जिन्दगीका कथाहरु - Chautari Post Online
Friday, July 19News That Matters
centered image

जिन्दगीका कथाहरु

सहर चकमन्न छ । औँसीको कालो रातले छपक्कै छोपेका सहरका गल्लीहरु निरोकार देखिन्छन् । बेलाबेलामा भुस्याहा कुकुरहरुको स्वरले सहरको सहरियापनलाई फितलो बनाएजस्तो लाग्छ । एक्कासि मेरो कोठानजिकैको तलको गल्लीमा केही आवाज आएजस्तो लाग्छ । म उठ्छु र झ्याल खोल्छु– एक युवती । म छक्क पर्छु मध्यरातमा एक्लै ती युवतीलाई देखेर । म फटाफट तल झर्छु र उसको छेउमा पुगेर ठिङ्ङ उभिन्छु । गोरो वर्णकी बीस–पच्चीस वर्षकी ती युवतीको अनुहारमा डर होइन आक्रोश थियो । उसका आँखाहरुमा निराशा हैन आन्दोलित लप्काहरु तरङ्गित भइरहेका थिए ।
आपैmँमा एउटा हिम्मत र साहसजस्ती उसले मलाई प्रश्न गरी– ‘तपाईँ को हो ?’ मैले सहजै बताएँ– ‘म विमल’ । ‘अनि यो मध्यरातमा किन ?’ उसको यो सोधाइले म आपैmँ चकित बनेँ । जुन प्रश्न मैले उसलाई गर्नुपर्ने थियो त्यही प्रश्न उसले पो गरी । तैपनि मैले भन्नु नै थियो– ‘होइन, तपाईँ यहाँ … ?’ मेरो प्रश्नमा विराम लाग्नुपूर्व नै उसले हाँस्दै भनी– ‘भैगो, मैले तपाइँको कुरा बुभेmँ । ‘एउटी केटी, यो मध्यरातमा कताबाट’ होइन भन्न खोज्नुभएको ?’ मैले मुन्टो हल्लाएर भनेँ ‘अँ’ । उसले थोरै व्यङ्ग्यमिश्रित हाँसो छोडी र भनी– ‘हुन त मैले केही नभने पनि मलाई कर छैन तर एउटी केटीलाई दोछायाँ परेको गल्लीमा भेट्दा पनि नैतिकताले हो या हिम्मत नभएर उभिनु भएकोले मेरो छोटो परिचयचाहिँ दिनै पर्ला । मेरो नाम क्रान्ति हो । तपाईँलाई थाहै छ होला क्रान्ति के रात के दिन जति बेला पनि जहाँ पनि हुन्छ । क्रान्ति भनेको चेतना हो, चेतना भनेको युद्ध हो, युद्ध भनेको विद्रोह हो, विद्रोह भनेको मुक्ति हो, मुक्ति भनेको समानता हो, समानता भनेको पविर्तन हो परिवर्तन भनेको स्वतन्त्रता हो ।’ ऊ सटासट अघि बढ्छे । म आफ्नो कुतूहलताको विनानिकास नै किङकर्तव्यविमुढ बन्छु र कोठामा जान्छु । रात निक्कै छिप्पिसकेको थियो । ऊ को हो ? किन यो रातमा एक्लै यसरी हिँडेकी हो ? थुप्रै तर्कनाहरु मनमा आए । पत्तै नपाई उज्यालो पनि भइसकेछ । सधैँभैmँ पत्रिकावालाले पत्रिका दिन्छ, पत्रिकाको पहिलो पृष्ठमै युवतीद्वारा आत्महत्याको समाचार छापिएको देख्छु । मलाई कुतूहलता बढछ । हतारहतार समाचार पढछु– त्यही मध्यरातमा भेटिएकी केटी…।
समाचार पढेपछि पनि मलाई चित्त बुझेन । घटना घटेको स्थान सहरकै अर्को गल्लीमा भएकाले म त्यहीँ पुग्छु । तर त्यहाँबाट लास उठाइसकिएको रहेछ । संयोग नै भन्नुपर्छ घटनास्थलकै अलिक पर एउटा डायरी भेट्छु । कुतूहलताकै सेरोफेरोमा डायरीको पहिलो पानामै ‘क्रान्ति’ लेखिएको छ । म हतारहतार कोठामा आउँछु र डायरीका पानाहरु पल्टाउन सुरु गर्छु । डायरीको शीर्षक थियो– ‘‘जिन्दगीका कथाहरु’’।
मेरो जीवन यति सुखी छ की सायद संसारम यस्तो जीवन कसैले पाएको छैन । म हरेक दिन सङ्घर्षको मैदानमा हुन्छु । हार र जीत त सामान्य हो । तर सामना गर्नुचाहिँ ठूलो साहस रहेछ । मलाई अचम्म लाग्छ मान्छेहरु सहज र सरल मात्र खोज्छन् । ऐस र आरामलाई मात्र सुख ठान्दा रहेछन् । कहिल्यै रुनु नपरोस् कहिल्यै पीडाको अनुभूत गर्नु नपरोस् । खुसी र उल्लासलाई मात्रै मान्छेहरुले सार्थक जीवन ठान्दारहेछन् । तर म त जिवन्दगीलाई यी सबै कुराहरुबाट अलग राखेर सार्थक जीवन बिताइरहेकी छु । आँसुहाँसो, दुखसुख, पीडाउल्लास, सहज र असहजलाई म जिन्दगीको बाटो सम्झने गर्छु । जति बेला मेरा बाबाआमाले आफ्नो गरिबी र अभावको सामना गर्न नसकेर एकै साथ कायतापूर्ण आत्महत्या गरे त्यो दिन मेरा आँखाबाट एक रत्ति पनि आँसु आएन । जो सामना सङ्घर्षबाट भाग्छन् र मर्छन तिनीहरुको नाममा आँसु झार्नु अर्को आत्महत्या हो । त्यो बेला म पन्ध्र वर्षकी थिएँ । मेरा कायर बुबा र आमाले आत्महत्या गरेपछि बाँच्नका लागि म सहर पसेँ । बाँच्नु मात्र मेरो जीवनको लक्ष्य थिएन । यो समाजका लागि केही गर्छु भन्ने अठोट पनि थियो । मलाई यो सिङ्गो सहरले रत्ति पनि चिन्दैनथ्यो । यो सहरमा मैले कहिले जुठा गिलास माभेmँ, कहिले सडकमा मकै पोलेँ, कहिले चिया बेचेँ । ती कामहरुप्रति म अहिले पनि गौरव गर्छु किनभने मैले त्यहाँ इमानदारितापूर्वक आफ्नो पसिना बगाएकी थिएँ तर अपसोच ! जताततै बिजुलीको उज्यालो पुग्ने यो सहरमा मान्छेरुपी राक्षसहरुको रजाइँ चल्दो रहेछ । एक पटक होइन दर्जनौँ पटक मेरो अस्मिता यही सहरका नरपिचासहरुबाट लुटियो । प्रस्ट भन्नुपर्दा ती सबै विवेकहीद मानवब्वाँसाहरु थिए । साँझ पर्न नपाउँदै मात्तिने सडक र गल्लीहरुमा रात छिप्पिँदै गएपछि नरपिचासहरुको दाई चल्दो रहेछ ।

