पुलिसलाई हराउँदै नुवाकोट-११ फाइनलमा - Chautari Post Online
Wednesday, June 26News That Matters

पुलिसलाई हराउँदै नुवाकोट-११ फाइनलमा

नुवाकोट  – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टोली नुवाकोट-११ दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बट्टारमा सम्पन्न खेलमा साविक विजेता पुलिसलाई नुवाकोटले १-० ले पराजित गरेको हो । विदेशी खेलाडी रोमियोले ४० हौं मिनेटमा गरेको गोल नै जितमा लागि पर्याप्त रहयो । खेलको म्यान अफ दी म्याच नुवाकोट ११ का भिक्टर घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा संकटा र च्यासल युथबीचको प्रतिस्पर्धा हुनेछ । नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।(हाम्रो खेलकुद)

 

प्रतिकृया दिनुहोस्