समाचार विश्लेषण
पत्रकार शालीकराम पुडासैनीको मृत्यु प्रकरणले साउन २० यताका दिनमा निक्कैनै चर्चा पायो । सामाजिक संजालमा त पल पलको खबर भने जस्तै गरेर यस विषयमा विभिन्न धारणाहरुको ओइरोनै लाग्यो । पुडासैनीको भिडियो जब बाहिर आयो र रवि लामिछाने लगायतका ब्यक्तिहरुलाई अनुसंन्धानका लागि प्रहरीले पक्राउ ग¥यो चितवन दिन दिनै चिच्याहटमानै रह्यो। रवि लामिछानेका समर्थकहरु सामाजिक संजाल र सार्वजनिक स्थलमानै उनी निर्दोष हुन् उनलाई पुडासैनी प्रकरणमा फसाईएको तर्कका साथ सडक र चौकमा निरन्तर नारावाजी गरिरहे ।
देशका अन्य भागमा पनि कार्यक्रम प्रस्तोता रवि लामिछोको समर्थनमा प्रदर्शन र सामाजिक संजालमार्फत आफ्नो धारणा बनाउने र सार्वजनिक गर्ने काम भयो । लामिछाने लगायतलाई चितवन ल्याएपछि चितवनमा नारावाजी , जुलुष र सार्वजनिक कार्यक्रमको भीडनै भयो। उनका समर्थक भनिएकाहरुले एकोहोरो रवि निर्दोष छन् उनलाई रिहा गरिनु पर्छ मात्र भनेन् राजनीतिक दलका नेता र केही पत्रकारहरुलाई समेत आमचकारी गालीनै गरे, नेताहरुलाई तल्लो हद सम्मको गाली गरिरहे जति बेला पुडासैनी हत्या प्रकरण सम्मानित चितवन जिल्ला अदालतमा यस विषयमा बहस जारी रहेको थियो । रविका सर्मथकहरुले सामाजिक संजाल मार्फत प्रधानमन्त्रीलाई समेत गाली गरे, आफ्ना निजि धारणाका रुपमा कल्पनामय तर्कहरुको दलिल समेत गरेका थिए भने यो विषय पूर्णत अदालतमा अदालतको निहित समेत थियो । मुद्दा अदालतमा भएको समयमा उनलाई समर्थन गर्नेहरुले अदालतको निर्णय आउनु अघि समर्थनका नाममा रिहा गर भन्नु , नेताहरुलाई गालीगलौच गर्नु , आफु खुशी सामाजिक संजालमा विषयलाई प्रत्यक्ष प्रभाव पार्नेगरी धारणा ल्याउनलाई स्वतन्त्रताका नाममा देखिएका स्वच्छन्दताको पराकाष्ठ नमूना भनेर टिप्पणी समेत गरेकाछन् ।
अदालतको विषय र नारावाजी गर्नेहरुको जिकिर
शालिकराम पुडासैनीको मृत्यु पछि बाहिर आएको भिडियो मृतकले बोलेका कुरालाई आधार मानेर थप अनुसंन्धानका लागि रवि लामिछाने , युवराज कडँेल , अस्मिता भनिने रुकु कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो । सामान्यतया पुडासैनीको मृत्यु पश्चात प्राप्त भिडियो प्रमाणका आधारमा प्रहरी आरोप लागेका ब्यक्तिलाई सोधपुछ गर्नु सामान्य विषय मानिन्छ तर रवि लामिछाने टेलिभिजनको एउटा कार्यक्रमका प्रस्तोता भएकाले चर्चा हुनु स्वभाविक भएता पनि चितवनमा उनका समर्थकका नाममा भएका नारावाजी र सामाजिक संजालमा उनका समर्थक हौँ भन्ने हरुले गरेको विभिन्न टिप्पणीलाई नियाल्ने हो भने त्यहाँ लामिछानेलाई समर्थन गर्ने नाममा लोकतान्त्रिक ब्यबस्थाका खिलाफमा लागेका नारा र अमुक नेताहरु माथि गरिएका गाली र आरोपले प्रकरण पुडासैनी र समर्थन रवि लामिछाने भनिएता पनि लोकतन्त्रलाई बदनाम गराउन उद्दत समूहको पनि राम्रो जमघट थिएन भन्न सकिदैन ।
कुनैपनि लोकतान्त्रिक ब्यबस्थामा नागरिक अधिकारलाई सर्वोपरी राखिएको हुन्छ तथापी अदालतमा प्रवेश गरेको विषयलाई समर्थन र विरोधका नाममा आफ्नो पक्षमा निणर्य हुनै पर्छ भनेर जस्तो सुकु समूहले जिकिर गरे पनि फैसला अदालतकोनै हुन्छ र यो सर्वमान्य हुन्छ तर चितवनमा रविको समर्थनमा भएको समूहले उनको एकोहोरो रिहाको माग मात्र गरेन देशकै प्रधानमन्त्रीको पुत्ला बनाएर सराप्ने सम्मका अलोकतान्त्रि गतिविध समेत भएको थियो ।
