‘बागी ३’ मा रितेश भिलेन - Chautari Post Online
Wednesday, June 26News That Matters

‘बागी ३’ मा रितेश भिलेन

एजेन्सी,

बलिउडको धमाकेदार एक्सन फिल्म मध्येको एक ‘बागी’ को तेस्रो पार्टमा श्रद्धा कपूर र टाइगर श्राफ फाइनल भइसकेका छन् । श्रद्धा अहिले आफ्नो नयाँ फिल्म ‘स्ट्रीट डान्सर’ को छायांकनमा व्यस्त छिन् । यो फिल्म लगत्तै उनले ‘बागी ३’ को छायांकन सुरु गर्नेछिन् । टाइगर भने यस फिल्मका लागि अहिले जिममा पसिना बगाइरहेका छन् ।

श्रद्धा र टाइगरसँगै ‘बागी ३’ मा अभिनेता रितेश देशमुखको पनि प्रवेश भएको भारतीय मिडियाले बताएका छन् । खबरअनुसार, फिल्ममा उनी भिलेनको रोलमा देखिनेछन् । यद्यपि, उनको प्रवेशलाई लिएर निर्माण टिमले कुनै जानकारी दिएको छैन । न त उनकोे भूमिकाबारे । ५ वर्ष अगाडि रितेश र श्रद्धाले फिल्म ‘एक भिलेन’ मा पनि काम गरेका थिए ।

वेबसाइट डीएनएको सोर्स अनुसार, रितेशले केही दिन अगाडि ‘बागी’ टिम ज्वाइन गरेका हुन् । ‘बागी ३’ मा उनको प्रवेश भएसँगै दर्शकमा फिल्मप्रति अझ कौतुहता बढेको छ । यस फिल्मको दोस्रो पार्टमा नदोहोरिएकी श्रद्धाले ‘बागी को पहिलो फिल्म गरेकी थिइन् । टाइगर यो फ्रेन्चाइजीका मेन एक्टर हुन् । ‘बागी ३’ मा रितेशको इन्ट्री फ्रेस रोलमा भएको हो ।

रितेश एक्सनभन्दा बढी आफ्नो कमिक टाइमिङका लागि चिनिन्छन् । तर, ‘एक भिलेन’ पछि उनलाई एक्सन फिल्ममा हेर्न निकै रोचक हुने देखिन्छ । ‘बागी’ को पहिलो फिल्ममा सुधीर बाबूले भिलनको रोल निभाएका थिए । दोस्रो पार्टमा मनोज बाजपेयी नेगेटिभ रोलमा थिए । ‘बागी ३’ लाई अहमद खानले निर्देशन गर्नेछन् ।

प्रतिकृया दिनुहोस्