बोडी लगाउने उपयुक्त समय कहिले हो ? सम्पूर्ण जानकारीसहित - Chautari Post Online
Friday, July 19News That Matters
centered image

बोडी लगाउने उपयुक्त समय कहिले हो ? सम्पूर्ण जानकारीसहित

तरकारीका लागि सिफारिस गरिएको बोडी मालेपाटन १ र गाजले

काठमाडौं । बोडी एक प्रकारको गेडागुडि हो जसलाई तरकारी अथवा दालको रूपमा खाइन्छ । हरियो कोसा तरकारीको रुपमा साथै सलादतको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । बोडी लगाउने समय बाली चक्र अनुसार केहि फरक पर्दछ ।

धानखेत बाली प्रणालीमा गहुं काटेपछि बोडी लगाउन सकिन्छ र यो समय चैत्र देखि बैशाख महिना तिर पर्दछ । यस बाहेक बारीमा मकै भाँचेपछि वा मकैसँगै घुसुवा बालीको रुपमा बोडी लगाउन सकिन्छ । यो श्रावणको अन्तिम हप्ता देखि भाद्रको दोस्रो हप्तामा भित्र पर्दछ ।नेपाली कृषकहरुका लागि बोडीका पांच जातहरु जस्तैः आकाश, प्रकाश, सूर्य र मालेपाटन १ तथा गाजले बोडी सिफारिस भएका छन् ।

१. बोडी कस्तो हावापानीमा हुने बाली हो ?

यो गर्मी हावापानीमा हुने बाली हो । तराई, भित्री मधेश तथा वेशीमा यसको खेती गर्न सकिन्छ ।

२. नेपालमा बोडी बालीको उपयोग कसरी गरिन्छ ?

बोडीलाई दाल तथा तरकारी दुबै रुपमा प्रयोग गर्न सकिन्छ । यस बाहेक पशु आहारा र हरियो मलको रुपमापनि प्रचलित छ । मटो संरक्षणको लागि पनि यो बाली लगाईन्छ ।

३. बोडी लगाउने उपयुक्त समय कहिले हो ?

बोडी लगाउने समय बालीचक्र अनुसार केहि फरक पर्दछ । धानखेत बाली प्रणालीमा गहुं काटेपछि बोडीलगाउन सकिन्छ र यो समय चैत्र देखि बैशाख महिना तिर हो । यस बाहेक बारी जमिनमा मकै भांचेपछि वामकैसंगै घुसुवा बालीको रुपमा बोडी लगाउन सकिन्छ । यो श्रावणको अन्तिम हप्ता देखि भाद्रको दोस्रोहप्तामा भित्र पर्दछ ।

४. तरकारीका लागि सिफरिस जातहरु कुन कुन हुन ?

मालेपाटन १ र गाजले बोडी तरकारीका लागि सिफारिस भएका छन् ।

५. नेपालमा सिफारिस भएका बोडीका जातहरु के के हुन् ?

नेपाली कृषकहरुका लागि बोडीका पांच जातहरु जस्तैः आकाश, प्रकाश, सूर्य र मालेपाटन १ तथा गाजले बोडीसिफारिस भएका छन । यस बाहेक डबल हार्भेष्ट भन्ने अर्को एक जात पंजिकरण मात्र गरिएको छ । यस मध्येमालेपाटन १ र डबल हार्भेष्ट भन्ने जातहरु तराई तथा मध्य पहाडको बोडी लाग्ने ठांउहरुका लागि उपयुक्तपाईएको छ भने अन्य सबै जातहरु तराई तथा भित्रि मधेश क्षेत्रका लागि मात्र उपयुक्त छन् । सूर्य भन्ने जातमध्य र पश्चिम तराईका लागि सिफारिस भएको छ ।

६. नेपालमा बोडी खेती कुन बाली प्रणालीमा उपयुक्त पाईएको छ ?

मध्य पहाड/तराई

धान खेतः धान–गहु–बोडी

बारी जमिनः मकै–बोडी–मुसुरो/गहुं

मकैं+बोडी–मुसुरो/गहुं/आलु/तरकारी

७. कस्तो माटोमा बोडी खेती गर्न सकिन्छ ?

सबै किसिमको माटोमा बोडी खेती लगाउने गरिएता पनि दोमट था हल्का चिम्ट्याईलो माटो यसका लागिउत्तम मानिन्छ ।

८. कोशेबाली खेती प्रणालीमा मौसम परिवर्तनलाई सामना गर्ने के प्रविधि विकास भएको छ ?

कोशबाली खेती प्रणालीले मौसम परिवर्तनका प्रभावहरुलाई सामना गर्न निम्न योगदान गर्दछ ।

-कोशेबाली धेरैजसो खाद्यान्न बालीसंग मिश्रित वा घुसवा बालीको रुपमा लगाउने प्रचलन भएकाले चिस्यानसंचितिकरण तापक्रम संतुलन गर्नमा योगदान पुर्याउदछ ।

-माटोमा जैविक क्रियाकलाप र कार्वन तथा नाईट्रोजन संरक्षण गरी माटो संरक्षणमा योगदान गर्ने ।

९. बोडीमा बाली काट्ने र चुट्ने तथा थन्क्याउदा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?