समर्थकलाई अन्धभक्त
कुनै ब्यक्ति वा समूहले कसैलाई भगवाननै भनेर मान्छ भने त्यो उसको नितान्त निजि कुरा हो । सतह वा गहिराइमा जसले जसलाई जे जान्दछ उसले त्यसप्रति बनाउने धारणा पनि स्वभाविक हो ।तर कतिपयले रवि लामिछाने समर्थकहरुलाई अन्धभक्त समेत भनेर आरोप लगाउन भ्याएका थिए । पुडासैनी प्रकरणमा रवि लामिछाने निर्दोष हुन् भनेर उनलाई समर्थन गर्दै उनको रिहाईको माग गर्नेहरु वास्तवमा ठूलो संख्यामा थिए । कतिपयले त उनलाई प्रधानमन्त्रीनै बनाउनु पर्छ सम्म पनि भने तर उनी एक कार्यक्रम प्रस्तोता हुन् राजनीतिक क्षेत्रका मान्छे होइनन्। उनको रिहाईको नारामात्र उनका समर्थकले लगाएनन् भीड भित्रबाट लोकतन्त्रकै बिरुद्धमा समेत नारावाजी गरेको सुनिन्थ्यो मानौ कि लोकतन्त्रका कारण रवि लामिछाने पक्राउ परेका हुन् ।
सामाजिक संजालको चरम दुरुपयोग
पुडासैनी प्रकरणमा सामाजिक संजालको यति दुरुपयोग भयो कि मानौ वितेका एक साता सामाजिक संजालमा आएका रविका समर्थक र यसका विषयमा अरुले बनाएका धारणा र आरोप प्रत्यारोपको धाराप्रवाह स्वच्छन्दता शब्द र गाली गलौचका विषयमा आयोगनै गठन गरेर यसको ब्यबस्थित तिथी बसाउने तर्फ सोच्न सबैलाई एक पटक बाध्य बनाएको छ । बिज्ञान र प्रविधिको बढ्दो खोज र उपयोगलाई ज्ञानबद्र्दक काममा लगाउनु र उपयोग गर्नुको साँटो नेपालमा अक्सर गाली र आरोपमा अधिक प्रयोगमा आउन थालेको सामाजिक संजालको प्रयोगलाई एउटा मापदण्ड शिघ्र निर्धारण गर्नु पर्ने सुझाव पनि आउन थालेकोछ । पुडासैनी आत्महत्या प्रकरणकै विषयमा पनि देखिएको सामाजिक संजालको प्रयोग कुनै सत्य तथ्य सूचनाको माध्यायम नभएर आरोप र उडन्ते शैलीका कुरामै सिमित रहेर प्रयोग भएको पाईन्छ । विभिन्न सामाजिक संजालमा पत्रकार पुडासैनीका विषयमा आएका शिर्षक, नेताहरुलाई गरेको गालीको हद र एकले अर्कालाई दोषी करार गर्ने गैर जिम्मेवारी कार्यकै कारण पनि सामाजिक संजालको संचालनमा ब्यवस्थित विधि अपनाउनु पर्ने बेला भएको छ ।
मौका यही हो भन्नेहरु पनि भेटिए
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोप लागेका रवि लामिछाने लगायतको रिहाईको माग गर्दै सडक र सामाजिक संजालमा आएका कृयाप्रतिकृयामा नाम रविको काम सरकारलाई आरोप लगाउनेहरुपनि धेरै देखियो । सरकारको सिधै विरोध गर्न अफठ्यारो लागेर र लोकतन्त्रको ठाडै विरोध गर्ने ल्याकत राख्न नसकेर पनि हुन सक्छ एक थरि रविका समर्थक भनिनेहरुको सडकको नारा र सामाजिक संजालको काम भनेको लोकतन्त्र र सरकारको कामकारबाहीकै बिरोध गर्नु बाहेक अरु केही छैन भने जस्तो देखियो । रवि दाई हाइहाइ केपी सरकार बाईबाई भन्नेहरुको सडकको आवाजले पनि रवि लामीछानेका समर्थक भनिनेहरुमा लोकतान्त्रिक ब्यबस्थालाई मननपराउनेहरुको पनि कमि थिएन भन्न सकिन्छ ।
कडँले र कार्की छायाँमा पुडासैनीको विषय ओझेलमा
