जनकपुरधामको मुहार फेरेर देखाउँछौं - Chautari Post Online
Friday, July 19News That Matters
centered image

जनकपुरधामको मुहार फेरेर देखाउँछौं

लालकिशोर साह
नगर प्रमुख,
जनकपुरधाम उप–महानगरपालिका, धनुषा

नेपालको धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक पवित्रस्थल जनकपुरधाम। धनुषाको जनपुरधाम ऐतिहासिक पौराणिक धार्मिक महङ्खवको दृष्टिकोणले देश मात्र होइन, विदेशमा समेत परिचित छ। देशको पहिचानसँग जोडिएको जनकपुरधाम पौराणिक एंव रामायणकालीन महङ्खवका कारण धार्मिक पर्यटकीय आकर्षण केन्द्र पनि हो।

जनकपुरधाम ऐतिहासिक मैथली सभ्यताको केन्द्रविन्दुका रूपमा संसारभर परिचित छ। राजा महर्षि जनककी छोरी सीताको जन्मस्थल जनकपुरधामबाटै राम र सीताको विवाहसमेत भएको धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ। प्राचीन जनकपुरको वर्णन रामायण, वेद, पुराणमा समेत उल्लेख गरिएको छ। जानकी मन्दिरको वास्तुकला अनुपम छ।

तर, पनि अहिलेसम्म जानकी मन्दिर विश्वसम्पदा सूचीमा समावेश हुन सकेको छैन। विश्वसम्पदा सूचीमा समावेश गर्ने कार्यमा जनकपुरधाम उपमहानगरपालिकाले सक्रियता बढाएको छ। जनकपुरधामभित्र भएका विकास निर्माणका काम अगाडि बढाउन झेल्नुपरेका चुनौती र आगामी योजनालगायतका विषयमा केन्द्रित भएर जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानी ः–

जनकपुरको विकासका लागि कसरी काम गरिरहनुभएको छ ?

जनकपुरधामको महत्वलाई स्थापित गर्न जनकपुरदेखि जनकपुरधामको यात्रा भन्ने नारालाई अगाडि सारेका छौं। प्रथम नगरपरिषद्को बैठकले जनकपुर उपमहानगरपालिको नाम परिवर्तन गर्दै जनकपुरधाम उपमहानगरपालिका नाम राख्ने निर्णय गरेको छ, जुन निर्णयले संवैधानिक मान्यता पनि प्राप्त गरिसकेको छ।

हामीले जनकपुरधामको कार्यालय २५ वटै वडाको वडा कार्यालय शिक्षण संस्थाहरू र स्वास्थ्य संस्थालाई सुर्तीजन्य वस्तु निषेध गर्ने, सेवाग्राहीलाई पनि प्रयोग गर्न नदिने निर्णय कार्यान्वयन गरेका छौं। जनकपुरको धार्मिक, ऐतिहासिक सांस्कृतिक मान्यता प्रवद्र्धन गर्न समाजमा भइरहेको केही गलत अभ्यासलाई निषेध गरेर अगाडि बढेका छौं।

आगामी एक वर्षभित्र जनकपुरधाममा आमूल परिवर्तन पाउनुहुनेछ। जनतामा परिवर्तन आफैंबाट गर्नुपर्छ भन्ने अनुभूत हुन थालेको छ र त्यहीअनुसारको काम पनि शुरू गरेका छौं। गनाएको जनकपुर, फोहोरी जनकपुर, झगडालु जनकपुर, हिँड्दाहिँड्दै ठोक्किने जनकपुर, लामखुट्टेले टोक्ने जनकपुर भन्ने त यहाँ उखान नै थियो। बाहिरको मानिस कोही जनकपुर जान लाग्यो भने पनि सचेत भएर हिँड्नु है भनेर भन्थ्यो। विगतमा लामखुट्टेको बारेमा सोधेर मात्र जनकपुर आउने अवस्था थियो।

उपमहानगरपालिकालाई व्यवस्थित बनाउने योजनाअन्तर्गत सडक विस्तारको काम अगाडि बढाएका छौं। ३० किलोमिटर बाटो विस्तारको काम भइरहेको छ। एयरपोर्टदेखि रेलवे स्टेसन साढे चार किलोमिटर, रामनन्द चोकदेखि जानकी मन्दिरसम्म सवा किलोमिटर पर्छ।

