राष्ट्रिय भलिबल टोलीको मैत्रीपूर्ण खेल हुने - Chautari Post Online
Wednesday, June 26News That Matters

राष्ट्रिय भलिबल टोलीको मैत्रीपूर्ण खेल हुने

काठमाडौं  – नेपाली राष्ट्रिय भलिबल टोलीले आगामी साउन अन्तिम साता सुरु हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि तयारी सुरु गरिसकेको छ ।

यसैक्रममा ओलम्पिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टोलीलाई ‘रातो’ र ‘नीलो’ टोलीमा विभाजन गरेर मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल भलिबल संघले आयोजना गर्न लागेको खेलमा राष्ट्रिय टोलीका खेलाडी दुई टोलीमा विभाजन हुनेछन् । खेल लगनखेलस्थित आर्मीको कभर्ड हलमा शनिबार दिउँसो १:३० बजे हुनेछ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार सम्भावित नेपाल रातोको कप्तानमा राष्ट्रिय टोलीका कप्तान इम रानामगर र सम्भावित नेपाल नीलोको कप्तानमा राष्ट्रिय टोलीका उपकप्तान कुल बहादुर थापा रहनेछन् ।(हाम्रो खेलकुद)

प्रतिकृया दिनुहोस्