझेरीबाट
आँसुका शोकाञ्जली नचढाऊन् कोही
(पृ. ३४)
क्रान्तिको मोर्चामा दृढतापूर्वक लड्दालड्दै बलिदान हुने योद्धालाई आँसुले होइन, रगतले श्रद्धाञ्जली चढाउनुपर्छ र उसका सपना साकार पार्न उसले रोजेको बाटोमा निरन्तर लागिरहनुपर्छ भन्ने भाव यस काव्यले पस्किएको छ ।

२०४४ साल असार ३० गते जेलमुक्त भएपछि कृष्ण सेन ‘इच्छुक’ फेरि राजनीतिको बाहिरी मोर्चामा लामबद्ध भए र उनलाई अनेरास्ववियु छैटांैको संयोजकको भूमिका दिइयो । त्यतिबेलासम्म नेकपा एकीकृत चौम तीन चिरामा विभक्त भइसकेको थियो । चौम र मसालले मध्यपन्थी एवं ट्राटस्कीपन्थी विचारको नेतृत्व गर्थे भने नेकपा (मशाल) ले क्रान्तिकारी विचारको । कृष्ण सेन पनि क्रान्तिकारी विचारकै पक्षमा थिए । उनकै नेतृत्वमा अनेरास्यवियु छैटौंको सम्मेलन सम्पन्न भयो । दृढ विचार र अविचल निष्ठाका धनी कृष्ण सेनको नेतृत्वमा विद्यार्थीआन्दोलन जुरूक्कै उठ्यो । २०४६ सालको पञ्चायती व्यवस्था र राजतन्त्रविरोधी आन्दोलनमा कृष्ण सेन ‘इच्छुक’ ले राजनीतिक, सांस्कृतिक तथा साहित्यिक तीनवटै क्षेत्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरे ।

जनआन्दोलन सम्झौतामा टुङ्ग्याइयो । पञ्चायती व्यवस्थाको अन्त्य भए पनि सामन्ती राजतन्त्रको अझै अन्त्य हुन सकेन । क्रान्तिकारी कम्युनिस्टहरूले २०४६ सालको संविधानलाई कालो संविधानको संज्ञा दिूदै जलाए । क्रान्तिकारी आन्दोलन अर्कै तयारीका लागि देशभर सङ्गठन विस्तार र चेतनाप्रवाहमा लाग्यो । कृष्ण सेन ‘इच्छुक’ पश्चिमका मोर्चाहरूमा खटिए । वरिष्ठ क्रान्तिकारी नेता एवं माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरणको’ सामीप्य र सहकार्यले कृष्ण सेन ‘इच्छुक’ राप्तीका पहाडदेखि उपत्यका र फेदीसम्म जनप्रिय राजनेताका रूपमा स्थापित बने । उनको लालित्यपूर्ण भाषणकलाले मानिसलाई क्रान्तिकारी आन्दोलनप्रति एकैसाथ हामफाल्न सक्ने विचार र उचाइ दियो ।

बहुदलीय–संसदीय व्यवस्था श्रमजीवी सर्वहारावर्गका लागि उपयुक्त छैन र यसको विल्प जनयुद्ध नै हो भन्ने कुरा आमजनतालाई बुझाउन निकै कठिन थियो किनकि ३० वर्षसम्मको निरङ्कुश पञ्चायती व्यवस्थाको कहर काटेका जनता २०४६ सालको जनआन्दोलनपछिको आंशिक खुलापनलाई नै के–के न हातलागेको ठानरिहेका थिए । संसद्वादीहरूले संसाभर असफल र बदनाम बन्दै गएको बहुदलीय व्यवस्थालाई ‘रामराज्यु का रूपमा व्याख्या गरेकाले पनि जनतामा भ्रम बाँकी नै थियो । यसैबीच, छरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीच ध्रुवीकरणको प्रक्रिया सुरू भयो । प्रचण्ड र मोहन वैद्य ‘किरण’ हरूले नेतृत्व गरेको नेकपा (मशाल), निर्मल लामाले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशन, मोहनविक्रम सिंहको नेकपा (मसाल) बाट विद्रोह गरी हरिबोल गजुरेल ‘शीतलकुमार’ को नेतृत्वमा बाबुराम भट्टराईहरूसहित रहेको नेकपा (मसाल) र रूपलाल विश्वकर्मालगायतले नेतृत्व गरेको सर्वाहारावादी श्रमिक सङ्गठनबीच पार्टी एकता भएर नेकपा एकताकेन्द्र बन्यो । कृष्ण सेन ‘इच्छुक’ पार्टी एकता महाधिवेशनमा राप्ती क्षेत्रको प्रतिनिधि भएर सहभागी भए । कृष्ण सेन ‘इच्छुक’ लाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीका लागि आह्वान गरियो तर उनले सांस्कृतिक र साहित्यिक मोर्चामा बढी सक्रिय भएर आन्दोलनको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे । खुला संयुक्त मोर्चाका रूपमा संयुक्त जनमोर्चा नेपालको गठन भयो । इच्छुकलाई संजमो नेपालको केन्द्रीय सदस्यको जिम्मा दिइयो ।

निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य, सामन्ती राजतन्त्रको अन्त्य, जनवादी गणतन्त्रको स्थापना गर्दै समाजवाद र साम्यवादको सपना देखेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लामबद्ध भएका राजनेता, प्रगतिवादी स्रष्टा, संस्कृतिकर्मी कृष्ण सेन ‘इच्छुक’ लाई राजतन्त्रको अन्त्य नहु“दै आन्दोलन सम्झौतामा टुङ्ग्याइएकोमा चित्त बुझिरहेको थिएन । निरङ्कुश व्यवस्थाका विरूद्ध र समानतामूलक समाजको निर्माणका लागि जारी कम्युनिस्ट आन्दोलन बहुदलीय व्यवस्थाको रमझम र दलदलमा फस्ने हो कि भन्ने चिन्ताले इच्छुकलाई धेरै नै सताइरह्यो । उनले २०४६ सालमा लेखेको ‘इतिहासको यस घडीमा’ शीर्षक कविताले उक्त कुराको आभास दिन्छ ः
ए, मेरो युगको तरूण नायक !
यसबेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधीबेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यो सङ्क्रमणकालीन घडीमा
भोको पेटका यी उर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाना पस्किरहेछ भद्रपुर
तिमी भने झुक्किनु हुन्न ।
(इतिहासको यस घडीमा, पृ. ५३)

