सरकारी जागिरबाट स्वेच्छिक अवकासपछि मामिछानेले सुरु गरे केरा खेती (भिडियो सहित) - Chautari Post Online
Friday, July 19News That Matters
centered image

सरकारी जागिरबाट स्वेच्छिक अवकासपछि मामिछानेले सुरु गरे केरा खेती (भिडियो सहित)

नेपाल सरकारले ल्याएको स्वेच्छिक अवकाशपछि महेश्वर लामिछानेले सुरु गरेको केरा खेती गर्न सुरु गरेका थिए । उनले पहिलो वर्षको केरा कटानी समेत गरेका छन् । व्यवसायिक खेती मा संलग्न हुने दृढ इच्छाशक्तिका साथ व्यवसायिक केरा खेतीमा होमिएका पूर्व बरिष्ठ वागवानी विकास अधिकृत लामिछानेले करिव ५ सय केरा विक्री गरेका हुन । भन्छन्, ‘फार्ममा पहिलो वर्षको केरा विक्री गर्दा आनन्द र सन्तुष्टि भएको छ।’ 
उनले अहिलेसम्म फार्ममा कुनै अनुदान पाएका छैनन् । तर, अहिले गोडमेल गर्ने औजारहरू को लागि कृषि ज्ञान केन्द्र मा प्रस्ताव भने हालेका छन् । केराको स्वस्थ विरुवा, मलखादको समयमै उपलब्धता, एकै चक्लामा उपयुक्त २०÷३० विघा जमिन पाउने ब्यवस्था, रोग किराको ब्यबस्थापन, २.६ प्रतिशतको सहुलियत बैंक कर्जा मात्रै ब्यबस्थित गर्न सके केरा खेती राम्रो हुने उनको अनुभव छ । 

 

हलोखबर

प्रतिकृया दिनुहोस्