जात अनुसार बोडीको कोसा कलिलो हुंदै तरकारीको रुपमा प्रयोग गर्न ४५–९० दिनसम्म टिप्न सकिन्छ ।दानाको लागि ९०–१२५ दिन सम्म कोसा पाकेपछि टिप्नु पर्दछ र सुकाई चुटेर दाना निकाल्नु पर्दछ । दानालाईफेरी घाममा सुकाई थन्क्याउनु पर्दछ ।

-हरियो मलको रुपमा प्रयोग गर्नु परेमा आवश्यकता अनुसार हरियो अवस्थामा रोपेको ४०-४५ दिनमा काटेरमाटोमुनि पार्नु पर्दछ ।

१०. बोडीमा लाग्ने मुख्य मुख्य कीराहरु कुन कुन हुन् ?

बोडीमा पनि भटमासमा जस्तै झुसिल कीरा, गवारो तथा एफिड, सेतो झिङ्गा तथा पात खाने कीराहरुलाग्दछन् । माथि भटमासमा भने जस्तै व्यवस्थापनका उपायहरु अपनाउनु पर्दछ ।

११. बोडीमा लाग्ने खराने रोगको लक्षण कस्तो हुन्छ रु र कसरी व्यवस्थापन गर्ने ?

पातमा सेतो खरानी रंगको धुलो देखिन्छ र पछि डांठ तथा सबै भागमा सर्दछ । पातहरु साना भएर जान्छन् ।

ब्यवस्थापनका उपायहरुः

-रोगी बोट तथा अन्य भागहरु संकलन गरी जलाउने ।

-सल्फर युक्त ढुसिनाशक औषधी इलोसल वा हेक्जसल प्रति हेक्टर २.३ के.जी. ८००–१००० लिटर पानीमामिसाई छर्ने ।

१२. ब्याक्टेरियल डढुवा रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

शुरुमा पुराना पातको किनारामा मरेको दाग देखिन्छ । साथै सबै नयां पातहरु र मुन्टो मर्दछ । पछि डांठ पनिसुक्दछ र बोट मरेर जान्छ ।

ब्यवस्थापनका उपायहरुः

-रोग नलागेको स्वास्थ्यकर वीउ प्रयोग गर्ने ।

-रोग नलाग्ने जात छनौट गरी लगाउने ।

-धेरै रोग लागेमा फाइटोलन भन्ने दवाई ०.२५ को झोल बनाई स्प्रे गर्ने ।

१३. बोडीमा लाग्ने पहेंलो छिरविरे रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो रोग एफिडबाट सर्ने भाइरसबाट लाग्दछ । रोगी बोटको पात पहेंलिन्छ, गुजमुज्ज देखिन्छ र आकार पनिसानो हुन्छ । कोसा पनि बांङ्गीएको र सानो हुन्छ ।

ब्यवस्थापनका उपायहरुः

-रोग नलागको बोटबाट स्वस्थ्य वीउ छनौट गर्ने ।

-रोगी विरुवाहरुलाई संकलन गरी जलाउने ।

-घुम्ती बाली प्रणाली (तीन वर्षसम्म यो बाली नलगाउने) अपनाउने ।

-एफिड कीरा नियन्त्रणका लागि मेटासिस्टोक्स १ लिटर १००० लिटर पानीमा मिसाई (डेढ विगाहा/२०रोपनीका लागि) १० दिनको फरकमा २–३ पटक छर्ने ।

१४. बोडीमा लाग्ने मुख्य मुख्य रोगहरु के हुन् ?

बोडीमा मुख्यतया पहेंलो छिरविरे, ब्याक्टेरियल डढुवा र खराने रोग प्रमुख हुन् ।

१५. बोडीमा गोडमेल कहिले गर्नु पर्दछ र झार नाशक विषादी कति प्रयोग गर्नु पर्दछ ?

भटमासमा अपनाएकै प्रविधि यो खेतीका लागि पनि अपनाउन सकिन्छ ।

१६. बोडीमा मलखाद परिमाण के कति दिुन पर्दछ ?

बोडीमा मलखादको प्रयोग भटमास बालीको जस्तै हो । मकैसंग लगाउंदा यसका लागि छुट्टै मलखाद गर्नु पर्दैन। तर एक्लो बालीका रुपमा लगाउंदा कम्पोष्ट एवं रसायनिक मल दुबै प्रयोग गर्नु पर्दछ । जमिन तयारी गर्दागोबर । कम्पोष्टमल करीब ८-१० क्विन्टल प्रति रोपनी (डेढ कटृा) का दरले प्रयोग गर्नु पर्दछ । यस बाहेक प्रतिरोपनी ४१० ग्राम यूरिया, ४.५ के.जी., डि.ए.पी. र १.६६ के.जी. पोटास मल पनि जमिन तयारीकै बेला दिनु पर्दछ।

१७. बोडी खेतीमा वीउको परिमाण र हारको दुरी कति हुनु पर्दछ ?

वीउको परिमाण ३ के.जी. प्रति रोपनी वा २ के..जी प्रति कटृा हुनु पर्दछ र हार देखि हारको दुरी ४०–५० से.मी.हुनु पर्दछ र बोट बीचको दुरी १० से.मी. राख्नु पर्दछ । हलोखबर

प्रतिकृया दिनुहोस्