संकटमा सहयोगदिने यी महानहरु लाई सलाम (संझनाको तरेली ) - Chautari Post Online
Wednesday, June 26News That Matters

संकटमा सहयोगदिने यी महानहरु लाई सलाम (संझनाको तरेली )

कमल मिश्र

संकट को घड़ी मा साथ दियो जसले विर्सन्न जीवन भरिलाईू

संकट को क्षणमा बांसदिनु भो हजुरले विर्सन्न जुनि भरी नै ।

ए मामा संझन्छु सधै भरी नै, ए,माईजू बिर्सिन्न सधै भरि नै।

संकटकालमा सेनाले गोली ठोक्न घेराउ गर्दाू

भागी आए बिराटनगर स्मामा घरमा सुरक्षित ठान्दा २
बास दियौ गास दियौ,लुगा पनि सफागर्यौ,
ए बैनी बिर्सिन्न ति दिनलाई ए,मावली भुल्दिन सधै भरिलाई

जनप्रिय गायक जीवन शर्माले नेपाली समाजको क्रान्तिकारी परिवर्तन को प्रयोजनार्थ अर्कै शब्द तर मैले पोखेकै भावनाहरुको लयमा गाएकौ गीत संग म मेल खाने घटनाको
पात्र बनेथें कुनैवेला र संकटको घडिमा साथदिने साथी भनेर गायक शर्मा ले इङ्गित गरेका हरुको भुमिकामा बिस्सस्२०५९ र०६०साल तिरको दोस्रो संकट कालमा साहारामा हातहरु फैलाईदिनू भ एको थियो मेरा मामा बिराटनगर निवासी खगेन्द्र लुईटेल र उहांको परिवारले।
पुर्वको झापा मोरङ्ग तिर पत्रकार र वामपन्थी बुद्धिजीवी को परिचय का साथ सामाजिक अभियन्ता को पहिचान बनाइसकेको मलाई तत्कालीन माओवादी जनयुद्धले प्रभावित मात्र पारेन बर्गयुध्दको बलिवेदीमा कलमका माध्यमबाट होमिने अबस्था सम्म पुर्यायो नै। , परिणामस्वरूप २०५८को पहिलो संकटकाल घोषणा संगै ज्यान जोगाउन भारततीर छिर्दा दुर्घटनामा परी भारतमै पक्राउ ,जेल,यातना, अंग भंग अनी संपती समाप्तीको अवस्थामा पुगेको मलाई पुन दोस्रो संकटकाल मा झापा स्थित चार आली सैनिक गणका तत्कालीन गणपति लेफ्टिनेन्ट कर्णेल ध्रुव कुमार शाहले ज्यान नै लिन सैनिक जथ्था परिचालन गरेका थिए। पेस्तोल सहित हिडेका सैनिकहरुको आंखा छलेर बिर्तामोड बाट प्रकाशित मेरो आफ्नै अखवार जन आन्दोलन साप्ताहिक समेत बन्द गरेर म झापा छोडन बाध्य भ एको थिए। माओवादी घरमा राखे कडा कारबाही गरिने सैनिक र सरकारी उर्दी अनुसार सबैतिर चिनजान भ एको भ एपनि त्योवेला मलाई कसैले बासबस्न दिन मान्दैनथे। पहिलो संकटकाल मै सबैथोक गुमाएका कारण तर्सिएको म भने माओवादी ले भने अनुसार न पूर्णकालीन कार्यकर्ता बनेर भुमिगत हुन सके, नत मुल प्रवाह को पत्रकारिता लाई नै अगाले।

