गर्मीमा यसो गर्दा बिरामी पर्ने सम्भावना कम रहन्छ - Chautari Post Online
Wednesday, June 26News That Matters

गर्मीमा यसो गर्दा बिरामी पर्ने सम्भावना कम रहन्छ

गर्मीमा पसिना बढी आउँछ। त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ।

– पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ।

– गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ। ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ।

– गर्मीमा चिसो पानी बेस्कन खाने गर्नाले पाचन प्रणाली सुध्रिने र शरीर शीतल हुने गर्छ।

– गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ। त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हुन्छ। यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ।

– यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ।

– गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुपर्छ। यस्तो खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी पनि गर्दैन।

– गर्मीको मौसममा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ। यसो गर्दा वजन बढ्दैन। साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छन्।

– व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ। यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ।

– रातको खाना खाएपछि १५–२० मिनेट बिस्तारै टहल्नु लाभदायक हुन्छ। जाडोमा भन्दा गर्मीमा यस्तो गर्न सजिलो हुन्छ।स्वास्थ्य खबरपत्रिका

प्रतिकृया दिनुहोस्