इटालियन च्याम्पियन युभेन्टस र डे लिग्टबीच सम्झौता - Chautari Post Online
Friday, July 19News That Matters
centered image

इटालियन च्याम्पियन युभेन्टस र डे लिग्टबीच सम्झौता

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस र आयाक्सका डिफेन्डर माथिस डे लिग्टबीच सम्झौता भएको छ । युरोपका ठूला क्लबले पछ्याइरहेको अवस्थामा डे लिग्टलाई युभेन्टसले अनुबन्धन गर्ने प्रक्रिया अगाडी बढेको छ ।

डे लिग्टका एजेन्ट मिनो रायोलाका अनुसार युभेन्टस र खेलाडीबीच सम्झौताका लागि समझदारी भइसकेको छ । अब आयाक्स र युभेन्टसले ट्रान्सफर रकममा सम्झौता गरेपछि उनी युभेन्टसका खेलाडी बन्नेछन् । आयाक्सले डे लिग्टलाई अनुबन्ध गर्न कम्तिमा ७५ मिलियन युरोको माग गरेको छ । यता युभेन्टसले भने ६५ मिलियन युरो अहिले तिर्ने र उनको प्रदर्शनका आधारमा बाँकी १० मिलियन तिर्ने प्रस्ताव अगाडि बढाएको छ ।

आयाक्सलाई गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याउन डे लिग्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आयाक्सलाई लिग च्याम्पियन पनि बनाएका थिए ।

प्रतिकृया दिनुहोस्