पहिल्यै छोराछोरी भएकी बिमकलाले किन चोरिन् बच्चा ? फिल्मी कथाभन्दा कम छैन उनको कथा - Chautari Post Online
Friday, July 19News That Matters
centered image

पहिल्यै छोराछोरी भएकी बिमकलाले किन चोरिन् बच्चा ? फिल्मी कथाभन्दा कम छैन उनको कथा


पाल्पा। शुक्रबार दिउँसो पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट जन्मेको ४ घण्टामै नवजात शिशु चोरी भयो । एक महिलाले ती शिशुलाई लिएर भागेको पाइएपछि उनको खोजी तीब्र बनाइयो । खोजीका क्रममा प्रहरीले शनिबार बिहान स्याङजाबाट बिमकला पाण्डेलाई पक्राउ गर्यो । बिमकला अधबैंसे महिला हुन् र उनका छोराछोरी पनि छन् । छोराछोरी भइसकेकी महिला बिमकलाले बच्चा किन चोरिन् त ? यसको कारण कुनै फिल्मी कथाभन्दा कम छैन ।

स्याङजाको गल्याङ नगरपालिका मोहनडाँडा घर भएकी बिमकला विवाहित हुन् र उनका सन्तान छन् । तर, उनका सन्तान जन्माउने श्रीमानको मृत्यु भइसकेको छ । श्रीमानको मृत्यु भएपछि बिमकलाले एक वर्षअघि दाङका एक युवकसँग प्रेमविवाह गरेकी थिइन् । उनका दोस्रा पति वैदेशिक रोजगारीका लागि गएका छन् । सामाजिक संजालबाट प्रेम भएपछि उनीहरुले बिहे गरेका हुन् ।

बिमकला कालीगण्डकी ए जलविद्युतको परियोजना कार्यालय मिर्मीमा सफाइ कर्मचारीको रुपमा कार्यरत कर्मचारी हुन् र उनी त्यहीँ कर्मचारी क्वाटरमै बस्छिन् । बिमकलाले झण्डै ८–९ महिना अघिदेखि आफू गर्भवती भएको बताएकी थिइन् । उनका छिमेकीहरुले पनि उनी गर्भवती भएको विश्वास गरेका थिए किनकि छिमेकीहरुले उनको पेट बढेको देखेका थिए । सम्भवतः उनले पेटमा कपडा राखेर पेट बढाएकी थिइन् । उनले विदेश गएका श्रीमानलाई पनि आफू गर्भवती भएको बताएकी थिइन् ।

उनले सबैलाई आफू गर्भवती भएको भने पनि उनी वास्तवमा गर्भवती भने थिइनन् । सम्भवतः उनले दोस्रो बिहे गरेका श्रीमानले आफूलाई नछोडुन् र छोडीहाले पनि उनको सम्पत्तिको हकदार आफूसँग भएपछि सम्पत्ति हात पार्न सकुँ भन्ने उद्देश्यले आफू गर्भवती भएको बताएको अनुमान गरिएको छ । बिमकला गर्भवती हुन चाहेको तर नसकेकोले गर्भवती भएको नाटक गरेको हुनसक्ने पनि अनुमान छ ।

गर्भवती भएको हल्ला चलाएकी बिमकलाको यो हल्ला अब चल्नेवाला थिएन । उनले चलाएको हल्लाअनुसार बच्चा जन्मिने बेला भइसकेको थियो तर उनी गर्भवती नै थिइनन् । त्यसैले आफू गर्भवती भएको र बच्चा जन्माएको प्रमाणित गर्न उनी बच्चाको खोजीमा आएकी थिइन् । उनी ४–५ दिनदेखि अस्पतालको सुत्केरी वार्डमा बसिरहेको त्यहाँ भएका बिरामी र कुरुवाहरुले बताएअनुसार उनी त्यहाँ बच्चा चोर्ने नियतले नै आएकी थिइन् । उनले बच्चा चोर्ने उचित मौका नपाउँदासम्म दाउ हेर्दै झण्डै ४ दिन बसिन् । जब मौका पाइन्, उनी बच्चा लिएर फरार भइन्। E hulaki/from

प्रतिकृया दिनुहोस्