आफगानिस्तानमा बम विस्फोट, छ जनाको मृत्यु - Chautari Post Online
Wednesday, June 26News That Matters

आफगानिस्तानमा बम विस्फोट, छ जनाको मृत्यु

आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गर्नु भएको छ ।

आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै परिवारका रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्