भट्टराईको पुस्तक ‘जीवनका घुम्ती र देउरालीहरुको’ लोकार्पण - Chautari Post Online
Wednesday, June 26News That Matters

भट्टराईको पुस्तक ‘जीवनका घुम्ती र देउरालीहरुको’ लोकार्पण

दमक । साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक ‘जीवनका घुम्ती र देउरालीहरुको’ लोकार्पण गरिएको छ ।
साहित्य एकेडेमी पुरस्कारले सम्मानित भारत दार्जिलिङका स्रष्टाद्वय डाक्टर वीणा हङ्गखिम र मणिका मुखियाले संयुक्त रुपमा डाक्टर अञ्जनाले लेखेकी पुस्तकको लोकार्पण गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय अंग्रेजी शिक्षाकी प्राध्यापक समेत रहेकी डाक्टर अञ्जनाले नेपाली साहित्यमा लेखेकी पहिलो पुस्तक आज दमक १ स्थित आप्mनै घरमा बिभिन्न साहित्यकारहरुको उपस्थितिमा लोकार्पण गरेकी हुन् ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै साहित्यकार डाक्टर तुलसी भट्टराईले कुनै समयमा नेपाली साहित्यमा लाग्ने भनेको नेपाली विषयकका शिक्षकले मात्रै हो भन्ने मान्यता रहेपनि हाल त्यो मान्यता परिवर्तन भएको बताए । अंग्रेजी साहित्यका बिद्यार्थीहरुले पनि नेपाली भाषामा राम्रो सृजना गर्न सक्ने बताउँदै अंग्रेजी साहित्यमा रहेकी डाक्टर अञ्जनाको लेखनबाट नेपाली साहित्यले पृथक खालका सृजना पाउने विश्वास व्यक्त गरे ।
प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा पुस्तकको समिक्षा गर्दै डाक्टर अच्युत कट्टेलले सरल भाषामा लेखिएको पुस्तकमा कमजोरी देखाउन सक्ने ठाउँनै नभएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्