माछा मार्ने क्रममा राजवंशीको ज्यान गयो


बाह्रदशी । झापामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । झापाको बाह्रदशी गाउँपालिका वडा नंं.४ का २५ वर्षीय धनकुमार राजवंशीको माछा मार्ने क्रममा मृत्यु भएको हो ।

उनको घाग्रा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । सोमबार अपरान्ह ५ बजेको समयमा खोलामा माछा मार्ने क्रममा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी तत्काल उद्धार गरी उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

50% LikesVS
50% Dislikes