यस कवितामा इच्छुकले नक्सलबाडी विद्रोहबाट प्रभावित भएर क्रान्तिकारी आन्दोलनतिर लहसिएकाहरू पनि बहुदलीय रमझममा फसेको कुराको तीखो यथार्थ व्यक्त गरेका छन् । बहुदलले खाना होइन, भोको पेट मात्र दिएको तीतो यथार्थ पस्किूदै कवि इच्छुकले उर्जस्वी, मुक्तिकामी चेतनाहरूलाई रोक्न नसकिने र त्यो नयाँ चेतनाले आमूल परिवर्तनका लागि सञ्चालित वर्गयुद्धका क्रममा बीचमा आइपर्ने जस्तासुकै षड्यन्त्रहरूलाई चिरेर अघि बढ्नुपर्ने तथ्य अघिसारेका छन् । मुक्तिका लागि निरन्तर क्रान्तिमा समर्पित सांस्कृतिक योद्धा इच्छुकको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय जनसाँंस्कृतिक सङ्घ, एकता संयोजन समिति (पछि अखिल नेपाल जनसांस्कृतिक सङ्घ) को पुनर्गठन गरियो । समितिमा ऋषिराज बराल, मणि थापा, हितमान शाक्य, रायनलगायतका १६/१७ जना संस्कृतिकर्मी लामबद्ध भए । यति बेलासम्म चारवटा पार्टी मिलेर नेकपा एकताकेन्द्रको निर्माण भइरहेको थियो ।

संजमो नेपालको नामबाट २०४८ सालको संसदीय निर्वाचन उपयोग गर्ने, संसदीय व्यवस्थालाई भित्रै पसेर नाङ्गेझार पार्ने र विस्फोट गर्ने निर्णयस“गै नेकपा एकताकेन्द्रको नेतृत्वमा संजमोले चुनावमा भाग लियो । जनमोर्चाका तर्फबाट देशका विभिन्न भागबाट ९ जना सांसद चुनिए । रोल्पा, रूकुममा पञ्च–काङ्ग्रेसहरूको भ्रम चिर्दै संजमोले जनताको मन जितेपछि नेपाली काङ्ग्रेसको सरकारले कम्युनिस्ट दमन गर्ने अभियान नै चलायो । सरकारी दमनका विरूद्ध प्रतिरोध भयो । युवाहरू क्रान्तिकारी विचार र सङ्गठनमा गोलबन्द भए । यद्यपि निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध लडेर थबाङले शक्तिशाली प्रतिरोधी मोर्चाको स्थान सुरक्षित बनाइसकेको थियो ।

यसैक्रममा २०४८ सालमा कृष्ण सेन ‘इच्छुक’ स्टाफ नर्स अध्ययन गर्दै गरेकी दाङकै तक्मा केसीका बीच जनवादी शैलीमा प्रेमविवाह सम्पन्न भयो । तक्मा केसीका दाजु चुनचुन केसी र इच्छुक पहिलेदेखिकै साथी थिए । दुवै विद्यार्थी राजनीतिमा सक्रिय थिए । दाजुस“ग ओहोरदोहोर गर्ने इच्छुकको आनीबानी र बोलीचालीबाट प्रभावित तक्मालाई २०४५ सालमा नै विवाहका लागि प्रस्ताव गरिएको थियो । तक्माका बुबाआमाको अस्वीकृतिका कारण तीन वर्षसक्म इच्छुक र तक्माका बीच विवाह हुन सकेन, कहिलेकहीं भेटघाट मात्र भयो । अन्ततः २०४८ सालमा पारिवारिक असहमति र अस्वीकृतिहरूलाई विश्वासमा रूपान्तरण गर्दै इच्छुक र तक्माबीच दाङमा वैवाहिक सम्बन्ध गाँसियो ।

नर्सिङ विषय लिएर नेपालगन्जमा अध्ययनरत तक्मा र काठमाडौंमा राजनीतिक, साहित्यिक, सांस्कृतिक क्रियाकलापमा संलग्न इच्छुकका बीच भौतिक सामीप्य कमै भए पनि दुवैले एकापसको सम्बन्धलाई भावनात्मक सम्बन्धमा विकास गरे । २०४८ सालमा विवाह हुनासाथ पार्टीले केन्द्रीय समितिको जिम्मेवारी लिन गरेको प्रस्ताव इच्छुकले जीवनसूगिनी तक्मालाई सुनाएका थिए । राजनीति, संस्कृति र साहित्यका क्षेत्रमा क्रियाशील इच्छुक पूर्ण रूपमा पार्टीको नेतृत्व समालेर हिँड्ने कुरामा तक्मा र इच्छुकका बीच एउटै निर्णय र सहमति हुन नसकेपछि इच्छुकले साहित्य र संस्कृतिकै जिम्मा समालेर बस्ने दृढता व्यक्त गर्दै पार्टीको आह्वानलाई सम्मानपूर्वक फिर्ता गरिदिए । उनले आफू पदको लालसी नभएको पनि प्रमाणित गरिदिए ।

