मानिसको कङ्कालबाट निर्मित अनौंठो चर्च - Chautari Post Online
Wednesday, June 26News That Matters

मानिसको कङ्कालबाट निर्मित अनौंठो चर्च

एजेन्सी – चेक गणतन्त्र देशमा मानिसहरूको कङ्कालहरू प्रयोग गरेर निर्माण गरिएको चर्चको संसार चर्चा परिचर्चा भइरहेको छ । राजधानी बाहिर रहेको बोइमिया सहरमा उक्त चर्च निर्माण गरिएको हो । बोइमिया चेक गणतन्त्रको पश्चिमी क्षेत्रमा पर्ने सबैभन्दा ठुलो ऐतिहासिक क्षेत्र हो ।

सेडलेक वसौरी चर्चको निर्माण गर्दा ४० हजार भन्दा बढी मानिसका हड्डीहरु प्रयोग भएका छन् । यो रोमन क्याथोलिक चर्च हो । जिसस क्राइष्टलाई झुण्ड्याएर मारेको ठाउँ भएकाले यस क्षेत्रलाई पवित्र भूमि मानिन्छ ।

ख्रिष्टियन धर्मालम्बवहरुले मानिसहरूको मृत्यु हुँदा यस ठाउँमा गाड्ने परम्परा रहेका कारण हजारौको सङ्ख्यामा कङ्कालहरू उत्खनन गर्न सहज भएको हो । अहिले सेडलेक वसौरी क्षेत्रमा भेटिएका कङ्कालहरू १५ औँ शताब्दीमा गाडिएको हुन सक्ने अनुमान गरिएको छ ।

यस क्षेत्रमा भएको हाइ टाइट युद्ध ९१४१४-१४३४० मा लगभग १० हजार मानिसहरूको मृत्यु भएको थियो , मृतकहरूलाई जमिन मुनि गाडिएको थियो । हड्डीलाई व्यवस्थित रूपमा कलात्मक तरिकाले सजाइएको छ । जसले धार्मिक मूल्य र मान्यता बोकेका आकृतिहरू झल्काउँछन् ।

कङ्कालहरूबाट निर्माण भएता पनि मानिसहरू पवित्र मनले पूजाआजा गर्छन् । विश्व सम्पदा सूचिमा सूचिकृत परेपछि सन् २०१८ मा चर्चको पुनर्निर्माण गरिएको थियो ।

सन् २०१८ मा मात्र ४ लाख ५० हजार मानिसहरूले यस क्षेत्रको भ्रमण गरेका छन्, यस वर्ष पनि ५ लाख मानिसहरूले भ्रमण गर्ने आकलन गरिएको छ । धार्मिक स्थललाई सबैका लागी खुल्ला राखेका कारण चर्चको अमपान भएको स्थानीयको गुनासो छ ।नेपाल संसार

प्रतिकृया दिनुहोस्