१९ रनले भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा - Chautari Post Online
Friday, July 19News That Matters
centered image

१९ रनले भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा


भारतलाई १९ रनले पराजित गरी न्युजिल्यान्ड एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि न्युजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ ।

म्यान्चेस्टरको ओल्ड ट्राफोट मैदानमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष क्रम ध्वस्त हुँदा २ सय २१ रनमै अलआउट भयो । भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । पछिल्लो खेलमा शतक प्रहार गरेका भारतीय ओपनरहरु लोकेस राहुल र रोहित शर्मा समान १ रनमै आउट भएका थिए । कप्तान विराट कोहलीले पनि १ रनमात्र बनाउन सके ।

दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को स्थितिमा पुगिसकेको थियो । बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो । रन जोड्ने क्रममा ९० बलमा ३ चौका र १ छक्का हिर्काए।

मंगलबार टम लाथम ३ रन बनाएर खेलिरहेका थिए। उनी थप ३ रन जोडेर आउट हुने क्रममा १० रनमा आउट भए। मिचेल सान्टनरले नटआउट १० रन जोडे।

त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए । हेनरी निकोल्सले ५१ बलमा २७ रन जोडे । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए। जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।

 

प्रतिकृया दिनुहोस्