मेची दिब्यज्योतीको ‘ संसार हेर्ने मेरो रहर ’ अभियानमा सहभागि बन्न अनुरोध - Chautari Post Online
Friday, July 19News That Matters
centered image

मेची दिब्यज्योतीको ‘ संसार हेर्ने मेरो रहर ’ अभियानमा सहभागि बन्न अनुरोध

मेचीनगर । मेची दिब्यज्योती आँखा अस्पतालले असार ४ गतेबाट शुरु गरेको ‘ संसार हेर्ने मेरो रहर ’ अभियान अन्तरगत मंसीर ४ गते सम्म सञ्चालनमा ल्याएको निशुल्क आँखा परिक्षण कार्यक्रममा सहभागि बन्न सबैमा अपिल गरेको छ।
अस्पतालका मेडिकल डाईरेक्टर डा मोनिका कर्माचार्यले चौतारी पोष्ट अनलाइनसगको संक्षिप्त कुराकानीमा यो अभियानलाई सफल बनाउन मेचीनगरबासीमा अनुरोध समेत गरेकीछन् । उनले मेचीनगर ७ ईटाभट्टामा रहेको मेची दिब्यज्योती आँखा अस्पतलामा आगामी मंसीर ४ गते सम्म सबै नेपालीका लागि ल्याईएको निशुल्क नेत्र परिक्षणको कार्यक्रममा अहिले सम्म दर्जनौले निशुल्क यो सुविधा लिइसकेको र सम्पर्कमा आउनेक्रम जारी रहेको पनि बताईन् ।


एक जिज्ञासमा डाक्टर कर्माचार्यले हामीलाई सुन्दर संसार देखाउने आँखालाई हामीले भने यसको हेरचाह र स्वास्थ्यको ख्याल गर्न भुलेकै कारण अन्धकारमा बस्नु पर्ने अवस्था आउने भएकाले समय समयमा आँखाको परिक्षण सबैका लागि अनिवार्य भएको बताईन् । उनले भनिन् संसार हेर्ने हामी सबैको रहर पुरा होस भन्ने मानविय र सामाजिक भावनालेनै मेची दिब्यज्योतीले ‘ संसार हेर्ने मेरो रहर ’ अभियान ल्याएको बताईन् ।
अस्पतालका संचालक सदस्य राम ओलीले यो कार्यक्रम बिशुद्द मानविय र सामाजिक सेवाको कार्यलाई आत्मसात गरेर ल्याएको बताए । उनले यो कार्यक्रम मेची दिब्यज्योतीको मात्र नभएर सामाजिक अगुवा , राजनीतिक पार्टी र स्थानिय सरकार सबैको साथ र सहयोग भएमा अझ प्रभावकारी र उपलब्धिमूलक हुने बताए । ओलीले थपे ‘ हरेक मानिसको संसार हेर्ने रहरलाई साथ दिनु हामी सबैको मानविय दायित्व हो’। उनले मेची दिब्यज्योतीको एक मात्र उद्ेश्य भनेको सबैलाई उज्यालो संसार देखाउनु हो र यो कार्यक्रम आफैमा जुन सुकै कोणबाट पनि पवित्र भएकाले सबैको साथ र सहयोगको अस्पतालले अपेक्षा गरेको बताए ।
अस्पतालका मेडिकल डाईरेक्टर डा कर्माचार्यले एक प्रश्नको जवाफमा भनिन् ‘ यो सस्तो लोकपृयताका लागि त पटक्कै होइन , हाम्रो एउटै मात्र उद्ेश्य भनेको आम नागरिक आँखामा लाग्ने सामान्य रोगका कारणबाट संसार हेर्ने अवसरबाट बञ्चित बन्नु नपरोस , हाम्रो सानो सहयोगबाट यदि कोही कसैले संसार हेर्ने उसको दृष्टि पाउँछ भने त्यो भन्दा ठूलो आत्मसन्तुष्टि अरु के हुन सक्छ ? अस्पतालका संचालक सदस्य ओलीले थपे ‘ यो अभियान शहर बजारदेािख गाउँगाउँ सम्म पु¥याएर यो अभियानलाई सफल बनाउन संचार माध्यामको सहयोगका लागि अनुरोध समेत गरे उनले बिशेष गरि मेचीनगर क्षेत्रका चिया बगान , यहाँका कृषि मजदुर लगायत सबै वर्ग र तप्कामा यो निशुल्क अभियानको सूचना प्रवाह गर्नु सबैको मानविय दायित्व समेत भएको बताए । मेची दिब्यज्योतीको यो अभियान अन्तरगत निशुल्क आँखा परिक्षण , परामर्श तथा अन्य जनचेतनामूलक कार्यक्रम समेत संचालन गरिने डा कर्माचार्यले बताईन् ।

प्रतिकृया दिनुहोस्