तरकारी खेतीले आम्दानी र सन्तुष्टि दुवै - Chautari Post Online
Friday, July 19News That Matters
centered image

तरकारी खेतीले आम्दानी र सन्तुष्टि दुवै


बाँके । पदमबहादुर राना बाँकेको साविकको वागेश्वरी गाविसका बासिन्दा हुन । एसएलसी उत्तीर्ण गरेपछि शिक्षण पेशामा आवद्ध हुनेचाहना गरेका उनले विभिन्न स्कूलमा कोशिस पनि गरे । खोजेको जस्तो गर्न सफल नभएपछि उनी के–कसो गर्ने भन्ने अन्योलमा रहेका बेला एक दिन तत्कालीन कृषि सेवा केन्द्र, खजुराका प्रमुख अमरराज शर्मा घिमिरे भेटिए ।
उनले नै कृषि कार्यमा लाग्न प्रेरित गरेपछि पदमबहादुर राना कृषि कार्यतर्फ मोडिए । ‘मैले कृषि कार्य रोजेको २०५३ सालतिर हो, राना भन्छन्,‘त्यसपछि म निरन्तर रुपमा कृषि कार्यमैछु ।’ तत्कालीन कृषि सेवा केन्द्र, खजुराबाटसामान्य खालकोकृषि तालिम लिएर खेतबारीमा पसिना बगाउन थालेका पदमबहादुरले २० वर्षे निरन्तरताकोक्रममा उमेर, यूवा शक्ति गुमाएको तर त्यसको बदलामा नाम, दाम र सम्मान पाएको बताउँछन् ।
‘त्यतिखेर म भर्खरको यूवा थिएँ’, राना भन्छन्–‘एकै दिनमा निकै काम गर्थें ।’ पदमबहादुरको खेतबारी बाह्रै महिना हराभरा हुन्छ । ‘म सिजन अनुसार र बेसिजन दुवै खालको तरकारी लगाउँछु,राना भन्छन्–“मेरोखेत कहिल्यै खाली हुँदैन भन्दा पनि हुन्छ ।” चैत्रको तेश्रो साता उनको बारीमा हामी पुग्दा विभिन्न जातका तरकारी फलिरहेकाथिए । उनी एकछिन बोडी टिप्नमा व्यस्त हुन्थे त एकैछिनमा काँक्रो, एकैछिनमा भेंडे खुर्सानी टिप्न थाल्थेत एकैछिनमा करेला ।
उनकी श्रीमति र केही ज्याला मजदूरी गर्न आएका दिदीबहिनी उनको खेतबारीलाई सुम्सुम्याइरहेका हुन्थे । पदमबहादुर रानाले यो २० वर्षमा तरकारी बेचेको पैसाले छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएका छन् । घर बनाएका छन् । १० कठ्ठा जमिन किनेका छन् । कृषि कार्यलाई बढाएका छन् ।
घर र खेतबारीमा विभिन्न खालका कृषि प्रविधि जडान गरेका छन्,’ ‘फेरोमनको पासोदेखि कम्पोष्ट मल बनाउनेदेखि प्रयोग गर्ने विधामा उनी अभ्यस्त भैसकेका छन् । सरकारले पनि उनको मेहनतले सक्दोकदर गरेको छ ।’ कृषि विकास मन्त्रालयले उनलाई कृषिसम्वन्धी विभिन्न प्रविधि सामग्री, पाठ्यपुस्तक, क्यालेण्डर, मोबाइल फोन तथा निशुल्क एसएमएस आउने सुविधा आदि प्रदान गरेको छ । ‘शुरु–शुरुमा तालिम पनि निकै लिइयो, राना भन्छन्–‘अहिले त मल, वीउपानी, औषधि कति चाहिन्छ भन्नेहातैलेअन्दाज हुन्छ ।’
आफ्नै बारीमा तरकारी फलाएर वर्षको ७–८ लाख जोगाउन पाइएको र तरकारी फलाएर आफन्त, गाउँ समाज, जिल्लावासीलाई खुवाउन र आफ्ना हरेक आवश्यकता पूरा गर्न पाएकोमा सन्तुष्टि मिल्ने गरेको पदमबहादुर राना बताउँछन् । हलोखबर

प्रतिकृया दिनुहोस्