सुजाताकाे हत्यामा संलग्नलाई बाल सुधार गृह पठाउन आदेश - Chautari Post Online
Friday, July 19News That Matters
centered image

सुजाताकाे हत्यामा संलग्नलाई बाल सुधार गृह पठाउन आदेश

सन्देश सुब्बा
पाँचथर/ असार ३ गते भएको सुजाता तामाङ हत्यामा संलग्नलाई बालक भएको भन्दै बाल सुधार गृह पठाउन जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार जिल्ला न्यायाधीश मनोज केसीको इजलासले हत्यामा संलग्न हिलिहाङ–६ भारपाका घनेन्द्र लाओतीलाई बाल सुधार गृह पठाउन आदेश दिएको हो ।

हत्यापछि पक्राउ परेका लाओतीले अदालतसमक्ष आफू १७ वर्षको मात्र भएको बयान दिएका थिए । उनको जन्मदर्ताको प्रमाण–पत्र हेर्दा जम्मा १७ वर्ष सात महिना मात्र पुगेको प्रमाणित भएकाले सुधार गृह पठाउन आदेश दिएको अदालतले जनाएको छ ।

लाओतीले हिलिहाङको गोपेटार बजारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम माईजोगमाई–५ सोयाक घर भएकी तामाङको हत्या गरेका थिए ।

हिलिहाङ–६ भारपामा दुईवटा समूहको मासिक बैठक सकेर कार्यालय फर्किरहेको बेला जङ्गलबीचमा लाओतीले तामाङको हत्या गरेका थिए। लाओतीले हत्या गरी तामाङको साथमा रहेको समूहका सदस्यहरूबाट सङ्कलित ८१ हजार सातसय रुपैंयाँ लुटेका थिए ।blastkhabar/from

प्रतिकृया दिनुहोस्