मानव खोलका नरभक्षीहरुबाट जुन दिन म आफ्नै कोठाछेउको गल्लीमा बलात्कृत भएँ त्यस दिन मैले त्यस जङ्गली बर्बरताका बारेमा कसलाई पो भनिन र ! नारी मुक्ति आन्दोलनका नाममा सुकिला लुगा लगाएर विदेशीका डलर पचाउनेहरुका भिडमा पो म गइनँ कि । नारी भनेका आधा आकाश हुन भनेर मञ्चबाट कुर्लीकुर्ली भाषण गर्ने नेता भनाउँदाहरुकहाँ पो गइनँ कि पैmसला सुनाउने र कार्वाही गर्ने अड्डाहरुमा पो गइनँ कि तर सानाको कुरा ठूलाबडा र बुद्धिजीवी भनाउँदाहरुको मथिङङगलमा घुस्दो रहेनछ ।
म पटकपटक लुटिइरहेँ । तर मलाई एउटा कुरा थाहा थियो– कसैसँग दयाको भिख माग्नुभन्दा आफ्नो जीवनका बारेमा आपैmँ सोच्नु पर्छ भन्ने बारेमा । त्यसपछि म जीवनको सङ्घर्षमय यात्रालाई एक्लै अघि बढाउने सङ्कल्पका साथ ममाथि खनिएका प्रेतहरुको नामोनिसान मेट्ने मौकामा थिएँ । मेरो एउृटा सानो चिया पसल थियो । एक दिन एउटा भलादमीजस्तो देखिने मान्छे चिया पिउन आयो । उसले मलाई छोटो समयमै मप्रति सहानुभूति पोख्न खोज्यो तर मैले थाहा पाइसकेकी थिएँ यो पनि एउटा रण्डो नै हो । मैले पनि यस्तै मौका पर्खिरहेकी थिएँ । एउटा रण्डालाई चिन्न पाएँ भनेँ अरु रण्डाहरुको नजिक पुग्छु भनेर । उसले सोचे जस्तै मैले पनि उसँग विवाह गर्ने नाटक रचेँ । मलाई थाहा थियो । यसले पनि मलाई लुटनेछ र छाडेर हिँड्नेछ । आखिर रण्डो न हो यो पनि । मैलेजस्तै उसले पनि विवाहको नाटक ग¥यो । अर्थहीन एउटा पोते र एक चिम्टी सिन्दुरले उसले मलाई स्वास्नी बनायो । तर मलाई थाहा थियो यो सबै नाटक हो भनेर ।