पार्टीले संसदीय व्यवस्था उपयोग गर्दै चुनावमा भाग लिए पनि देश र जनताका पक्षमा कुनै काम हुन नसकेपछि एकताकेन्द्रभित्र पनि राजनीतिक विचार, योजना र कार्यक्रमका विषयमा मतभेद उत्पन्न हुन थाल्यो । दीर्घकालीन सशस्त्र जनयुद्धका पक्षधर र सहरी सङ्घर्षका पक्षधरबीच ध्रुवीकरण बढ्दै गयो । पुनः पार्टी विभाजन भयो । क्रान्तिकारी धारको नेतृत्व प्रचण्ड, मोहन वैद्य किरण, सीपी गजुरेल गौरवलगायतका नेताले गरे भने पलायनवादी–संशोधनवादी धारको नेतृत्व निर्मल लामाहरूले गरे । नेकपा माओवादी र एकताकेन्द्रका रूपमा पुनः पार्टी विभाजन भयो । कृष्ण सेन ‘इच्छुक’ ले पार्टीको क्रान्तिकारी लाइनलाई नै साथ दिए । सशस्त्र जनयुद्धको लाइन पारित गरेपछि माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट देशमा जनयुद्ध सुरू भयो । संसदीय व्यवस्थाको असफलता, महाकाली सन्धिलगायतका राष्ट्रघाती सन्धि, सांसद् किनबेच, सुत्केरी भत्ता, पजेरो अपसंस्कृतिलगायतका विकृति र विसङ्गतिबाट वाक्कब्याक्क भएका जनता जनयुद्धमा लामबद्ध हु“दै गए । सामन्ती राजतन्त्रको अन्त्य, जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार तथा राष्ट्रियताको रक्षा जनयुद्धका आधारहरू बने । माओवादीका माग आमजनताबाट अनुमोदित भए । राज्यले माग सुन्ने र पूरा गर्ने त परै जाओस्, राज्यले जनयुद्ध सञ्चालक नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूमाथि निर्मम दमन गर्न थाल्यो । गोरखामा १३ वर्षीय छात्र दिलबहादुर रम्तेलको हत्या, रूकुममा खत्री बन्धुहरूको सामूहिक हत्या, सिन्धुलीमा देवकोटा र दाहाल बन्धुहरूको निर्मम हत्या, लली रोका र कमला बुढाहरूमाथिको निर्मम हत्या हूुदै नेपाली काङ्ग्रेस तथा कम्युनिस्ट नामधारी एमालेका सरकारहरूले आफ्नो वर्गचरित्र प्रस्ट देखाउन थाले । संसदीय राज्यसत्ताले मुक्तिको यात्रामा लामबद्ध किसान, मजदुर, महिला, विद्यार्थी र क्रमशः आमजनतामाथि किलो सेरा टु, कर्डन एन्ड सर्चलगायतका हत्याअभियान नै सञ्चालन ग¥यो । के हिमाल, के पहाड, के तराई, के दलित, के महिला, के बुद्धिजीवी, पत्रकार, के कर्णाली सबैसबै वर्ग र क्षेत्र निरङ्कुश राजतन्त्रामक संसदीय व्यवस्थाका विरूद्ध एकजुट हु“दै र समाजका शोषक–जालीफटाहाका विरूद्ध गोलबन्द हु“दै गए । राज्यको दमनअभियान चर्किंदै गयो ।

२०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रमको तयारी गर्न एउटा घरमा भेला भएका च्याङ्बा लामालगायतका सातजना जनकलाकारहरूमाथि एमाले नेताको सुराकीमा राज्यले नृशंस व्यवहार ग¥यो । उनीहरू बसेको घरमा आगो लगाएर कतिपयलाई जिउ“दै र ढोकाबाट घेरा तोड्न र बच्न बाहिर निस्किन लागेकाहरूलाई गोली हानेर हत्या ग¥यो । मानिसको लेख्ने, बोल्न, गाउन, नाच्न, सभा– सङ्गठन गर्न र आफूलाई मन नपरेका कुराहरूको विरोध गर्न पाउने हकमाथि राज्यले प्रतिबन्ध लगायो । २०५५ साल पुस २१ गते बेथान वीरता दिवसका अवसरमा माओवादी छापामार हरूले ललितपुरको भट्टेडाँडा प्रहरीचौकी कब्जा गरे । चौकी जल्दै गरेको तस्बिर र समाचारलाई कृष्ण सेन ‘इच्छुक’ ले आफू सम्पादक भएको पत्रिका जनादेशमा भट्टेडाँडा ‘प्रहरीचौकीमाथि साहसिक आक्रमण’ शीर्षकमा प्रकाशित गरे । त्यसैको बहाना बनाएर जनपक्षीय पत्रकार सङ्घका संयोजक, जनादेशका पूर्वसम्पादक एवं तत्कालीन सल्लाहकार वरिष्ठ पत्रकार शक्ति लम्साल, नौलो बिहानी मासिकका सम्पादक समेत रहेका जनादेशका सहयोगी एवं जनपक्षीय पत्रकार सङ्घका सचिव अशोक सुवेदी (यो लेखक), महिमा साप्ताहिकका रेवती सापकोटालगायतका जनपक्षीय पत्रकारलाई राजधानीको मुटु बागबजारस्थित जनादेश साप्ताहिकको कार्यालयबाट गिरफ्तार गरियो । कसैलाई जेल पठाइयो भने कसैलाई बेपत्ता पारियो । इच्छुकले भूमिगत रूपमै जनादेश सञ्चालन गरे ।

यसरी राज्यले क्रान्तिकारी पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकदेखि आमजनतामाथि लगाएको प्रतिबन्धका विरूद्ध इच्छुकले ‘प्रतिबन्ध’ कविता लेखे :
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडन सुरू गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ए, तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौं…..
अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक् र अविचल
अन्तिम युद्ध लडिरहन्छौ ।
(इतिहासको यस घडीमा, पृ. ७२)

अत्याचारी शासकका विरूद्ध तिनैले समातेको हतियार खोसेर उत्पीडित जनताले तिनकेै विरूद्ध प्रहार गरेको क्षण नेपालको राजनीतिक मात्र नभएर सांस्कृतिक इतिहासमा पनि अत्यन्त उच्च र उदात्त अनि बलिदानी र शौर्यचेतनाले भरिएको युग हो । कृष्ण सेन ‘इच्छुक’ ले जनयुद्धमा लामबद्ध योद्धा, महिला, किसान, ज्यामी, भरिया, तमाम शोषित, उत्पीडित जनताको शौर्यलाई आफ्ना सिर्जनामा अत्यन्त महइभ्व दिएर चर्चा गरेका छन् । ‘इतिहासको यस घडीमा’ शीर्षकको इच्छुकको कवितासङ्ग्रहका अधिकांश कविता इतिहास बदल्ने र नयाँ इतिहास लेख्ने वर्गयुद्धमा लामबद्ध जनताका तिनै विवेक, साहस, शौर्य र बलिदानप्रति समर्पित छन् । जनताको बलिदानीले नै अन्याय र अत्याचारका पर्खालहरू भत्किन्छन् भन्नेमा दृढ र विश्वस्त इच्छुकको ‘सेतु जैसीको घर’ शीर्षक कविताको एउटा अंश यस्तो छ ः
तिमीस“ग मान्छेको मन छ भने
तिमीभित्र आगो र जलन छ भने
आऊ, एकचोटि मेलगैरीमा आऊ
र मेरो छातीमाथि
बर्बरहरूको बीभत्स नाच हेर
हेर, नृशंस जल्लादहरूका टाउकामाथि
निर्लज्ज प्रजातन्त्रको ताज हेर
घरघर निहत्था मान्छेको सिकार खेल्ने
नरभक्षी कायरहरूको राज हेर ।
(पृ. ५३)

