लाल झण्डा देखि राधेराधे सम्मको कमल मिश्रको जिवन यात्राको कथा - Chautari Post Online
Wednesday, June 26News That Matters

लाल झण्डा देखि राधेराधे सम्मको कमल मिश्रको जिवन यात्राको कथा

कमल मिश्र एक समयको झापाली कम्युनिष्ट कार्यकर्ता साम्यवाद ल्याउने सपना देखेर झापाको पग्लीभट्टी देखि हुटहुटी लागेर बिध्यार्थी आन्दोलनमा होमीएको एउटा युवा, कता कता कम्युनिष्ट आन्दोलनबाट थाकेर फेरि मानवअधिकार र पत्रकारितामा यात्रा आरम्भ गरेको उही कमल मिश्र फेरि जनयुद्धको महासमर हेलिन पुग्छ । पञ्चायतकाल देखिनै कम्युनिष्टहरुसँग संगत गर्न पुगेको एउटा विद्रोही उसले ब्यबस्था बिरोधी गतिविधी गरेको आरोपमा धेरै पटक सत्ताको सास्ती खेपी सकेको मान्छे ।

जनपक्षिय पत्रकारिताकै दौरानमा विद्रोहको झण्डा पनि बोक्न तम्सिन्छ अनि त्यसैको कसुरमा महिनौ भारतीय जेलमा थन्कन पुग्छ कसोकसो गरेर जेलबाट बाहिर आएपछि जोडिन पुग्छ पहिलो जिवन यात्राको ठिक बिपरितको धु्रबमा र आज यात्रारत छ आत्मचिन्तनका लागि मोक्षको अभिलाषामा सत् गुरुको चरणमा उही कम्युनिष्ट कार्यकर्ता , मानवअधिकारको वकालत गर्ने जनपक्षिय पत्रकार कमल मिश्र।
मिश्रकै जिवन यात्राको परिवेशमा रहेर चौतारी पोष्ट अनलाइनले गरेको यो अन्तर संवाद ।

हो मैले मेरो जीवन को वाल्यकालिन अवस्था मैं साम्यवादी दर्शन लाई भोगाई र गराईको जीवन दर्शन बनाउन खोजें हिडे पनि वाल्य कालमै अखिल बनेको म पछि तत्कालिन ने क पा माले र एमाले अनी उत्तरार्ध मा जनयुद्ध लडिरहेको कम्युनिस्ट शक्ति माओवादी लाई समर्थन गरे। शारिरिक दुख आर्थिक संकट पारिवारिक तनाव जेल नेल हन्डर सबै यही बीचमा भोगे।तर यसमा मलाई किन्चित पनि पछुतो छैन संसारी र शरिर धर्म अनुसार त्यो बेला मैले कम्युनिस्ट पार्टी लाई अंगाले आन्दोलन मा होमिए यो ठीकै लागेको छ। पत्रकारिता र मानव अधिकार को क्षेत्रमा शरिर चलाउन अनि परिवार पाल्न साच्चै भन्दा भात खान काम गरे त्याहां पनि बर्गिय पक्षधरता अगालियो ईमान ,जमाना बिचार पेशामा पनि छोडिएन नि११ श्री सब कार्य मेरो पुर्वजन्ममा बसेको संस्कार ले तय गरेको प्रारभ्धबस गरिएकाले यसमा मलाई पश्चात ताप लाग्दैन।अव भने आन्दोलन गर्ने बेला छैन कम्युनिस्ट हरु पनि भोटको राजनीति मा आएका छन।ईमान बेचिदैन कसैको झन्डा बोकिदैन , जुलुस नारामा ग ईदैन ,सदस्य बनिदैन किनकी यी सबैकुरा क्षणभंगुर अनी नासवान अनित्य हुन।नित्य केवल आत्मा र परमात्मा भ एकाले यही दुईको मिलन का लागि दुर्लभ मनुष्य देह रहुन्जेल प्रयत्न गरिन्छ।अ नेपाली नागरिक भ एर देव तपोभुमिमा जन्मिएकाले पनि अव परनिन्दा कसैको गर्दिन ,अर्काको आलोचना गर्नु महापाप हुनेहुदा कतै लागिदैन तर भोट भने ईमानदार पुर्वक गरिव बर्गको मुक्ति गर्ने राम्रो कम्यूनिस्ट जुन देखा पर्छ उसैलाई दिने सोचाई छ।