हामीले यी क्षेत्रमा सडक विस्तार गर्न सफल भएका छौं। शहरी विकास मन्त्रालय र एडीबीको सहयोगमा सडक बिस्तार र निर्माणको काम भइरहेको छ। यो अवधिमा हामीले योजनाबद्ध रूपमा नै काम अगाडि बढाएका छौं। सडक विस्तारको क्रममा ठूलो मात्रामा घर भत्काइएको छ। त्यस स्थानमा सडक फुटपाथ निर्माण गरेर सडक कालोपत्रे गर्ने काम पनि सम्पन्न भइसकेको छ। हामीले मिथिला सांस्कृतिक शहरका रूपमा विकास गर्ने नीति लिएका छौं। पौराणिक मान्यता बोकेका राजा जनकको राजधानी रहेको जनकपुरधाममा मिथिला संस्कृतिको झलक कसरी दिने भन्ने विषयमा लागेका छौं।

रेलवे स्टेसनदेखि जनकचोकलाई मिथिला संस्कृतिक क्षेत्र घोषणा गरेका छौं। यी क्षेत्रमा हामीले अनिवार्यरूपमा घरलाई केशरी रंग अनिवार्य गर्ने योजनाअनुसार काम भइरहेको छ। यो अभियानमा स्थानीयले साथ दिएका छन्। हाम्रो नगरपालिकाको कर्मचारीको पोशाक पनि केशरी रंगको लगाउन निर्देशन दिएका छौं। सांस्कृतिक पहिचानलाई कसरी जोगाउने र आगामी दिनमा कसरी थप विकसित बनाउँदै लैजाने भन्ने विषयमा हामी गम्भीरतापूर्वक लागेका छौं।

जानकी मन्दिर अहिलेसम्म विश्व सम्पदा सूचीमा समावेश हुन सकेको छैन किन ?

हो, विगतमा धैरै नारा र भाषण गरे पनि ऐतिहासिक पहिचान बोकेको नेपालकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रभित्र पर्ने जनकपुरधामलाई विश्वसम्पदा सूचीमा समावेश हुन सकेको छैन। हामीले जनकपुरधामलाई विश्वसम्पदा सूचीमा राख्नका लागि विधिवतरूपमा निर्णय गरेर प्रक्रिया अगाडि बढाएका छौं। पुरातत्व विभाग, युनेस्कोको कार्यालयसम्म पुगेर झकझक्याउने काम गरेका छौं। अहिले विश्वसम्पदा सूचीमा कुन–कुन क्षेत्रलाई समावेश गर्ने, जानकी मन्दिरसँगै अरगजा, तेलाह मडाह, राम मन्दिर समावेश गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

सांस्कृतिक शहरका रूपमा विकास गर्ने के–के योजना बनाउनुभएको छ ?

खानेपानी मन्त्रालयअन्तर्गत रहेको खानेपानी विकाससँग सम्झौता गरेर पोखरीहरूको सौन्दर्यकरण र संरक्षण, उपमहानगरपालिकाको २५ नम्बर वडालाई स्मार्ट वडाका रूपमा विकसित गर्ने उद्देश्य राखेका छौं। राजा जनकले आफ्नी पुत्री सीताको विवाहका लागि धनुष तोड्न आ≈वान गर्नुभो र राजकुमार राम आएर धनुष तोडेको रंगभूमि मैदानलाई कसरी थप विकसित गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं। त्योसँगै रहेको अञ्चल अस्पतालको फोहारमैला व्यवस्थापनलाई ध्यान दिइरहेका छौं।

३२ वटा पोखरीको सौन्दर्यकरण गर्ने काम अगाडि बढेको छ। गंगा सागर, धनुष सागर र अरजगालाई सौन्दर्यकरण गरेर व्यवस्थित बनाउने नीति लिएका छौं। हामीसँग जानकी लिला रहेको छ।

३० किलोमिटर बाटो विस्तारको काम भइरहेको छ। एयरपोर्टदेखि रेलवे स्टेसन साढे चार किलोमिटर, रामनन्द चोकदेखि जानकी मन्दिरसम्म सवा किलोमिटर पर्छ। हामीले यी क्षेत्रमा सडक विस्तार गर्न सफल भएका छौं। शहरी विकास मन्त्रालय र एडीबीको सहयोगमा सडक विस्तार र निर्माणको काम भइरहेको छ। यो अवधिमा हामीले योजनाबद्ध रूपमा नै काम अगाडि बढाएका छौं। सडक विस्तारको क्रममा ठूलो मात्रामा घर भत्काइएको छ। त्यस स्थानमा सडक फुटपाथ निर्माण गरेर सडक कालोपत्रे गर्ने काम पनि सम्पन्न भइसकेको छ।

जानकीजीको बाल्यकालदेखि लिएर स्वयम्बर र विवाह भएको पाइन्छ। परम्पराअनुसार विवाह भएपछि सीतामाता जनकपुरबाट जानुहुन्छ।

