ललितपुर काँग्रेसको जग्गा विवाद टुंगियो, जिल्लाका नेता कार्यकर्ता खुसी ! - Chautari Post Online
Friday, July 19News That Matters
centered image

ललितपुर काँग्रेसको जग्गा विवाद टुंगियो, जिल्लाका नेता कार्यकर्ता खुसी !

ललितपुर,नेपाली कांग्रेस ललितपुरको कार्यालय भवन रहेको जग्गाको स्वामित्व विवाद समाधान भएको छ। साविक ललितपुर उपमहानगरपालिका वडानम्बर ५ (फ) हाल ललितपुर महानगरपालिका वडा नम्बर १४ किता नम्बर ६१२ क्षेत्रफल ०-८-०-० को जग्गा नेपाली कांग्रेस पार्टीको नाममा नामसारी गराइ पाऊँ भन्दै जिल्ला सभापति मदन बहादुर अमात्यले पाटन जिल्ला अदालतमा मुद्दा हालेका थिए।

जिल्लामा पार्टी कार्यालय नहुँदा पार्टी कार्यालय निर्माण गर्न ललितपुरका कुलाल महर्जनले जग्गा दान गरेका थिए। उक्त जग्गा तत्कालीन कांग्रेस नेता ओमकार प्रसाद श्रेष्ठको नाममा दर्ता भएको थियो। श्रेष्ठको नाममा रहेको जग्गा पार्टी कार्यालयको नाममा नभएपछि जिल्लाका तहका नेताहरू एक अर्कामा गालीगलौज गर्नमा उत्रिएका थिए। उक्त जग्गामा तीनतले भवन बनेर पार्टी कार्यालय सञ्चालन हुँदै आएको छ। पार्टीमा क्रियाशील नेता कार्यकर्ताहरूको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको तीन तले घरको शिल्यान्यास सन्त नेता कृष्णप्रसाद भट्टराईले गरेका थिए। करिब एक वर्ष अघिदेखि विवादमा रहेको उक्त जग्गा पार्टी सभापति मदनबहादुर अमात्य र ओमकार प्रसाद श्रेष्ठका अधिकृत वारेशना प्राप्त ललितपुर महानगरका नगर सभापति राजेश महर्जन बीच सहमति भएपछि हिजो सम्मानित ललितपुर जिल्ला अदालतमा मिलापत्र भएको हो।

श्री ललितपुर जिल्ला अदालत

इजलास

माननीय जिल्ला न्यायाधीश श्री पिताम्बर शर्मा

आदेश

यसमा यो पाना ३ को मिलापत्रको कागजमा लेखिएको व्यहोरा इजलासबाट वादी प्रतिवादी दुवैपक्षलाई पढी वाची सुनाई त्यसको मतलब र परिणाम समेत सम्झाइ बुझाई गर्दा यसमा लेखिएको व्यहोरा बाट मुद्दा मिलापत्र गर्न बादी प्रतिवादी दुवै पक्ष मञ्जुर भई सहिछाप सनाखत समेत गरिदिएको देखिँदा प्रस्तुत मुद्दा मुलुकी-देवानी-कार्यविधि संहिता २०७४ को दफा १९३(४) बमोजिम मुद्दा मिलापत्र गराई दिएको छ।

अब अदालती शुल्क तर्फ विचार गर्दा प्रस्तुत मुद्दा मिलापत्र केन्द्रबाट मिलापत्र हुनेगरी मिलिआएको देखिँदा मेलमिलाप सम्बन्धी ऐन २०६८ को दफा १६ को उपदफा ६ बमोजिम अदालती शुल्क लिई रहनु परेन। वादीले फिराद दर्ता गर्दा राखेको अदालती शुल्क रु.२३७७०/- फिर्ता पाउने हुँदा फिर्ता पाउ भनी निवेदन दिए फिर्ता दिइ प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनु ।

यसमा यो पाना ३ को मिलापत्रको कागजमा लेखिएको व्यहोरा इजलासबाट वादी प्रतिवादी दुवैपक्षलाई पढी वाची सुनाई त्यसको मतलब र परिणाम समेत सम्झाइ बुझाई गर्दा यसमा लेखिएको व्यहोरा बाट मुद्दा मिलापत्र गर्न बादी प्रतिवादी दुवै पक्ष मञ्जुर भई सहिछाप सनाखत समेत गरिदिएको देखिँदा प्रस्तुत मुद्दा मुलुकी-देवानी-कार्यविधि संहिता २०७४ को दफा १९३(४) बमोजिम मुद्दा मिलापत्र गराई दिएको छ।

मिलापत्र भएपछि पार्टी सभापति मदनबहादुर अमात्यले संक्षिप्त प्रतिक्रिया दिँदै अब पार्टीको जग्गामा बनेको तल्ले भवनको रंगरोगन गर्ने, र पार्टी कार्यालयलाई व्यवस्थित ढंगले चलाउने जानकारी दिए। उनले आफ्नै पहलमा ललितपुरको माल्टा, भारदेउ, भट्टेडाँडा र कालेश्वरमा पार्टी कार्यालय स्थापना गर्न जग्गा खरिद गरिसकेको र अन्य स्थानमा पनि पार्टी कार्यालय निर्माण गर्न जग्गा खरीद प्रक्रिया अघि बढाइने जानकारी दिए। त्यस्तै उनले इकाई भवन निर्माण गर्न व्यक्तिगत ५० हजार दिने घोषणा समेत गरेका छन्।

साभार: mediasanchar.com – मिडिया सञ्चार

प्रतिकृया दिनुहोस्