विश्वकै फुटबलको इतिहासमा अहिले सम्मका महँगा युवा खेलाडीहरु - Chautari Post Online
Friday, July 19News That Matters
centered image

विश्वकै फुटबलको इतिहासमा अहिले सम्मका महँगा युवा खेलाडीहरु

एजेन्सी । विश्व फुटबलमा धेरै क्लबहरुले खेलाडीहरु किनबेच गरिरहेका छन् । क्लबको माग र खेलाडीको प्रदर्शनको आधारमा खेलाडीहरु किनबेच हुन्छन् । खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा खेलाडीको मूल्य तोकिन्छ । अर्थात् कुनै खेलाडीको खेल अर्को क्लब तथा प्रशिक्षकलाई राम्रो लाग्दा क्लबमा अनुबन्ध गर्दछन् ।

राम्रो फर्ममा रहेका खेलाडीहरुलाई अनुबन्ध गर्दा क्लबले सोहीअनुसारको आवश्यक रकम माग गर्दछ ।

पछिल्लो समय युवा खेलाडीहरुले पनि व्यावसायिक फुटबलमा ठूलो छलाङ मारिरहेका छन् । उनीहरुले आफ्नो खेल प्रदर्शन उत्कृष्ट बनाउँदै राम्रा तथा विश्वस्तरीय ठूला क्लबहरुमा स्थान बनाउन सफल छन् । अंग्रेजी अनलाइन पत्रिका स्पोटर्सकिडालेले विश्व फुटबलका पाँच महँगा युवा खेलाडीको चर्चा गरेको छ ।
फुटबलको इतिहासमा महँगा युवा खेलाडीहरु

Bappe-Goal-..
१ एमबाप्पे

युवा स्टार केलियन एम्बाप्पे विश्व विजेता फ्रान्सका खेलाडी हुन् । २० वर्षीय एम्बाप्पे हाल पेरिस सेन्ट जर्मेनबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । १९ वर्षको उमेरमा नै देशको लागि विश्वकप जिताएका एम्बाप्पे विश्व फुटबलमा उत्कृष्ट युवा खेलाडीको रुपमा परिचित छन् । एम्बाप्पे सन् २०१८ मा बालोन डी’ओर अवार्डका लागि पनि मनोनित भइसकेका युवा खेलाडी हुन् ।
सन् २०१५ मा मोनाकोबाट सिनियर टिममा खेल्न थालेका एम्बाप्पे सन् २०१७ मा १३५ मिलियन युरोमा पीएसजी आएका थिए । उनी नेयमारपछिका महँगा खेलाडी हुन् र युवा खेलाडीमा सबैभन्दा महँगा खेलाडी हुन् ।

1561638754felix

२ जोएओ फेलिक्स

 

पोर्चुगलका युवा खेलाडी जोएओ फेलिक्सले सन् २०१८ बाट बेन्फिकाको सिनियर टिमबाट व्यवसायिक फुटबल जीवनको सुरुवात गरेका थिए । बेन्फिकामा उनको फुटबल जीवनका लागि उनको कोसेढुङ्गा सावित भयो । फेलिक्सले डेब्यू सिजनमै बेन्फिकाका लागि सबै खाले प्रतियोगितामा ४३ खेल खेल्दै २० गोल गरेका थिए । उनले बेन्फिकालाई पोर्चुगल प्रिमियर लिग टाइटल जिताउन २६ खेलबाट १५ गोल गरेका थिए ।
१९ वर्षीय फिलिक्सले पोर्चुगलमा दोस्रो रोनाल्डोको रुपमा परिचय बनाइसकेका छन् । उनी सन् २०१९ को ३ जुलाइमा १२६ मिलियन युरोमा एट्लेटिको मड्रिडमा अनुबन्ध भएका हुन् । उक्त उनुबन्धले उनलाई विश्वको तेस्रो नम्बरको महँगो खेलाडी र विश्वको दोस्रो महँगो युवा खेलाडी बनायो ।

Anthony-Martial-2015

३ एन्थोनी मार्सल

 

फ्रान्सेली युवा खेलाडी एन्थोनी मार्सल विश्वकै महँगा युवा खेलाडीको तेस्रो स्थानमा छन् । सन् २०१३ मा सिनियर टिम मोनाकोबाट आफ्नो करियरको सुरुवात गरेका उनले सन् २०१५ मा गोल्डेन ब्योइ अवार्ड पाएका थिए ।

सन् २०१५ को समरमा उनी मोनाकोबाट म्यानचेस्टर युनाइटेडमा आएका थिए । उनले डेब्यू सिजनमा नै प्रिमियर लिगअन्तर्गतको पहिलो खेलमा लिभरपुलविरुद्ध गोल गरेर युनाइटेडलाई जिताएका थिए । उनले युनाइटेडका लागि सबै खाले प्रतियोगितामा १७८ खेलमा ४८ गोल गरेका छन् ।
मोनाकोबाट ४९ मिलियन युरोमा युनाइटेडमा आएका एन्थोनी भर्खर २३ वर्षका छन् । उनी विश्वका तेस्रो स्थानका महंगा युवा खेलाडी हुन् ।

baaf94542a40d7deb9a8a917acb1b150

४ भिनिसियस जुनियर

ब्राजिलीयन फर्वाड भिनिसियस जुनियर प्रोफेसनल फुटबल खेलाडी बनेको १० दिनमै मड्रिडमा ४६ मिलियन युरोमा आवद्ध भएका थिए । उनी मड्रिडसित सम्झौता गर्दा जम्मा १७ वर्षका थिए । तर अन्तर्राष्ट्रिय मान्यताअनुसार १८ वर्ष पुग्नपर्ने हुँदा सन् २०१८ को जुलाइ १२ मा उनी मड्रिडमा आफ्नो जन्मदिनको अवसर पारेर आबद्ध भएका थिए ।
उनले डेब्यू सिजनको अन्त्यसम्म रियलका लागि सबै खाले प्रतियोगितामा ३१ खेल खेल्दै ४ गोल गरेका थिए । उनी विश्वका चौथो स्थानका महँगा युवा खेलाडी हुन् ।

lucas-moura-spurs-tottenham-1024x576

५ लुकास मौरा

ब्राजिलीयन फर्वाड लुकास मौरा सन् २०१२ मा ४५ मिलियन युरोमा साओ पउलोबाट पीएसजीमा आएका हुन् । साओ पउलोमा देखाएको प्रदर्शनले गर्दा उनलाई युनाइटेड, युभेन्टस, मड्रिड, पीएसजीजस्ता उत्कृष्ट युरोपका क्लबहरुले आफ्नो अनुबन्धन गर्न चासो देखाएका थिए । अन्ततः पीएसजीले ब्राजिलीयन फर्वाडलाई अनुबन्धन गरे ।
पीएसजीमा सम्झौता गर्दा उनी जम्मा १९ वर्षका थिए र त्यो बेलाको क्लबकै सबैभन्दा महंगो सम्झौता हो । लुकास मौराले पीएसजीमा ६ सिजन बिताएका छन् । पीएसजीको सबैखाले खेलहरुमा २३० वटा खेल खेल्दै ४६ गोल गरेका थिए । मौरा अहिले टोटेनहाममा छन् । सन् २०१८ को जनवरीमा उनी टोटेनहाममा आएका हुन् ।

प्रतिकृया दिनुहोस्