राजा जनक घरबाहिर जाँदा शिव धनुषको पूजा गर्न सीतामातालाई अ¥याएर जानुभो। त्यहाँ जादा घाँस नै घाँस थियो र सीता माताले बाँया हातले उठाएर पूरा गर्नुभो। त्यो देखेपछि राजा जनकले यिनी त सामान्य मान्छे होइनन्, यिनको विवाहचाहिँ यो धनुष तोड्ने राजकुमारसँगै विवाह गर्ने संकल्प गर्नुभो। विवाह भएपछि जानकीजी जानुहुन्छ। उहाँ गएपछि मिथिलाबासीले पीडा सहन नसकेर विदाइपछिको कथालाई रुचाउँदैनन्। गंगा सागरमा त्यो पीडा हामी झल्काउने गरी काम गर्दै छौं। त्यसका लागि ठेक्का आ≈वान पनि भइसकेको छ।

पोखरीहरू अतिक्रमण हुने क्रम बढेको छ, यसको संरक्षणका लागि के काम गरिरहनुभएको छ ?

५२ कुटी ७२ कुण्डका रूपमा जनकपुरधामको पहिचान बोकेको छ। हामीले सार्वजनिक जमिनको संरक्षणका लागि नीति तथा कार्यक्रममा नै समावेश गरेर बजेट विनियोजन गरेर सार्वजनिक जमिन संरक्षण समिति गठन गर्नका लागि कार्यविधि बनाएर काम अगाडि बढाउन सकेनौं। जनकपुरजस्तो ठाउँमा गुठीको ९० प्रतिशत अचल सम्पत्ति भनेको गुठीको छ। यहाँ धर्म लोभ गर्ने किसिमबाट एक सय एक डन माफियादेखि लिएर विगतदेखि नै ठूलाबडाहरूले मिच्ने र लिने काम गरेका छन्। यसलाई संरक्षण गर्ने कामलाई हामीले ठूलो चुनौतीका रूपमा लिएका छौं। अहिले हामीले पुनः सार्वजनिक सम्पत्ति संरक्षण समितिको निर्देशिका र कार्यविधि पनि बनाउँछौं। जति पनि ऐलानीप्रति सम्पत्तिहरू छन्, ती सम्पत्तिको संरक्षण गर्ने काममा ध्यान दिन्छौं। विद्यालय, अस्पताललाई दिएको सम्पत्तिसँग नेपाल सरकारलाई दिएकै कतिपय सम्पत्तिहरू हराएको अवस्था छ। त्यसका लागि अमिन राखेर जनकपुरधामको पूरै नक्सा सर्भे नापीबाट झिक्न लगाइरहेका छौं। कसरी सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने भन्ने कार्यविधि बनाएर अगाडि बढ्नेछौं।

तर अहिले भइरहेका सार्वजनिक पोखरीहरूको सौन्दर्यकरण गर्नका लागि पनि कार्यविधि चाहिन्छ र ?

जुन काम गर्दा पनि जनतासँग सहकार्य गरेर जानुपर्छ। २०५४ सालपछि २०७४ मा निर्वाचन भयो। २० वर्षको अन्तरमा स्थानीय तहको निर्वाचन भो। त्यो अवधिमा मूलुकले धेरै राजनीति घटनाक्रमबाट गुज्रिनुपरेको थियो। निर्वाचन भएको दुई वर्षको अवधिमा जति सकिन्छ त्यो काम अगाडि बढाएका छौं। हामीसँग जनशक्ति छैन। कर्मचारीको अभाव छ।

२०४९ सालमा म निर्वाचित भएर आउँदा त्यतिबेला काम गर्ने कर्मचारीको संख्याभन्दा अहिले झन् कम छ। त्यतिबेला १४ वटा वडा थिए अहिले २५ वटा वडा भएका छन्। उपमहानगरपालिकाभित्र जनसंख्याको चाप बढेर गएको छ। सेवाग्राहीको चाप बढ्यो तर सेवा प्रवाह गर्ने जनशक्ति भने बढेको छैन। जसका कारण काम गर्न निकै कठिनाइ छ। जनकपुर निर्माणको अभियानमा यहाँका नागरिकहरू स्वःस्फुर्तरूपमा लाग्नुभएको छ। यहाँको सौन्दर्यकरण बढाउने काममा जुट्नुभएको छ। नगरलाई सफा, स्वच्छ र हराभरा बनाउने हाम्रो अभियानमा नागरिकहरूले सहयोग गरेका छन्।

उपमहानगरपालिकाभित्र अस्तव्यस्तरूपमा रहेको फोहोरमैला व्यवस्थापन कसरी गर्छ ?

