गाडीमा पेट्रोल हाल्ने पैसा नभएपछि... - Chautari Post Online
Wednesday, June 26News That Matters

गाडीमा पेट्रोल हाल्ने पैसा नभएपछि…

एजेन्सी। चीनको सिचुवान प्रान्तका एक धनाढ्य किसानलाई थुप्रै गाउँबाट हाँस र कुखुरा चोरेको आरोपमा पक्राउ गरिएको छ ।

उनले हाँस र कुखुरा चोर्नुको उद्देश्य भने निकै रोचक छ । द स्टारको समाचार अनुसार उनले ३ करोड २२ लाख पर्ने बीएमडब्ल्यू गाडीलाई तेल हाल्न कुखुरा र हाँस चोरेका थिए ।

लिन्सुईका पुलिसले गत अप्रिलदेखि विभिन्न गाउँबाट बारम्बार कुखुरा र हाँस हराएको उजुरी पाइरहेको थियो तर यसको पछाडि एरियाकै धनाढ्यको हात होला भनेर कसैले पनि सोचेका थिएनन् । ती व्यक्ति दुई तल्ले घरमा बस्छन् र ३ करोड बढी पर्ने विलासी बिएमडब्ल्यू गाडी हाँक्छन् ।

पछिल्लो समय आर्थिक समस्याले ग्रसित उनी आफ्नो गाडीमा तेलसमेत हाल्न नसकेपछि क्वियाङ्ग नामका यी व्यक्तिले अरुको हाँस र कुखुरा चोर्ने, आफ्नो खेतमा पाल्ने र तेल किन्नका लागि बेच्ने गरेको बताइन्छ ।

उनलाई गाडी चलाइरहेका बेला नै पुलिसले पक्राउ गर्ने योजना बनाएका थिए तर खतराको आँकलन गरेर उनले आफ्नो शक्तिशाली बीएमडब्ल्यूको गती बढाए र त्यहाँबाट भाग्न सफल भए ।

क्वियाङ्गलाई उनको घर निगरानीमा थियो भनेर थाहा थिएन त्यसकारण उनले आफ्नो घरमा पुलिस पुगिसकेको छ भनेर सोच्न भ्याएनन् । जब उनीहरुले घरको खाजतलास गरे तब उनीहरुले बाइक भेटे र त्यससँगै चोरिएका कुखुरा र हाँस पनि ।

सोधपुछमा ५० वर्षे किसानले चोरी गरेको स्विकार्दै उनको ३ करोड बढीको बिएमडब्ल्यू कार अत्यधिक ‘तिर्खाएको’ र तत्कालका लागि आफ्नो आर्थिक स्थिती पनि ठिक नभएको बताए ।

प्रतिकृया दिनुहोस्