खबर

प्रभु साहको राजीनामा अस्वीकृत, काममा फर्किन निर्देशन

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ।

नेकपा सचिवालय बैठकले साहको राजीनामा अस्वीकृत गर्दै काममा फर्किन आग्रह गरेको हो। साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र ती समस्या समाधान हुने भन्दै राजीनामा अस्वीकृत गरेको सचिवालयले जनाएको छ।

काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए।

साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालका कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोप लगाएका थिए भने पूर्वमाओवादी पक्षका अशोक जयसवाललगायतका नेताले साहले मनोमानी गरेको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दिए थिए।ई-हुलाकी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button