खबर

सडक कालोपत्रे गरेको दुई दिनमै खाल्डा

साउन ४, २०७७
रसुवा – पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षात्को समयमा हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् ।

पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी कन्स्ट्रक्सनले काम गर्ने जिम्मा पाएको थियो । वर्षात्को समयमा हतारोमा झारा टार्नेजस्तो काम भयो, कालिका गाउँपालिका–२ का नागरिक अगुवा झङ्कनाथ न्यौपानेले भने, कालिकास्थान बजारजस्तो ठाउँमा पनि सडक पिच गरेको दुई दिन टिकेन भने अन्यत्र के होला ?

जानुकादेवी कन्स्ट्रक्सनले १९ स्क्वायर मिटर सडक मर्मतको जिम्मा पाए पनि काम पूरा नगरेकाले भुक्तानी रोकेको सडक विभाग नुवाकोटले जनाएको छ । छ महिना अगाडि नै टेन्डर भए पनि ठेकेदारले समयमा काम नथालेकाले वर्षात्को समयमा काम गर्दा कालोपत्रे उप्केको सडक विभागका इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए ।

कालिकास्थानको गन्तव्य पेट्रोल पम्पनजिकै नाली र ह्युमपाइप नभएकाले पनि समस्या भयो, सडक पिच उप्केको हो, अब सडक विभागले मर्मत गर्छ, श्रेष्ठले बताउनुभयो । सडक विभागले उत्तरगया कन्स्ट्रक्सनका घनबहादुर गुरुङ र जानुकादेवी कन्स्ट्रक्सनका लेखनाथ अधिकारीलाई सो सडक मर्मतको काम जिम्मा दिएको थियो । लागत इस्टिमेटअनुसार काम नगरेकाले भुक्तानी रोकेको सडक विभागले जनाएको छ ।  गोारखापत्र दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button