काठमाडौं म्याराथन १३ औं संस्करण पुसमा


काठमाडाैं – काठमाडौं म्याराथन १३ औं संस्करण पुसमा आयाेजना हुन भएको छ।

आयाेजक प्रो स्पोर्टस प्रा लि ले राजधानीमा मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि म्याराथनकाे १३अौं संस्करण डिसेम्वर २१ (पुस ५ गते ) मा आयाेजना हुने भएकाे जानकारी गराएकाे छ। प्राे स्पाेर्टस्ले यसअघि दशैं अघि आयाेजना गर्ने भएपनि यसपटक केही ढिला गरि आयाेजना गर्न लागिएकाे प्राे स्पाेर्टसकि कार्यकारी निर्देशक बागमती राईले जानकारी गराईन् ।

प्रो स्पोर्टसले पछिल्लो १२ वर्षदेखि काठमाडौं म्याराथन आयोजना गर्दै काठमाडौं शहरलाई म्याराथनमार्फत विश्व सामू चिनाउने उद्देश्य लिएकाे छ । पयर्टन आगमनका हिसाबले डिसेम्बरलाई अफ सिजन मानिन्छ । अफ सिजनमा पनि म्याराथनमार्फत विदेशीलाई नेपाल ल्याउन सकियोस् भन्ने उद्देश्यका साथ यसपटक केहि महिना पछि म्याराथन आयोजना गर्न लागेका आयाेजकले जानकारी गराएकाे छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेकोले त्यसलाई टेवा पुग्ने हेतुले पनि हामीले त्यसको पूर्व सन्ध्यामा म्याराथन आयोजना गर्ने तयारी गरेका हौं ।

यसपटक हामीले बढी भन्दा बढी विदेशी खेलाडीले काठमाडौं म्याराथनमा भाग लिउन भन्ने उद्देश्यले युरोप, अमेरिका, जापान, भारतलगायतका देशमा एजेन्टहरुमार्फत यसको प्रचार सुरु गरिसकेका छौं । यसपटक ५ सय भन्दा बढी विदेशीको सहभागिता रहने अपेक्षा हामीले गरेका हौं ।

काठमाडौं म्याराथनको एयर लाइन्स पार्टनर्सको रुपमा ड्रागन एयर रहेको छ । इसेवा पेमेन्ट पाटर्नसको रहेको छ । डाइनिङ पार्क काठमाडौं म्याराथनको बेवरेज पाटर्नरका रुपमा रहेको छ ।

काठमाडौं म्याराथनमा महिला पुरुष म्याराथान, हाफ म्याराथन, कर्पोरेट रिेले, ५ किलोमिटर खुला दौड, ५ किलोमिटर छात्र-छात्रा दौड, ३ किलोमिटर ह्विलचियर दौड रहेको छ । यसपटक पहिलो पटक युवाहरुलाई लक्षित गर्दै फेमेली रन पनि राखेका छौं । गत वर्ष काठमाडौं म्याराथनमा ५ हजार भन्दा बढीले भाग लिएका थिए । (हाम्राे खेलकुद)

50% LikesVS
50% Dislikes