श्रमिक जनताको मुक्तिका लागि आरम्भ गरिएको जनयुद्धलाई सहयोग र समर्थन गर्ने जनतालाई यातना दिइदिई कायरतापूर्ण र बीभत्स हत्या गर्ने राज्यसत्ताको आततायी स्वभावको चर्चा गर्दै इच्छुकले यस कवितामार्फत सामन्त, पु“जीवादी र फासिवादीहरूले देखाउने गरेको ‘प्रजातन्त्रु को सक्कली अनुहार सेतु जैसीको रक्तमुछेल घर र दृश्यको चित्रण गरी उदाङ्गो पारिदिएका छन् ।

वर्गयुद्धमा लामबद्ध चेतनशील मानिस त आफ्नो लुटिएको स्वत्व खोस्न उद्यत र सक्रिय हुन्छन् नै । वर्गयुद्ध लडिरहेको समाज र त्यो समाजको प्राकृतिक–सामाजिक वातावरण पनि युद्धमय बनिरहेको हुन्छ । चेतनहीन मानिसहरू मानिसको आवरणमा चट्टानजस्ता निर्जीव र स्थुल देखिन्छन् भने वर्गयुद्धमा लामबद्ध योद्धा र जनताका साथमा रहेको प्रकृति पनि योद्धाहरूझैं वर्गयुद्धमा रमाइरहेका हुन्छन्, युद्धका साक्षी मात्र होइन, सहयात्री बनिरहेका हुन्छन् । कवि इच्छुकको ‘सलाम जेलबाङु कविताले योद्धाहरूको बस्ती र प्रकृतिलाई पनि यसरी मानवीकरण गरेको छ :
चट्टानजस्तै दृढ र निर्भीक देखिन्छन्
गाम र फगामहरू
इस्पातजस्तै धारिला देखिन्छन्
जैमकसला, सेरम र तेबाङहरू
रक्तिम वर्गसङ्घर्षको नयाँ साँचोमा ढलेर
युगनायक बनिरहेछन्
हाम्रा भिमल र थबाङहरू
बलिरहेछ जहाँ
आगो जनसङ्ग्रामको
तातो–तातो र झरिलो आगो एकनाश
र लेखिरहेछ
समयको स्वर्णीम किरणले
उदीयमान युगको नयाँ इतिहास
(पृ. ६४)
अझ अगाडि इच्छुक लेख्छन् :
पहाड–पहाड होइन यो बेला
लालयोद्धा बनिरहेछ
जङ्गल–जङ्गल होइन यो बेला
छापामार दस्ता बनिरहेछ
प्रतिरोध क्याम्पमा
मोर्चाबद्ध भएका छन् गाउँहरू
सगरमाथाले
धरतीको शिखरमाथि
लालध्वजा फहराइरहेछ ।
(पृ. ६५)

कृष्ण सेन ‘इच्छुक’ प्रखर देशभक्तिपूर्ण चेत भएका कवि थिए । अन्तर्राष्ट्रियतावादी÷साम्यवादी दर्शन बोकेर सिर्जनकर्ममा लागेका इच्छुक मानिसमाथि मानिसले शोषण र थिचोमिचो जारी राखेसम्म सर्वहारा मनवतावादका पक्षमा र एउटा देशले अर्को देशमाथि जालझेल र दमन गरेसम्म देशभक्तिपूर्ण लडाइू लडिरहनुपर्ने विचारमा प्रतिबद्ध देखिन्छन् । ‘इतिहासको यस घडीमा’ भित्रको ‘प्रतिबन्ध’ कविताको एउटा अंशले इच्छुक देशीविदेशी अत्याचारीहरूका विरूद्ध एकसाथ लडिरहन र विजयको पथमा लम्किरहन इच्छुक र लालायित थिए भन्ने देखाउँछ ः
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउ“दै
तिमी भन्छौ गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छाैं….

इच्छुकले चाहेको यही सर्वहारावर्गको मुक्तिको गीत, देशभक्तिले ओतप्रोत गीत आज जनजनका ओठमा झुन्डिएको छ । इच्छुकले सामन्ती समाजले दलित भनेर हेला, अपमान र तिरस्कार गरेका दलित समुदाय, साहूसामन्त र पु“जीपतिहरूले श्रम, सीप र जोबनको रस चुसी छोक्रा बनाएर फालेका मजदुर, राज्यसत्ता र शोषणमूलक चिन्तन भएका पुरूष र पुरूषवादी चिन्तनहरूले उपभोग्य वस्तु तथा दोस्रो दर्जाको नागरिक बनाएर श्रम र यौन लुटिरहेका महिला, वर्गयुद्धमा आफ्नो रगत र शरीरले धर्ती भिजाएर दुश्मनलाई रगतको बाढीले बगाइदिने देशविदेशका सहिद, अत्याचार र शोषणबाट मुक्ति पाउने महान् यात्रामा लामबद्ध हु“दाहु“दै सत्ताले हिरासत र जेलका चिसा छिूडीमा यातना दिएर सडाएका देशविदेशका क्रान्तिकारी योद्धा र क्रान्तिका नायकहरू सबैसबैलाई स्मरण गर्दै र आदर्श बनाउ“दै सिर्जना गरेका छन् भने संसारका कुनै पनि मुलुकका सामन्ती, पु“जीवादी, विस्तारवादी, साम्राज्यवादी, जातिवादी, रङवादी, क्षेत्रीयतावादी शासक र तिनका मतियारहरूलाई एउटै कोटी र एउटै अचानोमा राखेर विचार र सिर्जनाको हतियारले छ्याकछ्याक पारेका छन् । इच्छुकका सिर्जनामा वर्गमित्रहरूप्रति जति धेरै न्यानो माया, ममता, सद्भाव र आत्मीयता देखिन्छ, वर्गवैरीविरूद्ध त्यति नै बढी घृणा, आक्रोश र वैमनस्य अभिव्यक्त भएको पाइन्छ ।

‘बन्दी र चन्द्रगिरि’ कवि इच्छुक भट्टेडाँडाकाण्डमा २०५६ साल वैशाखमा जेल परेपछि जेलभित्रै गरिएको काव्यात्मक सिर्जना हो । जीवनको भर्भराउ“दो उमेरका ८ वर्षभन्दा बढी समय जेल र हिरासतका बर्बर क्षणहरूलाई पनि देश, जनता र क्रान्तिका पक्षमा उपयोग गरेका इच्छुकले यस कृतिमा पनि अन्य कृतिमा झैं क्रान्तिको अनिवार्यता र विजयको अवश्यंभावितालाई कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन् । यस काव्यभित्रको देशभक्तिपूर्ण चेतना र दुष्टहरूका विरूद्धको घृणाको एउटा ज्वलन्त उदाहरण यस्तो छ ः
मैले मेरो महान् राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरूद्ध
मुट्ठी उठाएर मुर्दावाद भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए, मेरै देशका शिखण्डीहरू हो !
तिम्रो पाखण्डपनका विरूद्ध
मैले तिमीलाई घृणाले धिक्कार गर्न किन नपाउनू ?
(मेरो छातीभित्र मुटुमा छ मेरो देश)

