नेकपाले निर कुमार राईको स्मृतिमा श्रद्धान्जलीसभा गर्ने - Chautari Post Online
Friday, July 19News That Matters
centered image

नेकपाले निर कुमार राईको स्मृतिमा श्रद्धान्जलीसभा गर्ने

काठमाडाैं : प्रहरीद्वारा हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा यही असार २९ गते आइतबार देशैभरी श्रद्धान्जलीसभा गरिने भएको छ ।

नेकपा श्रोतले दिएकोे जानकारी अनुसार यही असार २९ गते देशैभरी शहिद निरकुमार राईको श्रद्धान्जली सभा गर्न लागिएको हो । असार २५ गते भोजपुर सदरमुकाममा बसेका परिवारलाई भेटन गएको बेला प्रहरीले नेकपाका नेता राइलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

असार ५ गते नक्कली भिडन्तको नाममा प्रहरीले सर्लाहीमा नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई हत्या गरेको ठिक २० दिनपछि प्रहरीले नेकपाका अर्का नेता सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा सेक्रेटरी राईकाे हत्या गरेको हो ।२८ असार २०७६, शनिबार १८:५१ ई-रातो खबर

प्रतिकृया दिनुहोस्