एकैपटक सबै काम गर्न सम्भव छैन। सबै क्षेत्रमा एकैपटक काम गर्न खोज्दा उद्देश्य पूरा नहुन पनि सक्छ। बढी क्रान्तिकारिता देखाउँदा यो पनि नहुने त्यो पनि नहुने भयो भने नागरिकमा झन् निराशा बढ्छ। त्यस कारण स्रोत र साधनअनुसार जे काम गर्न सकिने हो त्यो मात्र गर्नुपर्छ। यो अवधिमा जनकपुरधामले निकै फड्को मारेको छ।

अब सरसफाइको सबालमा, ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी लागिपरेका छौं। विस्तारै जनतालाई बुझाउँदै जनताको साथ लिएर यो अभियानलाई सार्थक बनाउने अभियानमा छौं। आगामी एक वर्षभित्र जनकपुरधाममा आमूल परिवर्तन पाउनुहुनेछ। जनतामा परिवर्तन आफैंबाट गर्नुपर्छ भन्ने अनुभूत हुन थालेको छ र त्यहीअनुसारको काम पनि शुरू गरेका छौं।

गनाएको जनकपुर, फोहोरी जनकपुर, झगडालु जनकपुर, हिँड्दाहिँड्दै ठोक्किने जनकपुर, लामखुट्टेले टोक्ने जनकपुर भन्ने त यहाँ उखान नै थियो। बाहिरको मानिस कोही जनकपुर जान लाग्यो भने पनि सचेत भएर हिँड्नु है भनेर भन्थ्यो। विगतमा लामखुट्टेको बारेमा सोधेर मात्र जनकपुर आउने अवस्था थियो। अहिले ६० प्रतिशत लामखुट्टे नियन्त्रण गर्न सफल भएका छौं। फोहोरमैला व्यवस्थान गर्ने ल्यान्डफिल्ड साइट हामीसँग छैन। हामीले चाहेर पनि, जग्गा भएर पनि काम अगाडि बढाउन सकेका छैनौं। ल्यान्डफिल्ड साइट नभए पनि हामीले फोहोरमैला व्यवस्थापन गर्ने काममा लागेका छौं।

जनपुरधामको गुरुयोजना निर्माण भइसक्यो कि बनाउने चरणमा हुनुहुन्छ ?

निर्वाचित भएर आएपछि हामीले ठ्याक्कै गुरुयोजना निर्माण गरेका छैनौं। ठूलो स्केलमा हामीले काम गर्न खोजेको हो। संघ, प्रदेशबाट हाल सञ्चालन भइरहेका योजना र हाम्रो उपमहानगरपालिकाको योजनालाई समन्वय गरेर अगाडि बढ्न खोजेका छौं।

जनकपुरलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने काम पहिलो चरणमा गर्नुपर्नेछ। अर्को जनकपुरलाई सांस्कृतिक शहरका रूपमा विकसित गर्ने कामलाई तीव्रता दिएका छौं। जनकपुरधाममा अन्तर्राष्ट्रिय संस्कृति विश्वविद्यालय स्थापना गर्ने वातावरण सिर्जना गर्दै छौं। संस्कृतिको मूल केन्द्र भनेको नेपालमा रहेको पौराणिक मिथिलाको राजधानी प्रदेश–२ को राजधानी जनकपुरधाम हो। यहाँ पौराणिक लिपि छ। रामायणको कथाको सुरुआत भएको ठाउँ पनि जनकपुरधाम नै हो।

स्मार्ट सिटीको बनाउने योजना कसरी अगाडि बढेको छ ?

निर्वाचनका क्रममा मैले स्मार्ट सिटी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ। जनता स्मार्ट हुनुप¥यो, भौतिक पूर्वाधार स्मार्ट हुनुप¥यो। निर्वाचनका क्रममा मैले गलत बाचा गर्नुहुन्न भन्ने कुरामा सचेत थिए। प्रदेश नम्बर २ को अस्थायी राजधानीका रूपमा रहेको जनकपुरधामको विकास गर्न हामी अहोरात्र लागेका छौं। हामीले २५ वर्षे योजना बनाएर अगाडि बढ्नुपर्छ। अहिलेकै गतिमा दृढ इच्छा शक्तिको साथ काम ग¥यौं भने आगामी १५ वर्षपछि स्मार्ट सिटीका लागि स्वःस्फूर्तरूपमा वातावरण बनेर जान्छ। संघीय सरकारले स्मार्ट सिटीका लागि जनकपुरधामलाई समावेश गरेको छैन। हामीले कोशिस त गरेका हांै। शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन गरेका छौं।

नेपाल समाचारपत्राबाट साभार

प्रतिकृया दिनुहोस्