म निराश भर अध्यात्ममा लागेको हैन मानव देह जो स्वर्ग का देवी देवता पनि चाहन्छन११ त्यसैले यो दुर्लभ र क्षणभंगुर पनि छ त्यसैले यही देहमा नित्य सनातन आत्माको कल्याण हुनेहुदा म केवल परिवार नातागोता र संसारलाई देखाउन नभ ई मेरै कल्याणका लागि राधे राधे भज्न लागेको हो।जहासम्म भौतिकवादी भन्नेकुरा छ भौतिकवाद सास्वत सत्य हो तर माक्सले भनेको जस्तो सृष्टि को नियम हैन ।तर माक्स ले भने जस्तो पदार्थ बाट चेतना होईन१चेतन सृष्टि बाट जडबस्तु आएका हुन र चेतन ,चेतन जड़ चेतन , जड़ जड़ को जुन द्वन्द हुन्छ यो प्रकृया मायिक संसार को प्रकृति सम्म पुग्ने हो।अनी मात्र दीव्य डिभाईनकुराहरु आउंछन

।मायिक बस्तु बीचको द्वन्द नै द्वन्दात्मक भौतिकवाद हो ।योआवस्यक पनि छ है।हो यहांसम्म माक्सबाद ठीक छ तर इतिहासिक भौतिकवाद पुरै गलत छ किनकी मानव शरिर बानर को बिकसित रुप भनियों यो असत्य हो मान्छे मान्छे कै ल्याप्चे मिल्दैन फिंगर अलग छ कहां बानर संग तुलना गर्नेरुत्यसैले जो प्रकृति स्म्म मात्र सिमित छ उसका लागि फेरीपनि साम्यवादी दर्शन ठीक छ तर प्रकृति माथि महान ,ऊ माथी आकाश,आकाश भन्दा पर शुन्य अझ यो भन्दा पर बिर्जा नदी अनी कैलाश , बैकुंठ ,साकेत लगायतका २४दिब्य बन्दनीय लोक र यी लोकभन्दा १५योजन अगाडि श्री राधा कृष्ण को नित्य धाम गोलोक छ भन्ने वेद भागवत र गीता ले बताएकाले मलाई राधाकृष्णको निष्कामभावीय भक्तिमा लाग्न वेद शास्त्र र भगवान का मुर्तिमान स्वरुप जगद्गुरू श्री कृपालु जी महाराज ले प्रेरित गर्नुभयो।यसै अनुसार दीव्य धाम गोलोकमा समेत केवल प्रेम रस कृपा मात्र वर्ष बर्साउनू हुने परमात्मा श्री कृष्ण की समेत आत्मा श्री राधारानी को राधे राधे नाम लिएर राधाकृष्ण भक्तिमा मा खुसीले लागेको हो निरास भ एर हैन।

 