ऊसँग नाटकीय विवाह गर्नुअघि मैले उसका बारेमा सबै बुझिसकेकी थिएँ । यो त अझ यति व्यभिचारी रहेछ कि व्यभिचारको तल्लो दर्जाको कुनै तह हुन्छ भने त्यो पगरी यसलाई नै दिए हुन्छ । यसले त अझ बालिकादेखि वृद्धासम्मलाई छोडेको रहेनछ । नयाँ ठाउँमा जाने, दयाको नाटक रच्ने अनि कसैलाई बर्बाद बनाउनु नै उसको आदत रहेछ । भनौँ न यो त अझ रण्डाहरुको पनि महारण्डो रहेछ । नाटकीय विवाहकै रात टन्न जाँड धोकेर आयो । ऊ मात्रै आएन ऊसँग अरु दुइटा रण्डाहरु पनि साथमा थिए । मलाई पनि यो भन्दा राम्रो मौका अरु के पो हुन सक्थ्यो र ? म आफ्नो तयारीमा थिएँ । तीनैजना सटासट कोठामा पसे । मानौँ त्यो वातावरण यस्तो थियो कि पशुवत् यौनकुण्ठाको चरमोत्कर्षमा पुगेका राक्षसहरुका बीचमा एउटी निरीह युवती छे । मैले त मौकाको फाइदा उठाउनु नै थियो । मैले हाँसीहाँसी सहजै अर्को कोठामा गएर सर्वाङ्ग नाङ्गै भएर आउने बताएँ । राक्षसहरु पशुवत् यौनआवेगको छालमा हराइरहेका थिए तर म फर्किएर आउँदा म यसपटक नलुटिने गरी आएँ अर्थात लामो समयदेखि हरेक रात एकपटक आफ्नो मुक्तिको दृश्य देखिने मेरो खुकुरी थियो । मैले एकएक गरी छप्काएँ ।
अनुसन्धान र प्रशासनले मलाई खोजी गर्न थाल्यो । म आपूmलाई सुरक्षित बनाउँदै बाँकी रहेका प्रेतहरुलाई मसानघाटसम्म पु¥याउन हरेक रात गल्लीहरुमा पहरा गर्न थालेँ । दुइचार दिनभित्रै मैले बाँकी रहेका दुईचारजना रण्डालाई घाटसम्म पु¥याइसकेकी थिएँ । यी घटनाहरुपछि उनीहरु पनि मेरो खोजी गर्दै थिए । मेरो यात्रा निरन्तर थियो । भाषण र गीतसङ्गीतमा मात्र होइन समाजमा रहेका नरभक्षीहरुको अवसानका लागि अनि आपूmमाथि भएको जघन्य अपराधका बिरुद्धमा शस्त्रसहित जबसम्म हामी आपैmँ लड्न सक्तैनौँ तबसम्म मुक्तिको गफ गर्नु भनेको बकवास मात्रै हो ।

