के गर्दैछिन सेड्रिना - Chautari Post Online
Wednesday, June 26News That Matters

के गर्दैछिन सेड्रिना

दमक/ सेड्रिना केसी चर्चित चलचित्र नाइँ नभन्नु ल ५ मा सफल अभिनय गरेर स्थापित भएकी दमक स्थायी घर भएकी विशेष प्रतिभाकी धनी हुन् । सोहि चलचित्रबाट डेव्यु गरेकी सेड्रिनाले पोख्त अभिनयको कारण दर्शकको मन जित्न सफल छिन् ।
करिब ४ महिनाअघि पढाईको सिलसिलामा भारत पुगेकी सेड्रिना हिजोआजा गर्मी बिदा मनाउन नेपाल आएकी छिन् ।
उनी अभिनित सो चलचित्र युट्युबमा यतिबेलानै सार्वजनिक भयो ।


चलचित्र हलहरुमा सफल व्यवसाय गरेको यो चलचित्रले युट्युबमा पनि यति बेला राम्रो स्थान पाएको छ ।
यो चलचित्र हाल करिब ३० लाख भ्युज् सहित नेपालको ट्रेडिङ नम्बर एकमा रहेको छ । चलचित्रमा सेड्रिना संगै अर्का बाल कलाकार अनुभव रेग्मीको मुख्य भूमिका रहेको छ ।

सेड्रीनाले गर्मी विदाको समयमा घर आउँदा आफू साना साना कामहरूमा पनि समय विताउने गरेको बताउँछिन् ।
आफ्नो म्युजिक भिडियो र अन्तर्वार्ताहरू हेरेर प्रशंसा गर्ने फ्यानहरुदेखि आफू खुशी रहेको उनले बताइन् ।
उनले केही म्युजिक भिडियोहरूमा पनि काम गरेकी उनी पढाइ, कलाकारिता, व्यवहार सबैमा शालीन छिन् ।

प्रतिकृया दिनुहोस्