पत्रकार शालीकराम पुडासैनीले आत्महत्यानै गरेका भएपनि उनले के कारणले आत्महत्या गर्न पुगे र त्यसको कारक तत्व केहो भनेर जुन विषयले प्रमुखता पाउनु पर्ने हो त्यो विषयले प्रारम्भदेखिनै जति महत्व पाउनु पर्ने हो त्यसो हुन सकेन । चितवन प्रहरीले रवि लामिछाने लगायतलाई यो विषयमा अनुसन्धानका लागि पक्राउ गरे पछि उनका समर्थकहरुले केवल उनको मात्रै नामलाई लिएका थिए ।एउटै आरोपमा पक्राउ परेका युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको खासै रिहाईका लागि सामाजिक संजाल र नाराजुलुषमा नाम आएन । यसले के पनि संकेत गरेको देखिन्थ्यो भने रवि लामिछाने रिहा भए हुन्छ अरु जे होस वा रवि मात्रै पनि छुटे हुन्छ भने जस्तो गरेर सामाजिक संजालमा आएको थियो । यहाँनेर रविका समर्थकहरुले यो पनि सोच्नु पथ्र्यो कि रवि भन्दा युवराज र रुकु अरु धेरै निर्दोस सावित हुन्छन् कि भन्ने सम्म पनि ख्याल गरेको देखिदैन । अदालतको निणर्यमा यो प्रकरणमा आरोप लागेका रवि ले ५ लाख, युवराजले ३ लाख र रुकु कार्की सादा तारिखमा छाड्ने निणर्य गरेका छ। रविका समर्थकहरुले एकोहोरो रविलाई निर्दोष हुन् भनेर नारावाजी गरेर र सामाजिक संजालबाट जिकिर गरिरहँदा शोकको घडीमा रहेको पुडासैनी परिवारप्रति खासै चासो र समवेदना प्रकट गरेको पाईएन ।
पत्रकार पुडासैनीको मृत्युको विषय भन्दा पनि सो आरोप पक्राउ परेका कार्यक्रम प्रस्तोताका विषयमा नारावाजी हुनु र सामाजिक संजाल मार्फत समेत मान्छे मरेको विषय भन्दा पनि सो विषयका आरोपमा पक्राउ परेका मानिसलाई रिहाको मात्र एकोहोरो जिकिर गरिरहनुले मानविय संवेदनाप्रति उनका समथर्कहरुले अलिक ध्यान नपु¥याएका हुन् कि भन्ने लाग्नु स्वभाविक हो ।
चितवन र चिन्ताको विषय
पत्रकार पुडासैनी प्रकरणमा बाहिर आएको भिडियोक आधारमा मुछिएका रवि लामिछाने लगायतको रिहाई र समर्थनका लागि भनेर शुरु देखिनै सामाजिक संजाल र सडकमा देखिएको धारणा र विचारले हाम्रो समाजको मनोबैज्ञानिक चरित्र कता जाँदैछ भनेर चिन्ता थपिएको छ। हो कुनै पनि निर्दोष नागरिक कुनै आरोपमा कुनै पनि कारणले आरोपको भागिदार बन्न हुदैन तर यसलाई दबावका नाममा चितवनमा भएगरेका गतिविधि र कृयाकलापले भने चिन्ता जन्माएकोछ । नागरिकको अधिकारको पक्षमा वकालत गरिरहँदा कर्तब्यको बोधलाई स्मरण गर्ने गराउने बानीको आदत बसाउनु प्रत्येक नागरिकको दायित्व पनि छ भन्ने हेक्कालाई नजरअन्दाज गर्न सकिदैन । खराब सबै तिर हुन्छ तर त्यसलाई सच्याउनका लागि नकरात्मक सोचको विकास र ठाडो विरोध भन्दा पनि शालिन र सौम्यबाटो अपनाउनु पनि उत्तिकै अपरिहार्य देखिन्छ । लामिछानेको समर्थन र रिहाका नाममा सडकमा देखिएका कतिपय नारा , पोस्टर र सामाजिक संजालमा आएका भनाईले पक्कै पनि सभ्यताको नमूना प्रस्तुत गर्न सक्तैन ।
अब के होला त ?
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहनको आरोप लागेका रवि लामिछाने , युवराज कँडेल र रुकू कार्कीलाई सोमवार जिल्ला अदालत चितवनले गरेको निणर्य अनुसार उनीहरुलाई जनही रवि ५ लाख , युवराज ३ लाख र रुकु कार्कीलाई सादा तारिखमा अहिलेलाई अदालतको निणर्य अनुसार हुने गरि रिहा गरिएको छ । पुडासैनी आत्महत्या प्रकरणको विषयमा थप अनुसन्धान जारीनै रहने देखिन्छ । जनसंसद दैनिकबाट साभार ।