प्रितम आचार्य इटहरी उपमहानगरको सदभावना दुत घोषित - Chautari Post Online
Wednesday, June 26News That Matters

प्रितम आचार्य इटहरी उपमहानगरको सदभावना दुत घोषित

इटहरी । भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’ मा सुनसरी, इटहरी ५ का प्रितम आचार्य सेकेन्ड रनर अप बन्दै दुई लाख भारु जिते । आइतबार सम्पन्न ग्रायन्ड फिनालेमा उनी तेस्रो बने सँगै इटहरी उपमहानरपालिकाले आजिवन सदभावना दुत घोषणा गरेको छ।

इटहरी उपमहानगरपालिकाले एक कार्यक्रम नै गरेको सदभावना दुत घोषणा गरेको इटहरीकी उपप्रमुख लक्ष्मि गौतमले बताईन । ७ वर्षकै उमेरमा स्कुल आइडल जितेका उनी ९ वर्ष छँदा सुरशाला गायन प्रतियोगितामा फस्ट रनर अप भएका थिए ।

प्रितमका धेरै गीत तथा कभर गीतहरू युट्युबमा भाइरल नै छन । उनलाई मेन्टरिङसमेत गरिरहेका फिल्म निर्माता राजेश घतानीले उनको गायकी उत्कृष्ट रहेकै कारण निर्णायकहरूको नजरमा परेको र तेस्रो स्थान प्राप्त गर्न सकेको बताए ।sancharpaty/from

 

प्रतिकृया दिनुहोस्