मोवाइलले लियो बालकको ज्यान - Chautari Post Online
Friday, July 19News That Matters
centered image

मोवाइलले लियो बालकको ज्यान

बिर्तामोड ।मोबाईल चार्ज भईरहेकोबेला चिसो हातले छुँदा झापा गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ ।
गौरादह ८ दामाबारीमा मावली घरमा बसेर पढ्दै आएका मोरङको रतुवामाई नगरपालिका १ का गोल्छा महतोका ६ बर्षिय छोरा रोशन महतोको आज बिहिबार विहान करीब १० बजे मोवाइलबाटै करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलले जानकारी दिएकाछन् । निरिक्षक पौडेलले घट्नाबारे जानकारी पाए लगत्तै प्रहरी टोली त्यस तर्फ गईसकेको र आवश्यक कानुनी प्रकृया अघि बढाइने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्