माओवादी का तत्कालीन केन्द्रीय सदस्य कमरेड राजेन्द्र उर्फ गौरीशंकर खड्का संगको सल्लाहमा भाग्दै लुक्दै युद्धको समर्थनमा जनलहर सृजना गरी बिस्तारै खुल्ला पत्रकारिता मा स्थिति हेरेर फर्कनू पर्छ कि११भन्ने सहमती अनुसार भाग्दै लुक्दै हिडेको मलाई मामाघर बिराटनगर आउनु पुर्व मोरङ्गको ईटहरा सातपिडी मा यात्रु बसभित्र को घटना अझै मेरो मानसपटलमा घुमिरहन्छ। उर्लाबारी बाट कच्चारोडमा ईटहरा सम्म कुद्ने बस जननेता मदन भन्डारी को घर नजिकै बाटो बिग्रिएको भन्दै झुनामारी को बाटो लादैथियो जब सातपिंडी नजिक बसपुग्यो गाउंले यात्रुहरु मध्ये केहीले मलाई चिन्थे उनिहरुको ईसारामा सबै यात्रु माओवादी ले अव बस जलाउने भयो१११ भनेर गाडिबाट ओर्लदै खेतैखेत भागे जनताको बुझाई न हो म बन्दुक लिएर गाडीमा आक्रमण गर्न हिडेको त थिईन तर बिचरा हरुलाई डर लाग्यो के गर्नेरुम भने चुपचाप बसबाट झरेर मेरी ठुली दिदि को घर ईटहरा कटनुतिर लागेथें।एककान दुई कान  मैदान भनेझै माओवादी भन्ने बित्तिकै अङ्ग सिरिङ्ग११हुने अवस्थामा त्यतिबेला इटहरामा बसीरहन मलाइ उपयुक्त लागेन किनकी गाडीमा मलाई चिन्नेले हल्ला गरे होलान् भन्ने भयो र पांचदिन पछि हानिए सौठा , रंगेली हुदै बिराटनगर तिर। जव बिराटनगर पुगे पत्रकार साथीहरु माझ ग एर बास अनी खास को अनुनय गर्दा संभावित कार्यवाही को भय देखाउदै पत्रकार र मानव अधिकार बादी हरु सबै पन्छिए अवभने साच्चै नै म अलपत्र परे नै।यही अलपत्रे घुमाईकै बीचमा नदेखेको स्थान मामाको घर पहिल्याउन कुर्ता सुरुवाल र टोपीमा हिडेको मैले धर्ममा लागेको नाटक रच्दै लामो चन्दन टीका लगाएर एउटा तोयानाथ पात्रो हातमा लिई हिडें आखिर मामाघर पत्ता लगाएरै छोडे अनी,पुगे जनपथटोल स्थित मामाका घरमा सांझपख। भेटघाट नभएको दशकौ बितेको र पहाड तेह्रथुम को ह्वाकू छोडेपछि मामाहरु संग टाडा भ एको मैले घर छोडेर हिंड्नु पर्ने कारण राती मामा माईजू भाई शंकर र ऋषी अनी बैनी जो सबै शिक्षा क्षेत्रमा अब्वल थिए सुनाए।शिक्षण पेशा छोडेर पहाड बाट छोरा छोरी लाई पढाउदै शहरिया जीवन बिताउन बिराटनगर झर्नुहुने मामा र समजदार माइजू शिक्षित भाई बैनी उहांहरु कोही पनि माओवादी होईन०सबैले मेरो कुरा सुनेर निर्ढुक्क संग बस्न त्यो बेला सुझाउनू भयो।आफन्त त परै जाओस यातायात को सैनिक जाचमा नागरिकता अनिवार्य देखाउनु पर्ने नियम अनुसार आफ्नो नागरिकता देखाए पक्राउ पर्ने भयले समान अनुहार भ एका मेरा दाजूको नागरिकता बोकेर काठमाडौं जान्छु भन्दा माओवादी लाई नागरिकता दिनुहुन्न भन्ने घर परिवार अनी बास र गास दिए फसिन्छ भन्ठान्ने अन्य आफन्त इष्टमित्र साथी भाई हरुले त्यतिबेला गरेको छिछिर दुर,दुर को समयमा मामाघरमा मिलेको आतिथ्यता र प्रेमपूर्ण ब्यवहार लाई मेरो जीवनभरी मैले कहिल्यै भुल्ने छैन।

