स्वास्थ्य

जान्नुस्, नरिवल पानीको फाइदा

गर्मीको मौसम छ, पक्कै पनि नरिवलको पानी त पिउनु भएकै होला । नपिए पनि यसको बारेमा जानकारी राख्नु लाभदायी हुनेछ । यसले केवल मानिसको प्यास मेटाउने, शरीरमा पानीको मात्रा सन्तुलनमा ल्याउने काम मात्र नगरेर मुटु स्वस्थ राख्न पनि ठूलो भूमिका खेल्दछ । हामी सामान्य रोगका लागि चिकित्सककोमा धाउने गर्दर्छौं तर घरकै भान्सामा भएका भोजनलाई उपयुक्तरूपमा प्रयोग गर्न सके त्यही नै सबैभन्दा लाभकारी औषधि बन्न सक्छ । कुनै साइड इफेक्ट नभएको यस्तै खानेकुरा हो नरिवल पानी । यदि तपाईले नरिवल पानीलाई आफ्नो भोजनको तालिकामा राख्नुभयो भने धेरै परिवर्तन देख्न पाउनुहुनेछ । जानौं नरिवल पानीका केही फाइदाहरू :

कम क्यालोरी : नरिवल पानीमा एकदमै कम क्यालोरी हुन्छ । यदि तपाईलाई सोडा या अन्य कुनै मीठो पेयपदार्थ खानु मन छ भने यसको साटो नरिवल पानी छनौट गर्नुस् । एक कप नरिवल पानीमा केवल ४५ क्यालोरी हुने गर्दछ ।

सुगरको मात्रा नियन्त्रण : एक सोधको निष्कर्ष अनुसार नरिवल पानीले सुगरको मात्रा कम गर्दछ । इन्सुलिनको कमीले गर्दा हुने मधुमेहमा नरिवल पानीले इन्सुलिन बढाउने काम गर्दछ ।

मुटु स्वस्थ राख्दछ : नरिवल पानीले मुटुको समस्यामा राम्रो भूमिका खेल्दछ । यसले हृदयको खतरा न्यून गर्दछ । यसले कोलेस्ट्रोल तथा ट्राइग्लिसराइड्सको स्तर कम गर्दछ ।

बुढ्यौली कम गर्छ : साइटोकिनिन नामक हर्माेन बिरुवाको वृद्धि विकास गर्दछ । यो तत्व पनि नरिवल पानीमा हुने गर्दछ । यस तत्वलाई एन्टी–एजिङ(उमेर बढ्न नदिने) तत्वको रूपमा लिइन्छ । यसको सेवनले मान्छे बुढ्यौली लागेको नदेखिने दाबी गरिन्छ ।साँघु न्यूज 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button