इच्छुक सफल प्रगतिवादी स्रष्टा हुन् । जीवनका महइभ्वपूर्ण र ऊर्जाशील समय जेलमा बिताउन विवश इच्छुकले जेलको समयको अत्यधिक सदुपयोग गरेका छन् र त्यो पनि साहित्यसिर्जनामा । शोकाञ्जली (२०४२) होस् वा इतिहासको यस घडीमा (२०५६), बन्दी आवाज (२०५७, अप्रकाशित) होस् वा बन्दी र चन्द्रागिरि, अधिकांश कविता र काव्य इच्छुकले जेलभित्रै सिर्जना गरे ।

माक्र्सवादप्रतिको जब्बर निष्ठा र आस्थाका कारण इच्छुकका सम्पूर्ण रचना वर्गप्रेमले ओतप्रोत छन् र आफ्नो वर्गप्रति पूर्णतः समर्पित छन्। जनयुद्धले सिर्जना गरेको नयाँ यथार्थको चित्रण होस् वा नयाँ यथार्थको निर्माणमा होस्, इच्छुक उत्तिकै प्रतिबद्ध र अविचलित देखिन्छन् । सर्वाहारावर्गप्रतिको निष्ठा र आस्थालाई इच्छुकले आफ्नो ‘अजम्मरी सपना’ कवितामार्फत यसरी प्रकट गरेका छन् ः
सोझै क्रूर गोलीले उडाऊ
या हुरहुर जिउ“दै आगोमा जलाऊ
काटेर टुक्राटुक्रा पार
या ताछेर मासुको अम्बार लगाऊ
शुष्क हाडहरूको पहाड ठड्याऊ
या रक्तको नदी बगाऊ
नयाँ प्रभातका उज्याला प्रकाशहरूलाई
बेपत्ता पारेर जतिसुकै लुकाऊ
नरसंहारको ताण्डव नृत्य नाच
या बीभत्स मृत्यु–उत्सव मनाऊ
कतै मन्द सास पनि तुफान बन्ला
मुटुका धड्कनहरूलाई धुलीसात तुल्याऊ
तर पनि मर्दैन कहिल्यै हाम्रो आस्थाको अजम्मरी सपना ।
(इच्छुक रचनावली, भाग–२, पृ. १४१)
कवि इच्छुकका कविता होऊन् वा लेख, संस्मरण र चिठी, सबैसबैमा वर्गपक्षधरता स्पष्ट छ । मालेमावादको आलोकमा गति लिइरहेको महान् जनयुद्धका क्रममा इच्छुकले आफ्नो वर्गका लागि उदात्त भावद्वारा वर्गयुद्धमा लामबद्ध हु“दाहु“दै जीवन आहुत गर्ने र बलिदान गर्ने हजारौं सहिदका सपनाको सूक्ष्मतर अध्ययन गर्ने अवसर पाएका छन् । एक छिनअघि आफूस“गै मोर्चा लड्दालड्दै बलिदान भएको साथीका बारेमा कविता, गीत संस्मरण वा कथा लेख्ने योद्धा एकैछिनपछि सहिद भएको र उसैका बारेमा युद्धमा बचेको अर्को योद्धाले रचना गरेको कविता, गीत, गजल वा संस्मरण सम्पादन र प्रकाशन गर्ने अवसर पनि पाएका छन् । इच्छुकले आफू सम्बद्ध कलम, योजना, जनादेश वा जनदिशामा यसप्रकारका सहिदका रचनाहरू सम्पादन र प्रकाशन गरेका छन् । स्वयं आफैंस“ग काम गरेका, खाइखेली गरेका साथीहरू युद्धमा होमिएका र सहिद बनेका प्रसङ्गहरू इच्छुकले नजिकबाट अनुभूत गर्ने अवसर पाएका छन् । हजारौंको रगत बगेको र लाखौं–करोडौं मानिसलाई साथमा लिएर अघि बढेको जनयुद्ध अन्तिम र समग्र युद्ध हो भन्ने विषयमा इच्छुकमा कत्ति पनि द्विविधा देखिूदैन । त्यसैले उनले जारी वर्गयुद्ध विजयमा टुङ्गिन्छ र त्यसले नयाँ समाज, नयाँ संसार अर्थात् महान् साम्यवादी समाज निर्माण गरेरै छोड्छ भन्नेमा पूर्ण विश्वस्त भएर सिर्जना गरेका छन् । ‘बन्दी र चन्द्रागिरि’ मा उनी लेख्छन् :
लामो अँध्यारो रातपछि
झलमलाउने उज्यालो प्रभातजस्तै
आजको कालो अँध्यारो रात चिरेर
हाम्रो आस्थाको साम्यवाद
एक न एक दिन जरूर झुल्कनेछ
हाम्रो निष्ठाको बीजबाट
एक न एक दिन जरूर
नयाँ जीवनको नवाङ्कुर फुट्नेछ
र एक न एक दिन जरूर
हाम्रो सुखद र ऐश्वर्यपूर्ण भविष्यको
सुन्दर सयपत्री फूल्नेछ ।
(इच्छुक रचनावली, भाग–१, पृ.५५)
जारी वर्गयुद्धकै बीचबाट एक दिन साह्रा शोषणदमन र अत्याचार समाप्त भएर समानतामूलक, शोषण–उत्पीडनरहित साम्यवादी समाज निर्माण भएरै छोड्नेमा इच्छुक यसरी पूर्णतः आशावादी देखिन्छन् :
साँचो अर्थमा जबसम्म
मानिस मानिस बन्न सक्नेछैन
साँचो अर्थमा जबसम्म
जीवन जीवन बन्न सक्नेछैन
र साँचो अर्थमा जबसम्म
आजको यो कुरूप धर्ती
मानवजातिको सुन्दर बस्तीमा बदलिने सक्नेछैन
तबसम्म जारी रहनेछ
साझा संसार निर्माण गर्ने हाम्रो सङ्कल्पको यात्रा
तबसम्म जारी रहनेछ
साझा संसार निर्माण गर्ने हाम्रो सङ्घर्षको यात्रा ।
(ऐ, पृ, ५६)