खोजी खोजी मिठो मशिनो पकाएर ख्वाउनुहुने आदरणीय माइजू, छोराछोरी पढाउदा बैंकबाट घरधितो राखेर ऋण लिन बाध्य आदरणीय मामाले सामान्य पकेट खर्च छ छैनरुभनेर सोधी सोधी उपलव्ध गराउनू भ एको गुन म कहिल्यै भुल्दिन भने स्नेही बैनीले दैनिकजसो मेरा लुगा कपडा धुलाई दिएर आईरन गरिदिन्थिन उनिले यो दुखियालाई देखाएको सदभाव र सहयोग रुपी ऋणबाट म कहिल्यै सायदै उऋण हुन सक्तिन नै।त्यसैगरी हाल अष्ट्रेलिया मा घरजम गरेर बसेका भाइहरु शंकर र ऋषी लुईटेल दुबैजना टाडा भ एपनि मेरो मानसपटलमा सधै सधै खेलिरहेका हुनेछन। १५दिनको बसाई पछि मामाले दिएको खर्च बोकेर भारत को पटना हुंदै बीरगन्ज को बाटोबाट जव म काठमाडौं छिरे ,अव काठमाडौं मा पनि गास र बासको समस्या ले सताउन थाल्यो ठीक त्यही बेला बिराटनगर बाट काठमाडौं थप अध्ययन गर्न आएको मामाको ठुलोछोरा भाई शंकरले दुखका साथ आफै बसिरहेको बिजुली बजार स्थित कोठामा लगेर २महिना सम्म पालेको गुनलाई खै कसरी ब्यक्त गरौ र म काठमाडौं तिरका सारा आफन्तले म माओवादी लाई खान बस्न दिए आफै सिद्धिने छौ भन्दै घररघरमा मलाई प्रवेश निषेध गरेको समयमा राजनीति संग कुनै रूची नभ एको शंकर भाईले जसरी मलाई पाले यो स्वयमंमा सहयोग र प्रेमको अन्तिम पराकाष्ठा थियो नै।अझ त्यति मात्र होइन मेरो न्यास्रो मेट्न २०६१सालमा मेरी आमा झापा बाट भेटन काठमाडौं आउदा सिकिस्त बिरामी भ एर अस्पताल भर्ना हुनुभयो र डिस्चार्ज पछि सपरिवार बुद्धनगरमा रहनू हुने खगेन्द्र मामा ले आमालाई आफ्नै डेरामा लगेर स्याहार गर्नुभ एको क्षणत झनै प्रेरणा दायक छ नै।मेरी आमाका कान्छा काका का छोरा अनी अर्कातिर मेरी कान्छी फुपुका पनि छोरा मेरा लागि मामा अनी भान्जादाई को सम्वन्धमा रहनुहूने खगेन्द्र मामा र उहांको परिवारबाट मलाई माथि उल्लेख गरिएका क्षणमा जसरी साथ सहयोग भयो म सधै उहां र परिवार जन संग नतमस्तक छु।भाईहरु बिदेश बैनी ज्वाईघर गैसकेपछि भक्तपुर जिल्लाको कटुन्जे मा सानो घर बनाई नितान्त वानप्रस्थी जीवनमा रहनुहुने र हाल श्री राधाकृष्ण को भक्ति मार्गका अग्रणी जगदगुरु श्री निम्बार्काचार्य जी को संप्रदाय निम्बार्की बैश्णव बन्नुभएको मामा माइजू ,अनी बैनी र म कृपालु अनुगत सत्संगीका रुपमा रहेको भान्जो बीच एउटा पारिवारिक जमघटमा बुधवार ललितपुर इमाडोलमा भेटहूंदा हामीले एक आपसमा ढोग प्रणाम साटासाट मात्र गरेनौ अतित संझियौ हाँस्यौ रोयौ साथ साथमा आ आफ्नै तरिकाले प्रभू श्री राधाकृष्ण लाई भज्ने समेत प्रण गर्यौ। ।
अन्त्यमासस्संकटमा सशहयोग गर्ने यी महान लाई सलाम

राधे राधे।

संकटकालमा भाग्दै जादा क्रमश

प्रतिकृया दिनुहोस्