नेपालमा बालबालिकाको दयनिय अवस्था - Chautari Post Online
Friday, July 19News That Matters
centered image

नेपालमा बालबालिकाको दयनिय अवस्था

लोकेन्द्र भट्ट
दार्चुला हाल सुनाकोठी, ललितपुर

नेपाल एक गरीब राष्ट्र, आर्थिक स्थिती कमजोर, शैक्षिक स्थिती लथालिङ बरोजगारहरुको बिगबिगी, महिला तथा घरेलु हिंसा नगण्य मात्रामा, अति भन्दा अति तिव्र रुपले विकसितभइरहेको यहाँको राजनीतिक अवस्थाले देश विदेशमा निकै परिचित अझ यसमा पनि विशेष गरी शारीरिक, मानसिक र बौद्धिक अपाङ्गहरु, त्यसमा पनि आमा–बुबा गुमाएका, साथी–सङ्गी, समाजबाट नै एक्लिएका सडकमा समेत सुत्न नपाउने टुहुरा तथा अनाथ बालबालिकाको हेर्न र महशुस गर्न नसक्ने पीडाले एउटा छुट्टै पहिचान बनाउनु यो देशले विशेष पहिचा नपाएको नै छ । त्यसैले नेपाल सबैखाले दृष्टिकोणबाट विश्वमा चिनिनु स्वभाविक नै हो । किनभने यहाँको जस्तो विचल्ली रोदन, पिडा विभत्स चित्कार बोकेको समाज र देश सायद कतै भेटीदैन पनि ।

यहाँ अप्ठयारामा परेका जिउन नसक्ने बालबालिकाको संख्या आँकलन गर्न निकै सजिलो छ । किनकी ७०५ भन्दा माथिका  बालबालिकामा राज्यको पहुँच नै छैन् । त्यसमा विशेष बालबालिकाको कुरा निकै टाढा नै छ । देश भरीमै गरीबीको चपेटा उत्तिकै छ । सबै ठाउँमा राजनीतिक गुण्डागर्दी, खराब मनस्थिती भएका समाजिक गुण्डाहरुको स्थानउच्च नै छ । बचे खुचेका ठाँउमा मित्र साथीको रुपमा भित्रिएका विदेशी दलालहरुको घुँइचो पनि सायद बन्दनहोला । यहाँ शिक्षाको नीति कुनै पनि देशमा नभएको बनिरहेकाले पनिथप समस्याहरु निकट भविष्यमा छिट्टै स्थान लिने कुरामाकुनै दूई मत देखिदैन् होला ।
कुनै बालबालिकाहरु १० औ दिनसम्म घ्रिसेर विभिन्न उदेश्यका साथ सदरमुकाम आइपुग्छन् । तर यो देशका शासकहरुको मुटु दुख्दैन् । उल्टो उनीहरुकै विषयबस्तु बनाई आन्दोलन तथा राजनीतिक मञ्च तताउन थप बल प्राप्तगर्दछन् । सरकार संघसंस्थाहरु कर्मचारीका छोरा छोरी पढाउने, ठूला–ठूला महल, गाडी आदी व्यवस्था गर्नमा नै व्यस्त देखिन्छन् ।
विशेष बालबालिहरु खान लाउन नपाउने मात्रै नभई आमाबुबा संरक्षकबाट सँधैका लागि टाढा भएकाहरु को, कहाँ, कसरी सहजतरिकाबाट तस्करको हातबाट मारीरहेका छन् । यस्ता छटपटी बोकेकाहरुको संख्या नत सरकार सँग छ न कुनै संघसंस्था सँग छ होला । किन यस्ता असह्य पिडा बोकेकालाई झन दिन प्रतिदिन लात हानिदैँछ । किन यिनीहरुको नाउँमा छुट्याएको र बाहिरी विदेशी सहयोगी दाताहरुबाट आएको गाँस, बास र कपासलाई ठगहरुबाट कोमल सिरानी बनाईदै छ त । छि : घिनलाग्दो संस्कारबाट जन्मेकाहरु, आलसी र अहंकारीहरु, अपाङ्ग तथा अशक्तहरुको खाट बनाई तिनीहरुको निन्द्रा चोरेर सिरक बनाई सुत्नेहरु तिनीहरुलाई लाज लाग्नुपथ्र्यो घर भित्र बाहिर गर्दा, आफनो परिवारको सामुन्ने अगाडी उभिदा झन लाजले भुतुक्कै पर्नु पथ्र्यो ।
त्यसैले म सम्पुर्ण ख्रीष्टियन धार्मिक संस्थालाई अनुरोध गर्न चाहान्छु कि आपसी मेलमिलाप, भाइचारा, सहिष्णुता कायम गरी यस्ताखाले बालबालिकालाई दूई छाक खाना बस्ने व्यवस्था, जिउ ढाक्ने एकसरो लुगा हामीआफनै पसिना र सामथ्र्यबाट जोहो गर्न, जो सँग जे जति छ उपलब्ध गराउँ । विकट भन्दा अति विकट क्षेत्रमा जहाँ शिक्षा, स्वास्थ्य पोषण तथा खानेपानीका समस्या छन् । त्यस्ता ठाउँमा गएर ख्रीष्टियन समुदायबाट संचालित विभिन्न उदेश्य लिएर अगाडी बढिरहेका संघसंस्थाहरुको मिशन ती ठाउँमा निकै आवश्यक छ जसले सेवा पु-याउन मद्धत गर्दछन् । सकिन्छ भने सम्पुर्ण इसाई समुदायलाई म अनुरोध गर्न चाहान्छु कि यस्ता अति दयनिय पिडा बोकेका साना–साना नानीहरुलाई आफनो नानीहरु झै खुल्ला चौरमा खेल्ने रमाउने र आफनोपनको महशुस गराउने प्रण गरौ ।

प्रतिकृया दिनुहोस्