क्रान्तिकारीहरू निरङ्कुश शासनका जस्तासुकै कठोर योजना र हर्कतहरूलाई पनि निष्काम पार्न सफल हुन्छन् । आमूल परिवर्तनका पक्षधरलाई अन्यायी शासकका जस्तासुकै षड्यन्त्रहरू र क्रियाकलापहरू पनि अस्वीकार्य हुन्छन् । पञ्चायती व्पयस्था होस् वा बहुदलीय व्यवस्था श्रमिक र सर्वहारावर्गका लागि प्रकारान्तरले बराबरजस्तै थिए । झन् सामन्ती राजतन्त्रसहितको विकृत संसदीय व्यवस्था अथवा भनौं नेपालको अर्धसामन्ती र अर्धऔपनिक अवस्थाको अन्त्य गरी नयाँ जनवादी व्यवस्था हूुदै समाजवाद र साम्यवादसम्मको यात्रा तय गर्ने आन्दोलनको नयाँ कडी वर्गसङ्घर्षको उच्च–उदात्त रूप सशस्त्र जनयुद्धको आरम्भ भएपछि क्रान्तिकारीहरूका विरूद्ध देशीविदेशी शक्तिहरूको पनि शक्तिशाली गठबन्धन बन्यो ।

जनयुद्ध समाप्त पार्न र क्रान्तिकारीहरूलाई नष्ट पार्न देशीविदेशी शासकहरूले दुनियाँका क्रान्तिकारी आन्दोलन÷युद्ध सिध्याउन प्रयोग भइसकेका बासी, क्रूर र बदनाम शैलीहरूको प्रयोग गरियो । बुर्जुवाहरूले न्वारानदेखिको बल लगाएर दाबी गर्दै र चिच्याउँदै आएको प्रेस स्वतन्त्रताको धज्जी उडाउँदै २०५५ साल पुस २१ मा ललितपुरको भट्टेडाँडा प्रहरीचौकीमाथिको कारबाहीका विषयमा जनादेश साप्ताहिकमा प्रकाशित समाचारकै विषयलाई लिएर कृष्ण सेन ‘इच्छुक’ सम्पादक रहेको उक्त साप्ताहिक पत्रिकाको सम्पूर्ण कार्यालय नै कब्जा गरेको थियो । दुश्मनलाई उसकै राजधानीमा धुलो चटाउँदै हराउने छापामार योद्धाहरूलाई भेट्न नसकेपछि नेपाली काङ्ग्रेसको आततायी सरकारले कयौंलाई मध्यरातमा भट्टेडाँडा लगेर कायरतापूर्वक हत्या गर्ने षड्यन्त्र गरेको थियो । इच्छुक त्यस समयमा राज्यको खुनी पञ्जाबाट बचे । तर २०५६ साल वैशाख ६ गते उनलाई राज्यले कायरतापूर्वक गिरफ्तार ग¥यो एउटा होटेलमा खाना खाँदै गरेको समयमा । जनयुद्धको सफलता र उत्कर्षका कारण छट्पटाइरहेको राज्यसत्ताले इच्छुकलाई बिनापुर्जी गिरफ्तार ग¥यो र भद्रगोल जेलमा कैद ग¥यो । उनलाई जेल हाल्नु पर्ने कानुनी आधार नभेटिएपछि हातहतियार र खरखजानासम्बन्धी झुटा मुद्दा लगाएर उनलाई तराईका विभिन्न प्रहरीचौकी घुमाउँदै सिराहा जेल पु¥यायो । सतहमा शान्त र सौम्य देखिने तर भित्र हृदयमा समुद्रका उत्ताल तरङ्ग र ज्वारभाटा निर्माण गरिरहेका इच्छुक पत्रकार महासङ्घ र प्रगतिशील लेखक सङघका राष्ट्रिय पार्षद् बनाइए जेलमै । पत्रकार, साहित्यकार, अधिकारकर्मी, राजनीतिक पार्टी सबैतिरबाट उनको रिहाइका लागि जोडदार आवाज उठ्यो । उनले जेलभित्रैबाट विचारोत्तेजक दुईवटा अन्तर्वार्ता दिए । एउटा पहिला आफैं सम्पादक बनिसकेको ‘कलम’ साहित्यिक त्रैमासिकलाई र अर्को उदयपुरबाट प्रकाशन गर्न लागिएको ‘सहयात्री’ पत्रिकालाई । उनले जेलबाट छुटेपछि नौलो बिहानी मासिकलाई पनि एउटा विचारोत्तेजक अन्तर्वार्ता दिए ।
क्रान्तिकारीहरू प्रतिकूलतालाई अनुकूलतामा बदल्न खप्पिस हुन्छन् । उनीहरू दुश्मनले जहाँ टेक्यो, त्यहीं पड्कने विचार, कला र योजना कार्यान्वयन गर्न पनि सिपालु हुन्छन् । त्यतिबेला इच्छुकको दोस्रो कवितासंग्रह ‘इतिहासको यस घडीमा’ भर्खरै प्रकाशित भएको थियो । जनपक्षीय साहित्यिक क्षेत्रमा पनि इच्छुक चर्चा र चासोको विषय बनिरहेका थिए । इच्छुकले भद्रगोलदेखि सिराहा जेलसम्मका बसाइलाई युद्धको नयाँ ट्रेन्चमा रूपान्तरण गरे । दर्जनौं लेख, संस्मरण, कविता र चिठीहरूमार्फत उनले बाहिर चर्किरहेको जनयुद्धको ज्वालालाई भित्रैबाट चरू र समिधा थपिरहे । उनको कालजयी कृति ‘बन्दी र चन्द्रगिरि’ भद्रगोलदेखि सिराहासम्मको कैदी अवस्थामै लेखियो । उनले शासकहरूका हरप्रतिबन्ध, दमन र षड्यन्त्रलाई ‘प्रतिबन्ध’ कविताबाट यसरी चुनौती दिए :
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउ“दै
तिमी भन्छौ गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।
हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै
तिमी भन्छौ – लेख न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौं ।
(इच्छुक रचनावली भाग–२, पृ–१००)

