सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन स्थानिय प्रशासनको आग्रह - Chautari Post Online
Friday, July 19News That Matters
centered image

सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन स्थानिय प्रशासनको आग्रह

दमक । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । गएको तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान१० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९०० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढीभएको हो ।

 

सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेको छ ।यस पटक मनसुन ढिलो सक्रिय भएको र धान रोपाइँको समयमा पानीको अभाव भइरहेको बेलामा े वर्षाले कृषिकर्म गर्नेका लागि राम्रै भए पनि निरन्तरको अविरल वर्षाले भने नदी र तटिय क्षेत्रका बासिन्दालाई भने त्राही बनाएको छ ।

प्रतिकृया दिनुहोस्