मलाई कथित कानुनको काउछो लागिसकेको थियो । तर म समर्पणको पक्षमा थिइनँ । समर्पण र बलिदान त देश र जनताको मुक्तिका लागि मात्र हुन्छ । मेरो यात्रा प्रस्ट लक्ष्य र उद्देश्यसहितको थियो; एउटा मान्छेले अर्को मान्छेमाथि गरेको जङ्गली ज्यादतिका विरुद्धमा थियो । मुक्तियात्राकै क्रममा मसँग एउटा हतियार थियो जसका कारणले मैले राक्षसहरुसँग सहजै जित हासिल गरेकी थिएँ । त्यो हतियार थियो– प्रतिशोध । पहिलोपल्ट मेरो कुमारीत्वमाथि धावाबोल्ने दुई नाइके रण्डाहरुको खोजीमा म थिएँ जसबाट म जीवनमा पहिलोपल्ट पशुवत् ढङ्गले लुटिएकी थिएँ । एक रात एउटा गल्लीमा मातेर हिँडिरहेको एउटा नाइकेसँग मेरा जम्काभेट भयो । एक निमेशमै मैले त्यसको धडकन त्यहीँ बन्द गरिदिएँ । त्यो दिन म निक्कै हाँसेकी थिएँ । यो मेरो यात्रा जारी रहनेछ । त्यो दिनसम्म जारी रहनेछ बजसम्म मजस्तै थुप्रै निरीह नारीहरुमाथि कुनै न कुनै बहानामा हामीहरु लुटइरहनेछाँै । हामी सिङ्गो समाजमै पुरुषहरुका खेलौना बनेर ओछ्यानमा सुत्ने साधन मात्रै बनिरहन्छौँ र हामीलाई यो समाजले निरीहताका नाममा जस्तोसुकै शोषण गरे पनि हामी मौन बसिरह्यौँ भने कुनै दिन यस्तो दिन आउनेछ । मजस्तै एक्लो नारीमात्र लुटिने छैनन्; नरभक्षी राक्षसहरु मैमत्त बनेर ओछ्यानमै पुग्नेछन् । त्यसैले हामीमाथि हुनेगरेका सबैखाले हिंसा र ज्यादतिका विरुद्धमा हामी आपैmँ जुर्मुराए उठ्नुपर्छ । मेरो यो यात्रा निरन्तर जारी रहनेछ … ।

जब मैले डायरीमा उसको जिन्दगीको कथा पढेर सिध्याएँ बाँकी रहेका साधा पानामा पनि मैले उसको विद्रोहको मुक्ति कथा देखेँ । मलाई विश्वास भयो क्रान्तिले आत्माहत्या गरेकी होइन । उसको हत्या भएको हो त्यो पनि सुनियोजित । वास्तवमा क्रान्ति महान रहिछे । जीवनको यात्रामा आपूmमाथि आइलागेका सबैखाले बाधाव्यवधानहरुलाई चिर्दै जिन्दगीलाई सार्थक बनाउन सुरु भएको उसको त्यो मुक्तियात्रालाई मैले पनि सलामी चढाएँ । मसँग उसलाई दिन श्रद्धाका आँसु बेगर केही पनि थिएन । त्यो बेला म एउटा कथासङ्ग्रह निकाल्ने तयारीमा थिएँ । तिनै क्रान्तिलाई श्रद्धाञ्जलीस्वरुप मेरो कथासङ्ग्रहको नाम पनि उसैको जिन्दगीको कथाको शीर्षक दिएँ । सबैभन्दा अघिल्लो पङ्क्तिमा उसकै जिन्दगीको कथाभित्रको एउटा अंशलाई लेख्न मन लाग्यो– ‘‘मान्छे श्वासप्रश्वास गरुञ्जेल बाँचेका हुन्छौँ र आरामै छौँ भन्छौँ तर मलाई लाग्छ यहाँ थुप्रै जिउँदा लासहरु यत्रतत्र छन् सधैँ सहेर बाँच्छन् अनि सहेको एक दिन सिद्ध हुन्छ भन्ने भ्रममा परेर अन्त्यमा मर्छन् ।’’ क्रान्तिको जिन्दगीको कथाभित्रको यो भनाइपछि मलाई पनि लेख्न मन लाग्यो– ‘घुँडा टेकेर कायरहरु बाँच्छन् छाती थापेर वीरहरु मर्छन् तर ती घुँडा टेकेर बाँच्नेहरु जिउँदा लास हुन्, छाती थापेर मर्नेहरु जिउँदा मान्छेहरु हुन् जो कहिल्यै पनि मर्दैनन् । आफ्नो मुक्तिका लागि जीवनको बलिदान गर्ने जीवन नै सार्थक जीवन हो । जो आपूmमात्र होइन अरुको मुक्तिका लागि लडेको हुन्छ । हो, क्रान्ति निरोकार रातमा एउटा गल्लीमा आयौ । आफ्नो नाम क्रान्ति भन्यौ र भोलिपल्टै गयौ तर म पूर्ण विश्वासमा छु तिमी मरेकी छैनौ । तिमीले मर्नु हुँदैन पनि । तिमी जन्मिरहनुपर्छ । म एउटा कायरले यो खोक्रो आडम्बरलाई प्रदर्शन गर्न मात्र होइन आजैदेखि साहास बटुलेर म तिमीलाई खोज्नेछु । तिम्रो यात्रालाई निरन्तरता दिनका लागि क्रान्ति बनेर तिम्रो यात्रालाई जारी राख्नेछु …। ▄( जिन्दगीका कथाहरु संग्रहबाट )

प्रतिकृया दिनुहोस्