इच्छुकले यस रचनामा क्रान्तिकारीहरू अत्याचारी शासकका हरेक हथकण्डालाई चिर्दै आफ्नो यात्रा निरन्तर जारी मात्र राख्दैनन्, सीधै चुनौती र चेतावनी पनि दिएर क्रान्तिकर्म पूरा गर्न उद्यत रहन्छन् भन्ने विषय यसरी अझ प्रस्ट पारेका छन् :
ओ, शासक–प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
सक्छौ भन हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र सत्यलाई कैद गर
तर ओ, तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौं ।
(ऐ. पृ– १०१)

इच्छुकले कविताबाट जसरी निरङ्कुश शासकहरूलाई तिनका साह्रा हर्कतका विरूद्ध लड्ने चेतावनी दिए, जीवनमै पनि त्यही गरेर देखाए । उनले मानिसको शरीर र शरीरका बाह्य अङ्गहरूलाई मात्र होइन, सक्छौ भने उनका चेतनशील, क्रान्तिकारी मस्तिष्कहरूमा प्रतिबन्ध लगाएर सत्यलाई कैद गर्नेहरूलाई ललकारे । इच्छुकलाई जेलबाहिर बस्दा पनि र जेलभित्रै पनि थाहा थियो– विचार र चेतनाद्वारा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा देश र विदेशमा पनि हजारौं मानिसले, क्रान्तिकारी योद्धाले शासकहरूको प्रतिरोध गरिरहेका छन् र आफू रहेको ठाउ“लाई शक्तिशाली युद्धको ट्रेन्च बनाइरहेका छन् । लडेर, घाइते बनेर, थुनिएर र मरेरै भए पनि क्रन्तिकारी योद्धाहरूले अत्याचारी शासकहरूलाई खुलमखुला हाँक दिइरहेको कुरा अनुभूत गरिरहेका इच्छुकले तिनै क्रान्तिकारी चेतना र भावनाहरूलाई मूर्तीकृत र संश्लेषित गर्दै आफ्ना जब्बर आस्था र निष्ठालाई ‘बन्दी र चन्द्रागिरि’ मा यसरी अभिव्यक्त गरेका छन् :
जबसम्म यो कुरूप धर्ती
मानवजातिको सुन्दर बस्तीमा बदलिन सक्नेछैन
तबसम्म जारी रहनेछ
सुन्दर संसार निर्माण गर्ने
हाम्रो सङ्कल्पको यात्रा
तबसम्म जारी रहनेछ
साझा संसार निर्माण गर्ने हाम्रो सङ्घर्षको यात्रा
र एक न एक दिन जरूर
हाम्रो विश्वासको सभ्य संसार हाम्रो गुलाफी विपनामा फेरिनेछ
र यो एक्काईसौं शदी
हाम्रो मुक्तिको महान् शदी हुनेछ
र यो तेस्रो सहस्राब्दी
हाम्रो विजयको महान् सहस्राब्दी हुनेछ ।
दुष्ट शासकहरू आफ्नो पलपल मृत्युको मुखतिर गइरहेको आयु जोगाउन अर्धपागल र बेहोस भएर बर्बराइरहेको समयमा इच्छुक भने सिङ्गो शताब्दी र अझ हजार वर्षको अवधिकै मूल्याङ्कन गरिरहेका थिए र तेस्रो सहस्राब्दी नै सर्वहारावर्गको विजयको अवधि हुने भव्य घोषणा गरिरहेका थिए । एक पल पछि के हुन्छ भन्नेसम्म थाहा नपाएर छट्पटाइरहेका, चिच्याइरहेका र क्रान्तिकारीहरूमाथि गोली बर्साइरहेका नराधमहरूले एक हजार वर्षको सर्वहारावर्गको युगको खाका कोरिरहेका इच्छुकको मस्तिष्कलाई बुभm्न त के खुट्ट्याउनसक्ने क्षमतासम्म नभएको सहजै थाहा पाउन सकिन्छ । कालजयी प्रगतिवादी रचनाहरूका स्रष्टा इच्छुकले समाजको शोषणदोहनबाट उत्पीडित महिला, मजदुर, दलित अनि सामन्ती राज्यसत्ताको कोपभाजनको सिकार बनेका तराई, मधेस र कर्णाली तथा दूरदराजका श्रमिक–किसानको अवस्थालाई मन छुने ढङ्गबाट कवितामा उतारेका छन् । इच्छुकको जीवन र सङ्घर्ष नै सुन्दर कविताजस्तो देखिन्छ । शोषण र दोहनको उल्झनमा परिरहेको श्रमजीवी मानवसमुदायको मुक्तिका लागि अहोरात्र राजनीतिक, सांस्कृतिक र साहित्यिक क्षेत्रबाट खटिरहेका इच्छुकलाई अन्धकारका पक्षपातीहरूले २०५९ साल जेठ ६ गते झुक्याएर कायरतापूर्वक गिरपm्तार गरे र महेन्द्र पुलिस क्लब पु¥याए । सापेक्ष शान्तिका लागि जीवन अर्पण गरेका इच्छुकलाई भेटेपछि लाछीहरूले भोको स्यालले सिकार भेटेझैं झम्टिए, क्रूर यातना दिए । सिङ्गो मुलुकलाई नै मानव बधशालामा रूपान्तरित गरिरहेका नरपिशाचहरूले इच्छुकस“ग जनयुद्ध सञ्चालन गरिरहेका माओवादी पार्टीका उच्च तहका नेताहरूको आश्रयस्थल देखाइदिन र उनीहरूलाई पक्डाउन दबाब दिए । क्रान्तिको महान् यात्रामा जनताको मुक्तिको महायज्ञमा लामबद्ध बनिरहेको पार्टीनेतृत्वलाई पोलेर कायरतापूर्ण र मृत्युसरह जीवन जिउनुभन्दा हाँसीहाँसी मृत्यु वरण गर्नु इच्छुकका लागि स्वीकार्य भयो । मानवसभ्यतालाई नै गिज्याउने गरी निहत्था इच्छुकको शरीरमा हजारौं कोर्राहरू बर्सिए । करेन्ट लगाइयो त्यो स्पाती दृढता बोकेको महान् मान्छेको शरीरमा । उनलाई पानीमा डुबाइयो । नङबाट पिन छिराइयो । तर पनि उनी गलेनन् ।