भक्तिमार्गमा कामना राखिदैन भगवान संग पुत्र पुत्री धन बिद्या घर आयु केही मागिदैन केवल भगवत प्रेम मागिन्छ।गुरुले निर्देशन गरे अनुसार तन मन र धन लाई हरिगुरुमा समर्पण गरेर मनलाई भगवानमा र तन शरिरलाई संसारमा लगाउदै आंशु बगाएर निष्काम बन्नुलाई अर्को अर्थमा कर्मयोग भनिन्छ भक्तिको पहिलो सिंडी हो नै यही त्यही सिडि भेटिन्छ की भनेर बिगत १४बर्षबाट म राधे राधे जप्न प्रयत्न गर्दैछु अनन्त जन्मको पाप र मयल ले अन्तस्करण शुध्द भ एको छैन हेरौ यो जन्ममा नसके अर्को जन्ममा त भक्ति मार्ग पक्रन सकौला नि।मैले जुन भाव बताए हो साथी यही नै सनातन धर्म हो यसैबाट अनन्त जन्म ८४लाखे जीवनमा चक्कर मार्ने हाम्रो आत्माले भगवद प्रेम प्राप्त गर्दछ। तर भक्तिमा अहंकार होईन दिनता नम्रता सहनशीलता हुनु पर्दछ तामसखाना खानुहुदैन हत्याहिंसा बाट अलग बस्नु पर्दछ, भगवान का अनन्तनाम धाम र रुपमा भेद बुध्दि राख्नू हुदैन ईष्टदेव एक भगवान लाई मानेर सबै रुपलाई समान दर्शनीय मान्नू पर्छ।श्री सबै कुरा हुदा हुदै पनि मन जो ईलोक्ट्रोन, प्लोट्रन,र न्यूट्रन भन्दा शूस्म छ त्यसलाई भगवान मा जवसम्म लगाईदैन तवसम्म जती तीर्थ ब्रत पुजा पाठ र दान यज्ञ गरेपनि गुणा फल भनेर जव जगद्गुरू श्री कृपालुजी महाराज ले काठमान्डौ को दशरथ रंगशाला मा सजाईएको हाईटेक स्टेज बाट प्रवचन दिनुभयो तव त्रिपुरेश्वरको ट्रली बस स्टेशन नजिकको भटिमा भुटन चिउरा र डडुवामा कोक हालेर धोक्नू धोकेर नेपाल समाचारपत्र दैनिक का लागि जगद्गुरु को समाचार वनाउन पुगेको म मा होस हमास उड्यो ईन्डियन धोद्रे बुढो भन्दै धर्मलाई र श्रीमहाराजजी लाई लरकार्दै समाचार टिप्न ग एको म पतितले जव दुईबाक्य गुरु का सुने त्यसैदिन देखि मेरो आध्यात्मिक जीवन को सुरुवात भयो त्यसैदिन थाहाभयो कि गुरु ढोंगी हुदैनन, गुरूले कान फुकेर मन्त्र दिदैनन सन्तले श्राप दिदैनन अनी आशिर्वाद संसारी बिषयमा दिदैनन गुरूदेवले भगवान मा मिलाउन भक्ति दिने कुरा थाहाभयो अनी श्री कृपालुजी महाराज लाई नै राधाकृष्ण भगवान का मुर्तिमान अवतार माने।त्यसैदिन देखि माछा, माशु जाड रक्शी जस्ता तामशी खाना छोडिदिए।

तर गुरुले दिएको उपदेश अनुसार भगवदप्रेममा डुव्न सकेको छैन शरणागति हुन सकेको छैन। त्यसैले म भक्त हुदै होईन एक पतित दिनहिन साधक हुन खोज्दैछु।अ हाम्रो समाजमा जो पायो त्यसलाई भक्तजन भनेर पनि पगरी लगाईदिन्छन यो कुराको में बिरोधी हुं शास्त्र अनुसार त जस्ले तन मन धन परिवार सबै संसार भगवान र गुरुमा निछावर गर्छ उ भक्त हो अरु हुदै होईनन भक्त ध्रुव प्रल्हाद, मीरा तुलसीदास र शुरदासहरु हुन है। अनी यहां अर्को भ्रम छ बृन्दाबन र बनारस अथवा वाल्मीकि र पिन्डेश्वर कलेजबाट संस्कृत मा शास्त्री र आचार्य पास गरेपछि गुरु भन्ने।यो पनि गलत हो गुरु त यो हो जो माथि भनिए झै शोत्रीय र ब्रम्हनिष्ठ हुनुपर्छ है।श्री दुई गुण भ एमा मात्र गुरु मानिन्छ।चाहे गुरुले टाई सुट लगाउन चाहे पहेलो वा सेतो कपडा लगाउन चाहे बिवाह गरेर बसुन वा ब्रम्हचर्यमा रहुन यी सबै गौण हुन्छनगुरुलेपहेलै लगाउनू पर्छ भन्ने छैन।हो मैले श्री कृपालु जी महाराज लाई सदगुकै रुपमा पाए अनी उहांद्वारा प्रतिपादित प्रेमरस सिद्धांत को अनुयायी साधक बन्ने मौका मिल्यो।

प्रतिकृया दिनुहोस्