स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा - Chautari Post Online
Wednesday, June 26News That Matters

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा

स्रोत नखुलेको रकम पटक–पटक नेपा भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्