राजतन्त्रका विरूद्ध लड्दिनू भन्ने मृत्युपत्रमा सहीछाप गर्न मानेनन् इच्छुकले । मालेमावाद विचार रक्तरक्तमा दुगुरिरहेको थियो इच्छुकको। कायर र गद्दारहरूले इच्छुकलाई बुझाएर आफू बाँच्ने घृणित र निच षड्यन्त्र गरे पनि इच्छुकले ती सवै दुष्टताहरूलाई फिक्का साबित गर्दै आफू र आफू संलग्न पार्टी, सत्यका लागि, असत्यको अन्त्यका लागि निरन्तर लागिरहने उद्घोष गरे र हाँसीहाँसी महान् मृत्यु वरण गरे ।
आततायी शासनको रक्षा गर्ने कबोल गरेका प्रहरी नामका जल्लादहरूले आफूले चाहेको जबाफ दिएमा ठूलो सुखसुविधा दिने प्रलोभन पनि दिए इच्छुकलाई । राम्रो जागिर, सम्पत्ति र ‘पदप्रतिष्ठा’ दिने लोभ पनि देखाए तर इच्छुकका लागि देश, जनता र विश्वसर्वहारावर्गको मुक्तिबाहेक अरू सबै व्यक्तिगत सुखसुविधा तुच्छ र तृणबराबर थिए । इच्छुकले ती दुष्टहरूलाई ललकार्दै देश र जनताको मुक्तिको गीत गाए ः
मैले चाहें– आँधी र हुरीमय जीवन
मैले चाहें– सधैंसधैं सार्थक र गरिमामय जीवन
मैले कुरूपताहरूबीच पनि सधैं
जीवनको सुन्दरता खोजें
अर्थ खोजें, महइभ्व खोजें
र सधैं नीचता र दुष्टताहरूलाई
हरपल घृणाले पिच्च थुकें ।
तानाशाहहरूका निर्घृणी साह्रा हर्कतहरूलाई पिच्चपिच्च थुक्दै इच्छुकले देश र जनताको मुक्तिको गीत गाइरहेको उनीहरूलाई मनपरेन, मन पर्ने प्रश्न पनि थिएन । उनलाई गौरवशाली मृत्यु र कायरतापूर्ण जीवनमध्ये एउटा रोज्न भनियो । उनले हाकाहाकी भनिदिए–
म त चाहिरहेछु फगत
मेरो देशको छातीमा
अन्तिम गोली थाप्ने पछिल्लो सिपाही बन्न
म त चाहन्छु
मेरो लाभका निम्ति
देशमा ब्रह्मलुट मच्चाउने छुट
मैले पाउनु हूुदैन
म त चाहन्छु
मेरो स्वार्थका खातिर
देश बन्धकी राख्ने छुट
मैले पाउनु हूुदैन
मेरो सुखसयलका निम्ति
अरू कसैले नर्कको दुःख पाउनु हु“दैन ।
जनतालाई हरिकङ्गाल पारेर देशलाई विस्तारवाद तथा साम्राज्यवादको पाउनमा सुम्पेर अत्याचारी शासन लादिरहन चाहने राष्ट्रघातीहरूलाई ललकार्दै, जनद्रोहीहरूलाई चेतावनी दिूदै इच्छुकले औंला ठड्याएर भनिरहे–
मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरूद्ध
मुट्ठी उठाएर मुर्दावाद भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए ! मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनका विरूद्ध
मैले तिमीलाई घृणाले धिक्कार गर्न
किन नपाउनू ?
मध्ययुगीन बर्बरता मच्चाएर कालरात्री टिकाउने दुःस्वप्न देखिरहेका बगरेहरूले इच्छुकको चट्टानी दृढताबाट पूर्णतः हार खाए र गोलीसमेत खर्च नगरी कठोर यातनाबाट हत्या गर्ने निर्णय गरे । इच्छुकले यातना, प्रताडना र बेहोसीकै बीचमा मुट्ठी उठाएर कसम खाए–
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउ“दै
तिमी भन्छौ– गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।

यसरी आदर्श नायक कृष्ण सेन ‘इच्छुक’ ले देश र जनताको मुक्तिको गीत गाउँदागाउँदै ४६ वर्षको उमेरमै २०५९ साल जेठ १३ गते मानव बधशाला महेन्द्र पुलिस क्लबको यातनागृहमा गर्विलो मृत्युलाई स्वीकार गरे । उनी हाम्रा आदर्श हुन् । जनयुद्धबाट प्राप्त नयाँ यथार्थलाई तिलाञ्जली दिने षड्यन्त्र भइरहेको समयमा हामीले इच्छुकका आदर्शहरूलाई हृदयदेखि नै अवलम्बन गर्न, अधुरो जनयुद्धलाई विजयसम्म पु¥याउन अपरिहार्य बनेको नयाँ जनविद्रोहको मार्गमा लाग्न र क्रान्तिको झन्डा उठाउन ढिलो भइसकेको छ । कम्युनिस्ट आन्दोलनको रङ खुइल्याउन यतिबेला विभिन्न क्याम्पहरूबाट भड्किला रङहरूको प्रवेश गराउने होड चलेको छ । भड्किलो रङ टिकाउ हुन्न भन्ने कुरा पनि हामीले बुझ्नु आवश्यक छ । जनयुद्ध जारी रहुन्जेल यसलाई फासीवाद र आतङ्क देख्ने अनि युद्ध समाप्त भएको घोषणा गरी संविधानसभाबाट ठूलो पार्टी बनेको पुष्टि भएपछि रातारात ‘क्रान्तिकारी’ बनेर छिर्नेहरूबाट इच्छुकको आदर्श पालना होला, नेपालमा जनविद्रोह सम्पन्न भएर सर्वहारावर्गको राज्यसत्ता स्थापना होला भन्ने आशा गर्नु गोरू ब्याउला र बिगौती खाउ“ला भन्नुजस्तै हो ।

यतिबेला मन, वचन र कर्मले त्याग, वीरता, शौर्य र बलिदानका पर्याय आदर्श नायक इच्छुक नै हाम्रो सांस्कृतिक आन्दोलनका आदर्श हुन् । उचाइ बनाइसकेको व्यक्तित्वलाई कसैले ईष्र्याले उचाइ घटाउन र सांस्कृतिक आन्दोलनलाई भड्खालामा पार्न खोज्छ भने प्रतिध्रुवीय वर्गस“गै इतिहासले नै त्यो प्रवृत्तिलाई समाप्त पारिदिनेछ ।
(आस्था र निष्ठाका सतिसाल कृष्णसेन इच्छुक, २०६५ बाट)१७ जेष्ठ २०७६, शुक्रबार १०:४७ ई-रातो खबर

 

प्रतिकृया दिनुहोस्